Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

बलात्कारबाट गर्भवती भएकी महिलाको हत्या प्रयास

\"\"काठमाडाैं । धरानमा बलात्कारबाट गर्भवती भएकी एक महिलालाई दुई युवकले झुण्ड्याएर हत्या गर्ने प्रयास गरेका छन् । उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्त्री तथा प्रसुति विभागमा उपचार भइरहेको छ । वेहोस अवस्थामा प्रतिष्ठानको प्रसुति विभागमा फागुन २८ गते पुर्‍याइएकी ति महिलाको गर्भबाट चिकित्सकले करिव नौ महिनाको मृत बच्चा निकालेका थिए । बच्चा जम्मा एक किलो चार सय ग्रामको रहेको बताइएको छ ।
अाजको कान्तिपुरमा खबर छ-उनी फागुन २५ गते प्रकाशपुरबाट हराएकी थिइन् । उनी हराएको दुई दिनपछि मोरङको भाउन्नेस्थित जंगलमा घाँस दाउराका लागि जंगलमा आएका स्थानीय महिलाले वेहोस अवस्थामा देखेपछि प्रहरीलाई खवर गरेर उद्धार गरिएको थियो । प्रहरीले बलात्कारमा संलग्न दुई युवकको नाम सार्वजनिक गरेको छैन । उनीहरुको खोजतलास भइरहेकाले नाम सार्वजनिक नगरेको जनाइएको छ ।
सलको पासो बनाएर जंगलमा घिसार्दै फलामको रडले घाँटी र हातमा प्रहार गरेपछि रुखमा झु्ण्याउने बेलामा घाँसदाउराका लागि जंगल पुगेका महिलाले देखेपछि हत्या गर्न खोज्ने दुवै जना भागेका थिए ।
मोरङको बेलबारी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामजी कट्वालका अनुसार जंगल गएका स्थानीय महिलाले वेहोस अवस्थामा गर्भवती महिला देखेपछि प्रहरीलाई जानकारी दिएका थिए । तत्कालै प्रहरी पुगेर एम्बुलेन्समा राखेर धरान ल्याइएको थियो । सलले बाँधेर घिसार्दा घाँटीमा चोट लागेको छ । रडले घुच्चुकमा प्रहार गरेकाले टाउको सिधा हुँदैन । मुस्किलले बोल्न सक्छिन् । चिकित्सकहरुले पीडित महिलाको प्रसुति समस्या ठीक भएपनि घाँटी र हातको उपचार जारी रहेकाले थप केही दिन अस्पतालमै राखिने जनाएको छ ।
पीडित महिलाले करिव आठ महिना अघि बलात्कार गरेपछि पनि पटकपटक बलात्कार गरिएको बताएकी छिन् । उनको १४ र ४ बर्षकी छोरी र ९ बर्षका छोरा छन् । उनको पति छ बर्षदेखि सम्पर्कमा छैनन् । पीडित तीन सन्तानसहित बाबुआमासंगै माइतमा बस्दै आएकी छन् ।
‘म अर्काको होटलमा भाँडा वर्तन माझेर परिवारको पालन पोषण गर्दै आएकी थिएँ । उनीहरुले मलाई जवजस्ती बलात्कार गरे । उनीहरुले त्यसपछि फेरिफेरि पनि बलात्कार गरे । बलात्कार गरेको विषयमा अरुलाई भनेमा हत्या गरिदिने धम्की दिएपछि मैले डर त्रासको कारण कसैलाई भन्न सकिन’ पीडित महिलाले भनिन् ।
मोरङको बेलबारी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामजी कट्वालले ज्यान मार्ने उद्योग र पेटको गर्भ मारेको अभियोगमा अपराधीहरुलाई पक्राउ गरेर मुद्दा चलाइने बताए । प्रहरीको अनुरोधमा प्रतिष्ठानले उपचार निशुल्क गरिदिएपनि औषधीमा खर्च भएको १९ हजार रुपैयाँ तिर्न सकेका छैनन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending