Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

माअोवादीका मन्त्रीहरूले अाफुखुशी काम गरे कारवाहि हुने, प्रचण्डले दिए यस्तो चेतावनी

[caption id=\"attachment_167774\" align=\"alignleft\" width=\"720\"]\"\" फाइल फोटो[/caption] काठमाडौं । नेकपा माओवादी केन्द्रका शीर्ष नेताले आफ्ना मन्त्रीका निगरानी गर्ने भएका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र सरकारमा पार्टीको नेतृत्व गरेका गृहमन्त्री रामबहादुर थापाले मन्त्रीहरूको काम कारबाहीको निगरानी गर्न लागेका हुन् । गृहमन्त्री थापाको सरकारी निवास पुल्चोकमा आइतबार साँझ अध्यक्ष दाहालले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई कडा निर्देशन दिँदै आफूखुसी काम गर्ने छुट कुनै पनि मन्त्रीलाई नभएको चेनावनी दिँदै शीर्ष नेतृत्वले निगरानी गर्ने बताए । अाजको अन्नपूर्णमा खबर छ-त्यसका लागि पार्टीले ‘सरकार सञ्चालनसम्बन्धी कार्यविधि’ नै तयार पार्ने दाहालले बताएका थिए। ‘सरकारमा मन्त्रीहरूले के–कस्ता काम गर्ने ? कसरी आफ्ना कामलाई प्रभावकारी बनाउने भन्ने विषयमा पार्टीले सरकार सञ्चालनसम्बन्धी आन्तरिक कार्यविधि नै बनाउँछ’, अध्यक्ष दाहालको भनाइ उद्धृत गर्दै कृषि भूमिव्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीले अन्नपूर्णसँग भनिन्, ‘त्यस्तो कार्यविधि मन्त्रीलाई पार्टीले बाँध्ने एउटा आचारसंहिता पनि हुन्छ।’ दाहालले साँझ ७ बजे देखि २ घण्टासम्म आफ्ना मन्त्रीलाई मन्त्रालयको संरचना, काम गर्ने शैली र अपनाउनुपर्ने आचारसंहिताका विषयमा केन्द्रित रहेर निर्देशन दिएका हुन् । बैठकमा माओवादीका ७ मन्त्री र एक राज्यमन्त्री सहभागी थिए। ‘विगतमा धेरै पकट पार्टी सरकारमा गयो, धेरै नेता साथीहरू मन्त्री पनि हुनुभयो, तर त्यसबेला केके भयो–भयो, जनताले अनुभूति हुने गरी काम गर्न पनि सकिएन’, दाहालको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने, ‘अब स्थायी सरकार छ, पार्टी, संगठन, आन्दोलन र जनताले अनुभूति हुने गरी देखिनुपर्छ, अगतिलो काम गर्ने छुट कसैलाई छैन।’ प्रभावकारी काम देखाउन नसक्नेलाई जुनकुनै बेला पनि फिर्ता बोलाउन सकिनेतर्फ उनले सचेत गराए।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending