Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

एकताबारे किन बैठक बस्न छाडे प्रचण्ड-अोली ? कार्यदललाई १० चैतसम्मको समयसीमा

\"\"काठमाडाैं । नेकपा एमाले–नेकपा माओवादी केन्द्र एकता तयारीका लागि गठित दुई कार्यदलको समयसीमा थपिएको छ । एकता तयारी लम्बिँदै गएपछि दुवै कार्यदललाई १० चैतसम्मको समयसीमा दिइएको हो । कार्यदलका कतिपय सदस्य मन्त्री बनेकाले एकता गृहकार्य प्रभावित भएको छ । अाजको नयाँ पत्रिकामा खबर छ-एकता गृहकार्यका लागि १० फागुनमा अन्तरिम विधान र संगठन तथा अन्तरिम राजनीतिक प्रतिवेदन कार्यदल गठन भएको थियो । २५ फागुनसम्म प्रतिवेदन बुझाउन समय दिइएको थयो । तर, तयारी नपुगेको भन्दै थप १० दिन समय थपियो । यद्यपि, २५ फागुनयता दुवै कार्यदलको एउटै पनि बैठक बस्न सकेको छैन । अन्तरिम राजनीतिक प्रतिवेदन लेख्ने जिम्मा पाएको एमाले नेता माधवकुमार नेपाल नेतृत्वको कार्यदलले समय नपुगेको भन्दै पुनः १० दिन समय मागेपछि माओवादी नेता रामबहादुर थापा नेतृत्वको अन्तरिम विधान र संगठनसम्बन्धी कार्यदलले पनि मस्यौदालाई अन्तिम रूप दिएको छैन । थापाले २५ फागुनयता तीनपटक विधान मस्यौदामा छलफल गर्न बैठक बोलाउँदै स्थगित गर्दै गरेको कार्यदलका एक सदस्यले बताए । ‘उहाँ मन्त्रीका रूपमा सरकारी काममै व्यस्त हुनुहुन्छ, अन्य साथीहरूले पनि त्यति चासो देखाउनुभएको छैन,’ ती सदस्यले भने, ‘तयारीका काम लम्बिँदै गएकाले तत्काल छलफल टुंगिहाल्ने स्थिति देखिएको छैन ।’ राजनीतिक प्रतिवेदनको मस्यौदा बन्दै  नेपाल नेतृत्वको कार्यदलले आपसमा विषय बाँडेर अन्तरिम राजनीतिक प्रतिवेदनको मस्यौदा बनाएको छ । तर, बैठक नबसेका कारण मस्यौदामाथि औपचारिक छलफल भएको छैन । ‘मस्यौदाको काम लगभग सकिएको छ, थप अध्ययन भएको छैन,’ कार्यदलमा माओवादी तर्फका सदस्य देवेन्द्र पौडेलले भने, ‘सबैको विषय मिलाएर अन्तिम–अन्तिमतिरै पुगिसकेको छ, तर बैठक बसेर छलफल हुन पाएको छैन, एकपटक सबैको सुझाब राखेर अन्तिम रूप दिइएपछि मात्र पार्टी एकता संयोजन समितिमा बुझाइनेछ ।’ कार्यदलमा एमालेबाट नेपालसहित भीमबहादुर रावल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली र रघुजी पन्त छन् । त्यस्तै, माओवादीबाट थापा र पौडेलसहित नारायणकाजी श्रेष्ठ, देव गुरुङ, शक्ति बस्नेत र फम्फा भुसाल छन् । अन्तरिम राजनीतिक प्रतिवेदनमा पृष्ठभूमि, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको समीक्षा, अबको कार्यभार र कार्यदिशा समाजवादसम्म पुग्ने बाटोलगायत विषय समेटिएका छन् । प्रतिवेदनमा जनताको बहुदलीय जनवादका अन्तरवस्तु समेटिए पनि जबज र एक्काइसौँ शताब्दीको जनवादलाई एकता महाधिवेशनबाट फैसला गर्ने गरी मस्यौदा तयार भइरहेको एक सदस्यले बताए । ७७ दफाको विधान मस्यौदा एकीकृत पार्टीको अन्तरिम विधान तथा संगठनको ढाँचा तय गर्न गठित कार्यदलले १७ अध्याय र ७७ दफा रहेको अन्तरिम विधान छलफलका लागि प्रस्ताव गरेको छ । एमाले र मओवादी नेता सम्मिलित विधान र संगठनसम्बन्धी कार्यदलले त्यस्तो विधान छलफलका लागि प्रस्ताव गरे पनि टुंगो लगाइसकेको छैन । विधानको प्रस्तावनादेखि सबै दफाको मस्यौदा बने पनि केन्द्र, प्रदेश, जिल्लालगायतको सांगठनिक संरचना कति सदस्यीय रहने उल्लेख छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending