Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

मन्त्रालय समीक्षा: लालबाबुको प्रथम परीक्षा

\"\"परीक्षा १ : ३० अर्ब बुझाएर स्वैच्छिक अवकाश सरकारको निर्णयअनुसार नै ९ हजार ५ सय ९१ जना कर्मचारीले स्वैच्छिक अवकाश रोजेर निवेदन दिएका छन् । यसो गर्दा राष्ट्रिय ढुकुटीमा कम्तीमा ३० अर्बको सोझै प्रभाव पर्नेछ । तर, स्थानीय तहमा कम्तीमा १५ हजार कर्मचारी अभाव छ । अाजको नयाँ पत्रिकामा खबर छ-केन्द्रका कर्मचारीलाई पैसाको भारी बोकाएर होइन, जनसेवाको उत्तरदायित्व बोकाएर प्रदेश तथा स्थानीय तहमा पठाउने जिम्मेवारी उनीसामु छ । परीक्षा २ : खटाइएका कर्मचारीलाई हाजिर गराउने सरकारले अहिलेसम्म स्थानीय तहमा र प्रदेशमा खटाएका कर्मचारीहरू पनि कार्यालय जान आनाकानी गरिरहेका छन् । कर्मचारी नहुँदा स्थानीय तह र प्रदेशले गति लिन सकेको छैन । मन्त्री पण्डितले जनाएको प्रतिबद्धताअनुसार एक महिनाभित्र स्थानीय तह र प्रदेशमा कर्मचारी पठाइसक्नुपर्नेछ ।
डिभी–पिआरधारी कर्मचारीलाई जागिर छोडाएर अघिल्लोपटक चर्चामा रहेका लालबाबु सामान्य प्रशासन मन्त्रालय फर्किएका छन् अब लालबाबुको प्रथम परीक्षा– नौ हजार कर्मचारीलाई ३० अर्ब बुझाएर घर पठाइन्छ कि जनसेवामा प्रदेश र स्थानीय तहमा ?
परीक्षा ३ : सरुवा–बढुवामा ट्रेड युनियनको दबाब दलनिकट ट्रेड युनियनले सरुवाबढुवामा दबाब दिने र सरकारको निर्णयलाई प्रभावित पारिरहेका छन् । त्यस्ता संगठनलाई सरकारको नियन्त्रणमा राखेर मन्त्रालयको निर्णयलाई ट्रेड युनियनको दबाब र प्रभावबाट मुक्त राख्नुपर्नेछ । परीक्षा ४ : प्रतिष्ठान र आयोग खारेज गर्ने विभिन्न आयोग, प्रतिष्ठान, समितिहरूमा करिब २२ हजार कर्मचारी छन् । ती कार्यालय खारेज गरेर कर्मचारीलाई प्रदेश र स्थानीय तहमा खटाउनु पनि चुनौतीपूर्ण छ । संघीयता कार्यान्वयनसँगै संघअन्तर्गत रहेका विभाग तथा केन्द्रीयस्तरका कार्यालयहरू, जिल्लास्तरीय कार्यालयहरूको खारेजी र रूपान्तरण गर्नुपर्नेछ । मानसिक अवस्था बिग्रेका कर्मचारीलाई मात्रै स्वैच्छिक अवकाशमा पठाइनेछ, तैपनि डाक्टरको सर्टिफिकेट चाहिन्छ : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित सबै राष्ट्रसेवकलाई प्रदेश र स्थानीय तहमा खटाइएको छैन । खटाइएका सबै कार्यक्षेत्र पुगेका छैनन् । अटेरी र अवज्ञा गर्नेलाई अब तुरुन्त आफ्नो रमाना लिएर कार्यक्षेत्रमा पुग्न प्रशासनिक रूपमा र सरकारको तर्फबाट पनि निर्देशन भइसकेको छ । पठाइएकाहरू कसैको पनि सरुवा बदर हुनेछैन । अन्यत्र हाजिर गरेर बसेको अवस्थामा उहाँहरूलाई हाजिर गराउने कार्यालय प्रमुखलाई हाजिर नगराउन तथा खटाइएको ठाउँमा पठाउन निर्देशन दिइएको छ । अझै नमाने हाजिर गराउने र तोकिएको ठाउँमा नजानेलाई दण्डित गर्छु । शारीरिक र मानसिक रूपमा अशक्त भएको भनेर डाक्टरले प्रमाणित गरेका राष्ट्रसेवकलाई थप केही सुविधा दिएर बिदा गर्न सक्छु, तर अरूलाई काममै लगाउँछु । काममा नजाने नै हो भने नियमित प्रक्रियाअनुसार अवकाश वा राजीनामा दिन सक्नुहुन्छ । तर, काम गर्नुपर्ने वेलामा एकमुष्ट रकम दिएर बिदा गर्ने पक्षमा सरकार छैन । सामान्य प्रशासनमन्त्रीको रूपमा लालबाबुको अघिल्लो कार्यकाल १.  मन्त्री लालबाबु पण्डितले पहिलो कार्यकालमा विदेशको डिभी–पिआर लिएर निजामती सेवामा रहेका कर्मचारीविरुद्ध निजामती ऐन संशोधन गराए । र, कर्मचारीलाई डिभी–पिआर वा जागिरमध्ये एक रोज्न बाध्य पारे । उक्त व्यवस्थापछि सचिवसहित ६७ जनाले जागिर छाडेर गए । २.   उनले सेवाग्राही भिडभाड हुने कार्यालयमा दुई सिफ्टमा कार्यालय सञ्चालन गरेर सेवा वितरणलाई सहज बनाउने प्रयास गरे । तर, यो अभ्यासले मन्त्री पण्डित सरकारबाट हटेपछि निरन्तरता पाएन । उनले केही सेवाकालीन कार्यालयको संख्या पनि थप गरेका थिए । २.   मन्त्री लालबाबु पण्डितले पूर्वसचिवहरूको सुझाब लिने र उनीहरूको सही सुझाबलाई प्रशासन सुधार ल्याउने कोसिस गरे । तर, त्यसले पनि निरन्तरता पाउन सकेन । मन्त्रीको टिम : गति भएका दुई सचिव शंकरप्रसाद कोइराला, सचिव, सामान्य प्रशासन सामान्य प्रशासन हेर्ने सचिव शंकर कोइराला अधिकांश समय गृहमा बसेर काम गरेकाले पनि हक्की स्वभावका छन् । उनी नियम कानुनअनुसार काम गर्न सहज छन् । दिनेशकुमार थपलिया : सचिव, संघीय मामिला संघीय मामला हेर्ने सचिव दिनेशकुमार थपलिया आफैँ स्थानीय तहका विज्ञ पनि हुन् । काममा खट्न सक्ने भएकाले मन्त्री पण्डितले उनीबाट आश पनि गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending