Khabar Dabali २ बैशाख २०८३ बुधबार | 15th April, 2026 Wed

कांग्रेसमा गुट हेरफेर, क–कसले बदले ?

\"\"काठमाडाैं । नेपाली कांग्रेसका नेताहरू प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि फेरि गुट अदलबदलमा सक्रिय छन् । आन्तरिक गुटबन्दीकै कारण कांग्रेस निर्वाचनमा पराजित भएको नेताहरूले स्वीकारे पनि व्यवहार भने त्यसको उल्टो देखिन्छ ।  पार्टीभित्र एक नेताले अर्कोलाई निरीह र आफूलाई शक्तिशाली देखाउन गुट÷समूह बनाउने र भत्काउने खेल कांग्रेसमा पुरानै हो। निर्वाचनमा पराजयपछि पार्टीमा यो खेलले अलि बढ्तै ठाउँ पाएको देखिन्छ ।

अाजको नागरिकमा खबर छ-नेताहरूले गुट अदलबदल गर्दा शेरबहादुर देउवा र रामचन्द्र पौडेल कित्तामा मात्र होइन १३औं महाधिवेशनसँगै अस्तित्वमा आएको कृष्णप्रसाद सिटौला समूहमासमेत हलचल आएको छ। महाधिवेशन भएको दुई वर्षमा सभापति शेरबहादुर देउवा गुटबाट अर्जुननरसिंह केसी, कुलबहादुर गुरुङ र चन्द्र भण्डारी अलग्गिएका छन्। केसी १३औं महाधिवेशनमा देउवा गुटबाट महामन्त्रीका उम्मेदवार थिए। भण्डारी पनि देउवा गुटबाटै केन्द्रीय सदस्य निर्वाचित भएका थिए। यसैगरी पौडेल र सिटौला समूह पनि एकपछि अर्को गर्दै कमजोर बन्न पुगेका छन्। अन्य गुट र समूह कमजोर बन्दै जाँदा देउवाले नेतृत्व गरेको गुट बलियो बन्दै गएको छ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन परिणामलाई लिएर सभापति देउवामाथि विरोधी गुट र समूहले नेतृत्व छाड्न दबाब बढाइरहेका बेला त्यहाँबाट अलग्गिएका केसी पौडेल र सिटौलालाई मिलाउन सक्रिय छन्। जब कि १३औं महाधिवेशनमा यी दुई नेता पौडेल र सिटौला एकअर्कालाई स्वीकार गर्नै नसक्ने अवस्थामा थिए।

पाँच नम्बर प्रदेशको सीमांकन हेरफेर गर्ने पार्टी निर्णयको विपक्षमा उभिएपछि पाखा परेका भण्डारी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र पार्टी सभापति देउवा नेतृत्वको सरकारमा मन्त्री बन्न नपाएपछि रुष्ट थिए। भण्डारीले गुल्मी १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा हार बेहोरेपछि सभापति देउवा विरोधी केही युवा केन्द्रीय सदस्यको अगुवाइ गर्दै आएका छन्। त्यसमा गगन थापा, धनराज गुरुङ, प्रदीप पौडेल, गुरुराज घिमिरेसहितका केन्द्रीय सदस्य छन्। तत्कालीन सभापति सुशील कोइरालाले मन्त्री नबनाएपछि भण्डारी देउवा गुट छिरेका थिए। महाधिवेशनको संघारमा देउवा गुटमा मिसिएका गुरुङ अहिले त्यहाँ छैनन्।

१३औं महाधिवेशनमा सभापति, महामन्त्री, कोषाध्यक्षसहित ६४ पदका लागि भएको प्रतिस्पर्धामा देउवा पक्षले सभापतिसहित ३७ पद जितेको थियो। देउवा गुटबाट खुमबहादुर खड्का, विमलेन्द्र निधि, प्रदीप गिरी, बालकृष्ण खाँण, रमेश लेखक, पूर्णबहादुर खड्का, विश्वप्रकाश शर्मा, एनपी साउद, चन्द्र भण्डारी, ज्ञानेन्द्रबहादुर कार्की, गोपालमान श्रेष्ठ, शंकर  भण्डारी, प्रकाशशरण महत, भीष्मराज आङ्देम्बे, रमेश रिजाल, मोहनबहादुर बस्नेत विजयी भएका हुन्। त्यस्तै, देवेन्द्रराज कँडेल, जीवनबहादुर शाही, बीरबहादुर बलायर, डिला संग्रौला, पुष्पा भुसाल, ईश्वरी न्यौपाने, अम्बिका बस्नेत, बहादुर लामा, सीता गुरुङ, रत्ना शेरचन, मानबहादुर विश्वकर्मा, मीन विश्वकर्मा, सुजाता परियार, लक्ष्मी परियार, अजय चौरसिया, महेन्द्र यादव, फरमुल्ला मन्सुर र पार्वता डिसी चौधरी पनि देउवा पक्षबाट विजयी हुन्।

गुटहरुको महासंघ जस्तो देखिने पौडेल समूहमा साझा नेताको अभाव देखिएको छ। एकले अर्कालाई नेता मान्नेभन्दा पनि आफैं नेता बन्न सबै सक्रिय हुँदा महाधिवेशन भएको दुई वर्षमा पौडेल पक्षका आधा दर्जन केन्द्रीय सदस्य देउवा समूहमा पुगेका छन्। १३औं महाधिवेशनमा पौडेल समूहबाट महामन्त्री, कोषाध्यक्षसहित २७ जना केन्द्रीय समितिमा पुगेका थिए। तर, संसदीय दलको पछिल्लो निर्वाचनसम्म आइपुग्दा चिनकाजी श्रेष्ठ, नारायण खड्का, मीनेन्द्र रिजालसहित पौडेल समूहबाट अलग्गिएको निकट नेताहरुको दाबी छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending