Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

नेपालमा लुकिछिपी डाक्टरी गर्दै उत्तर कोरियाली

\"\"काठमाडौं । तनहुँको दमौली र कञ्चनपुरको महेन्द्रनगरमा उत्तर कोरियाली चिकित्सकले अवैध रूपमा स्वास्थ्य सेवा दिइरहेको पाइएको छ ।उत्तर कोरियाली नागरिकबाटै सञ्चालित दमौलीस्थित ने कोर्यो अस्पताल र नेपाली नागरिकद्वारा सञ्चालित महेन्द्रनगरस्थित सेफर हस्पिटलमा बिजनेस भिसामा आएका उत्तर कोरियाली चिकित्सकले स्वीकृतिबिनै सर्वसाधारणको स्वास्थ्य परीक्षण गरिरहेका हुन् । बिजनेस भिसामा काम गर्नु गैरकानुनी हो । अध्यागमन नियमावली २०५१ को दफा २० उपदफा २ मा बिजनेस भिसा प्राप्त गर्ने विदेशीले जुन उद्देश्यको निमित्त भिसा लिएको हो, त्यसबाहेक अन्य काम गर्न नपाउने उल्लेख छ । अाजको अन्नपूर्णमा खबर छ-ने कोर्यो अस्पतालमा १० जना उत्तर कोरियालीले काम गर्दै आएका छन् । तीमध्ये ८ जना चिकित्सक हुन् । दुई जनाले प्रशासनिक काम गर्दै आएका छन् । उनीहरू कसैसँग पनि कामदार भिसा छैन । उनीहरू कसैले पनि मेडिकल काउन्सिल र श्रम विभागबाट समेत स्वीकृति लिएका छैनन् । सेफरमा कार्यरत डा. को पेक सानले मेडिकल काउन्सिलबाट अनुमति लिएका छन् तर श्रम स्वीकृति लिएका छैनन् । श्रम विभागका निर्देशक वरुणकुमार झाले श्रम स्वीकृतिबिना कुनै पनि विदेशी नागरिकले काम गर्न नपाउने बताए । ‘कुनै पनि उत्तर कोरियाली नागरिकले अहिलेसम्म श्रम स्वीकृति लिएका छैनन्,’ निर्देशक झाले अन्नपूर्णसँग भने, ‘वर्क पर्मिट नलिई कुनै विदेशीले काम गर्न पाउँदैनन् । उत्तर कोरियालीले श्रम स्वीकृति लिएको हाम्रो रेकर्डमा देखिँदैन ।’ सेफर अस्पतालका लागि उत्तर कोरियालीले नभई दक्षिण कोरियाली नागरिकले श्रम स्वीकृति लिएको उनले जानकारी दिए । सेफरका सञ्चालक धर्म चन्दले श्रम स्वीकृति लिएर मेडिकल काउन्सिलमा दर्ता भएपछि मात्र उत्तर कोरियाली चिकित्सकलाई काम लगाएको दाबी गरे । विदेशी चिकित्सकले नेपालमा काम गर्न चाहेमा अनुमति लिनुपर्ने बाध्यकारी प्रावधान छ तर उत्तर कोरियाली चिकित्सक सबैले अनुमति नलिएको मेडिकल काउन्सिलले जनाएको छ । काउन्सिलका रजिस्ट्रार दिलीप शर्माले विदेशी चिकित्सकले नेपालमा काम गर्न काउन्सिलमा दर्ता हुनुपर्ने बताए । ‘मेडिकल काउन्सिलमा दर्ता नभई विदेशी चिकित्सकले काम गर्नु गैरकानुनी हो’, उनले भने । कञ्चनपुरका लागि एक जना उत्तर कोरियालीले अनुमति लिएको उनले जानकारी दिए ।
दमौलीस्थित ने कोर्यो अस्पताल र महेन्द्रनगरस्थित सेफर हस्पिटलमा बिजनेस भिसामा आएका उत्तर कोरियाली चिकित्सकले स्वीकृतिबिनै सर्वसाधारणको स्वास्थ्य परीक्षण गरिरहेका हुन् ।
‘ने कोर्यो’ को लगानीकर्ताका रूपमा बिजनेस भिसा लिएका उत्तर कोरियालीका डिपेन्डेन्टमा आएकाहरूसमेत त्यहीँ कार्यरत छन् तर डिपेन्डेन्टमा आउने कसैले पनि काम गर्न पाउँदैनन् । ‘उनीहरू वास्तविक श्रीमान्– श्रीमती हुन्÷होइनन् भन्ने नै शंकास्पद छ’, तनहुँ जिल्ला जनस्वास्थ्य कार्यालयका एक अधिकारीले भने, हामीले अनुगमन गरेपछि नवीकरण गरेका हौं तर उक्त अस्पतालको सेवाबाट सन्तुष्ट छैनौं ।’ जिल्ला जनस्वाथ्य कार्यालयले पछिल्लोपटक माघ १० गते एक वर्षका लागि ने कोर्यो अस्पताललाई नवीकरण गरेको थियो । ने कोर्योमा किम जोङ ग्वान म्यानेजिङ डाइरेक्टर छन् । सन् २०१५ को जुनमा पाठेघरको अप्रेसन गर्ने क्रममा एक महिलाको मृत्यु भएपछि ने कोर्योका कोरियाली चिकित्सक विवादमा परेका थिए । सेफरले भने कोरियाली पद्धतिअनुसार उपचार गर्ने भन्दै बिरामीलाई आकर्षित गर्न पर्चा बाँडिरहेको छ । पर्चामा कोरियाली पद्धति भनिए पनि उत्तर या दक्षिण कुन कोरियाका चिकित्सकले उपचार गर्ने भन्ने खुलाइएको छैन । त्यहाँ केही समय अघिसम्म तीन जना उत्तर कोरियाली चिकित्सक कार्यरत थिए । तीमध्ये डा. किम सोङको झन्डै एक महिनाअघि हृदयाघातबाट निधन भएको थियो । अस्पताल प्रशासनले कञ्चनपुरमै उनको अन्तिम संस्कार गरेको थियो । सोङको मृत्युपछि सोही हस्पिटलमा कार्यरत उनकी पत्नी जुङ सुन भने उत्तर कोरिया फर्किसकेकी छन् । ने कोर्यो अस्पतालको आयव्ययसमेत घाटामा गएको देखिएको छ । बालाजुस्थित करदाता सेवा कार्यालयले ने कोर्योको कर चुक्तापत्रमा घाटाको विवरण देखाएको छ । घाटामा गए पनि उत्तर कोरियालीले अर्को अस्पताल खोल्ने तयारी गरिरहेको स्रोतले दाबी गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending