Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

पूर्वराजाले नेतालाई भने-अदृश्य रूपमा संरक्षकत्व दिन तयार छु

\"\"काठमाडाैं । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि तीनवटै पार्टीका दोस्रो तहका नेताहरूले पार्टी एकीकरणको पहल गरी संरक्षकत्वको भूमिका लिइदिन पूर्वराजालाई आग्रह गर्दै आएका छन् । पूर्वराजावादीहरूको अस्तित्व कायम राख्न पूर्वराजाकै संरक्षकत्व आवश्यक रहेको तर्क उनीहरूको छ । अाजको नयाँ पत्रिकामा खबर छ-चिया बगानको भेटमा उपस्थित नेताहरूले आ–आफ्ना पार्टीका शीर्ष नेतृत्व व्यक्तिगत स्वार्थमा लाग्दा पार्टी कमजोर बनेको बताएका थिए । ठूला नेताबीच जुँगाको लडाइँ चलेका कारण पार्टी फुटेको र चुनावमा पराजय व्यहोर्नुपरेको जानकारी उनीहरुले पूर्वराजालाई गराए । तीनवटै पार्टीको नेतृत्वमा रहेकाहरूलाई हटाएर दोस्रो तहका नेताहरूले पार्टीको नेतृत्व सम्हाल्नुपर्ने र त्यसको संरक्षकत्व पूर्वराजाले नै गर्नुपर्ने उनीहरूको आग्रह थियो । ‘अहिलेको नेतृत्वमा रहेका तीनै नेताबाट एकीकृत र सशक्त पार्टीको परिकल्पना गर्न सकिन्नँ, पार्टी एकीकरण गरी दोस्रो तहका नेतामध्ये कसैले नेतृत्व सम्हाल्नुपर्छ भन्ने तर्क हामीले उहाँसामु एकस्वरमा राख्दै त्यसको संरक्षकत्व प्रदान गरिदिन आग्रह गर्‍यौँ,’ बैठकमा सहभागी एक नेताले भने, ‘उहाँले देखिएर होइन, अदृश्य रूपमा संरक्षकत्व प्रदान गर्न आफू तयार रहेको बताउनुभयो ।’ तर, छलफलमा सहभागी राप्रपा राष्ट्रवादीका नेता श्रेष्ठलाई पूर्वराजाले राजनीतिमा आउने चाहना छलफलमा व्यक्त गर्नुभएको हो भनी सोध्दा उनले भने, ‘देश पार्टीले चलाउने हो, देश राम्रो होस् भन्ने चाहना मात्र उहाँको हो । राप्रपा एक भएर जाँदा उपयुक्त हुन्छ भन्नुभयो । उहाँ राजनीतिमा आउने भन्ने विषयमा कुरा भएन ।’ पूर्वराजा शाह अझै केही दिन झापामै रहनेछन् । ११ चैतमा विराटनगरमा आयोजना हुने कार्यक्रममा सहभागी हुने उनीनिकट स्रोतले बतायो । त्यसबाहेक उनले झापामा रहँदा प्रदेश १ का राप्रपाका नेताहरूसँग पनि राजनीतिक भेटवार्ता गरिरहेका छन् । शाहको राजनीतिक भेट यो पहिलो भने होइन । उनले यसअघि माघमा करिब १५ दिनजति नेपालगन्जमा रहँदा त्यहाँका पुराना राजावादी नेताहरूसँग पनि छलफल गरेका थिए । त्यतिखेर राप्रपा अध्यक्ष कमल थापालाई काठमाडौंबाट बोलाएर नेपालगन्जमै छलफल गरेका थिए । नेपालगन्जबाट सीधै भारत भ्रमणमा निस्किएका उनले उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीसँग पनि भेट गरेका थिए । उनीनिकट स्रोतले आदित्यनाथसँगको भेटमा ‘अब आफूले राजनीतिमा सहभागिता जनाउने या अदृश्य रहेर कुनै पार्टीलाई सहयोग गर्ने भन्ने विषयमा सुझाब मागेको’ दाबी गर्छन् । तर, शाहले आफैँ पार्टीको नेतृत्व गर्ने या अदृश्य भूमिकामा रहेर राजनीतिक सक्रियता बढाउने भन्ने निश्चित गरिसकेका छैनन् । भेटमा सहभागी प्रह्लाद शाह भन्छन्– हामी र सरकारबीच झापाको हिमालय चिया बगानमा आइतबार अपराह्न ४ बजेदेखि साँझ ७ बजेसम्म छलफल भयो । छलफलमा मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भयो । उहाँले छलफलमा ‘राप्रपामा देखिएको गुट र फुटले परिणाम राम्रो आएन । त्यो कसैको हितमा छैन । म पार्टीको संरक्षक पनि होइन, राजनीति गर्ने व्यक्ति पनि होइन । तर, शुभचिन्तकका हैसियतले जनतामा राम्रो म्यासेज गएन,’ भन्नुभयो । वर्तमान राजनीतिक परिस्थितिले मुलुकको अवस्था चिन्ताजनक स्थितिमा पुगेको उहाँको भनाइ थियो । राप्रपा मिलेर निर्वाचनमा होमिएको भए परिणाम अर्कै हुन्थ्यो भन्नुभयो । आमनागरिकका रूपमा मुलुकको अवस्थाबारे चिन्ता व्यक्त गरेको भाव बुझ्न सकिन्थ्यो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending