Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

उत्तर कोरियालार्इ सहयोग गरेको भन्दै पानीजहाज कम्पनीहरू राष्ट्रसंघको कालोसूचीमा

\"\"संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले अन्तर्राष्ट्रिय प्रतिबन्धहरू छल्न उत्तर कोरियालाई सघाएको आरोपमा २७ वटा पानीजहाज, २१ वटा पानीजहाज सेवा कम्पनी र एक व्यक्तिलाई कालोसूचीमा राखेको छ ।

सामुद्रिक मार्गबाट तेल र कोइला जस्ता वस्तुको तस्करीविरूद्ध कारबाही गर्ने कदमस्वरूप संयुक्त राज्य अमेरिकाले गत महिना त्यस्तो प्रस्ताव गरेको थियो । प्रतिबन्ध लगाइएका तेल ट्याङ्कर र कार्गो पानीजहाजहरूलाई बन्दरगाह प्रवेशमा विश्वव्यापी रोक लगाइएको छ भने कम्पनीहरूको सम्पत्ति रोक्का गरिएको छ । राष्ट्रसंघबाट प्योङयाङलाई तोकेर दिइएको यो अहिलेसम्मकै ठूलो दण्ड हो  । उत्तर कोरियाले पहिल्यैदेखि कैयौँ अन्तर्राष्ट्रिय प्रतिबन्धहरू झेलिरहेको छ । अमेरिकाले उत्तर कोरियाली पारमाणिक तथा क्षेप्यास्त्र कार्यक्रमलाई लिएर प्रतिबन्ध लगाएको छ । राष्ट्रसंघका लागि अमेरिकी राजदूत निकी हेलीले पछिल्लो कदमले उत्तर कोरियाली शासनमाथि \'अधिकतम दबाब कायम राख्न अन्तर्राष्ट्रिय समुदाय एकढिक्का रहेको स्पष्ट सन्देश दिएको\' बताएकी छन् । एक्ल्याइएको उत्तर कोरिया सन् २००६ यता कैयौँ चरणको अन्तर्राष्ट्रिय प्रतिबन्धहरूबाट गुज्रिरहेको छ । ती प्रतिबन्धहरूका कारण उत्तर कोरियाका अधिकांश निर्यात बन्द भएका छन् भने तेल आयात सीमित हुन पुगेको छ । उत्तर कोरियाली नेता किम जङ-अनले क्षेप्यास्त्र तथा पारमाणविक परीक्षण रोक्ने र वार्ता शुरू गर्ने निर्णय गर्नुमा अन्तर्राष्ट्रिय प्रतिबन्धको महत्त्वपूर्ण भूमिका रहेको कूटनीतिज्ञहरूको विश्वास छ । पछिल्लो प्रतिबन्ध उत्तर कोरियाको पानीजहाज सञ्चालनप्रति मात्रै नभइ प्योङयाङसँग व्यापार गर्ने चिनियाँ कम्पनीहरूप्रति पनि लक्षित छ । राष्ट्रसंघको सूचीमा उत्तर कोरियामा रहेका १६ वटा कम्पनी, हंगकंगमा दर्ता गरिएका पाँचवटा, मूल चिनियाँ भूभागका दुईवटा, ताइवानका दुईवटा र पनामा तथा सिंगापुरका एक/एकवटा कम्पनी परेका छन् । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending