Khabar Dabali २ बैशाख २०८३ बुधबार | 15th April, 2026 Wed

राज्य कोषको दोहनः के-के शिर्षकमा लिए पूर्वमन्त्री पासवानले उपचारको नाममा साढे ४३ लाख ?

\"\"काठमाडाैं । पूर्वजनसंख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानले उपचारमा ७३ लाख खर्च भएको बिल पेस गरे पनि सरकारले ४३ लाख ४१ हजार मात्रै उपलब्ध गराएको छ । स्वास्थ्य मन्त्रालयले औषधोपचारबाहेकको बिल समावेश नगराएपछि अर्थले ३० लाख कटौती गरेर आइतबार रकम निकासा गरेको हो । अाजको नयाँ पत्रिकामा खबर छ-केही समयअघि नयाँ पत्रिका दैनिकले ‘पूर्वमन्त्री पासवानको उपचार खर्च ७३ लाख, औषधोपचार मात्र होइन, कालोबजारमा भारु साटेको कमिसन पनि सरकारसँग माग’ शीर्षकमा समाचार प्रकाशित गरेपछि स्वास्थ्य मन्त्रालयले औषधोपचारको बिल मात्रै समावेश गरेर अर्थमा पठाएको थियो । ‘पासवानले हामीलाई तनाव दिएका थिए । हामीले अन्तिममा उनले उपलब्ध गराएको अस्पताल र औषधिको बिलका आधारमा मात्रै पैसा निकासा गर्न अर्थमा पठायौँ,’ स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने । ती अधिकारीका अनुसार पासवानले ७३ लाखकै बिल बनाउन अन्तिमसम्म दबाब दिइरहेका थिए । २६ असार ०७४ को निर्णयानुसार तत्कालीन जनसंख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानलाई प्रचलित ऐन–नियमको परिधिभित्र रही उपचारका लागि आर्थिक सहायता उपलब्ध गराउन ४३ लाख ४१ हजार पाँच सय ५२ रुपैयाँ रकम निकासा गरेको अर्थ मन्त्रालयले जनाएको छ । सो निर्णयलाई आधार मान्दै पासवानले शिक्षण अस्पताल महाराजगन्ज र भारतको मेदान्त अस्पतालमा उपचार गर्दा ७३ लाख खर्च भएको जनाउँदै तत्काल उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयमा निवेदनसहित बिल पेस गरेका थिए । पासवानले औषधोपचार खर्चबाहेक भारतमा गएर पाउरोटी खाएको, कालोबजारमा भारतीय रुपैयाँ साटेको कमिसन पनि सरकारसँग माग गरेपछि स्वास्थ्य मन्त्रालयले अर्थमा पत्र नपठाई ढिलाइ गरेको थियो । अन्तिममा लागेको खर्चबाहेकको २९ लाख ९० हजार ४ सय ४८ रुपैयाँ कटाएर निकासा भएको छ । यस्ता थिए बिलका शीर्षक भारतीय रुपैयाँ सटही १५ लाख २ हजार ९ सय ९४ । तर, बैंकमा पैसा नपाएकाले कालोबजारमा साट्दा थप चार रुपैयाँ कमिसन तिर्नुपरेकाले सो पैसा पनि सरकारले दिनुपर्ने उनको मागदाबी थियो । होटेलमा बसेको, पाउरोटी र चिया खाएको खर्च १८ लाख ७३ हजार ६ सय । यातायात खर्च ८ लाख ९१ हजार ५७ काठमाडौंको शिक्षण अस्पतालमा उपचार ७ लाख १६ हजार भारतको मेदान्त अस्पतालमा उपचार २३ लाख ४८ हजार ४ सय २८
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending