Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

दलाल पोस्दै सरकार

सरकारका तीन मन्त्रालयको समन्वय नहुँदा खाद्यानको कालोबजारी र विचौलियकोहरुको नियन्त्रणमा परेको छ । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–बिचौलियाहरुले लागत मूल्यमा भन्दा सस्तोमा किसानबाट किनेर उपभोक्तालाई अत्याधिक मूल्यमा बिक्री गर्दै आएका छन् । कृषि, वाणिज्य र अर्थ मन्त्रालयको समन्वय अभावको मार किसानले खेप्नुपरेको छ । पछिल्लो तीन आर्थिक वर्षदेखि खाद्यानको समर्थन मूल्य निर्धारण प्रतिवेदन तयार पारेर कृषि विकास मन्त्रालयले वाणिज्य मन्त्रालयलाई बुझाए पनि अर्थ मन्त्रालयको उदासिनताको कारण किसान र उपभोक्ता माररमा परेका हन् । कृषि मन्त्रालयले पछिल्लो तीन वर्षदेखि किसानलाई लागत मूल्य उपलब्ध गराउन न्यूनतम समर्थन मूल्य तयार पारेर कार्यान्वयनका लागि वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाउँदै आएका छ । समर्थन मूल्य घोषणा गर्न अर्थ मन्त्रालयले चासो नदेखाएकोले वाणिज्य मन्त्रालयले कार्यान्वयनमा ल्याउन सकेको छैन । हैटौडास्थित तुल्सी राईस मिलका सञ्चालक सुरेश कार्कीका अनुसार एक क्विन्टल मोटो धान उत्पादन गर्न बिउ, मल, सिंचाई र कामदारलाई ज्याला दिएर करिब एक हजार एक सयसम्म लागत खर्च लाग्छ । उत्पादित प्रतिक्विनटल धान थोक व्यापारी तथा राइस मिलले एक हजार सात सय रुपैयाँमा खरिद गर्छन् । ‘त्यो धानबाट करिब ६५ किलोग्रामसम्म चामल उत्पादन हुन्छ ।’ संचालक कार्कीले भने । यस्तो चामको उपभोक्ता मूल्य प्रतिकिलो ४८ रुपैयाँ तोकिएको छ । कृषि मन्त्रालयले चालू आर्थिक वर्षमा प्रतिक्विन्टल धानलाई दुई हजार दुई सय र गहुँलाई करिब दुई हजार एक सय रुपैयाँ तोकेको थियो । तीनवर्षदेखि न्यूनतम मूल्य घोषणा गर्न नसक्दा किसान र उपभोक्ता मारमा परेका हुन् । सरकारले समर्थन मूल्य घोषणा नगर्दा किसान मारमा परेको अर्थविद् सुनिल सिंहले बताए । ‘सरकारले समर्थन मूल्य घोषणा नगर्दा व्यापारीले आफूखुशी निर्धारण गरेको मूल्यमा धान, मकै, गहुँ बिक्री गर्न बाध्य छन् ।’ सिंहले भने, ‘जसले गर्दा बिचौलियाहरु मोटाउँदै गएका छन ।’ अर्थ मन्त्रालय र वाणिज्य मन्त्रालयबीच समन्वयको अभावमा यस्तो भएको हो । यस्तो छ धानको हिसाब किताब किसानको लागत खर्च – १,१०० रुपैयाँ प्रतिक्विन्टल थोक व्यापारीको खरिददर – १,७०० रुपैयाँ प्रतिक्विन्टल एक क्विन्टल धानबाट चामल उत्पादन – ६५ किलो चामलको उपभोक्ता मूल्य – ४८ रुपैयाँ प्रतिकिलो खुद्रा व्यापारीले पाउने रकम – ३,१२०
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending