Khabar Dabali २ बैशाख २०८३ बुधबार | 15th April, 2026 Wed

सरकारको खर्च खाता ऋणात्मक, राजश्व उठेन

\"\"काठमाडाैं । सरकारको खर्च खातामा बजेटरी प्रणालीभित्रको रकम सकिएको छ। बजेट स्रोतबाट जुट्नुपर्ने रकम सकिएर उल्टो नौ अर्ब रुपैयाँ घाटामा गएको छ। बजेटले सोचेजति वैदेशिक सहायता/अनुदान र राजस्व नउठेपछि सरकारी खाता ऋणात्मक भएको हो। शुक्रबार कार्यालय खुल्दा खर्च खातामा ६ अर्ब ५५ करोड रुपैयाँ थियो। सरकारी बजेटमा राजस्व, वैदेशिक ऋण तथा अनुदान र आन्तरिक ऋणलाई आम्दानीका रूपमा परिभाषित गरिएको छ। यो रकम शुक्रबार साँझसम्म सबै सकिएको कार्यालयका उपमहालेखा नियन्त्रक यदु भट्टराईले जानकारी दिए। स्थानीय तहले पाउने वित्तीय हस्तान्तरणको अन्तिम किस्ता पठाउन थालेपछि सरकारी खर्च खाता ऋणात्मक भएको हो। आइतबार स्थानीय तहको सबै अनुदान गैसक्ने भएकाले बजेट प्रणालीको रकम सकिएर ५० अर्ब घाटामा जाने अनुमान कार्यालयले शुक्रबार नै गरेको थियो। तर, बजेट पठाउने प्रक्रियामा सिथिलता आएका कारण आइतबारसम्म स्थानीय निकायमा २३ अर्ब अनुदान मात्र गएको छ। ७५ अर्बमध्ये ५२ अर्ब स्थानीय निकायलाई पठाउन बाँकी छ। बजेटरी प्रणाली अन्तर्गतको खर्च गर्ने रकम नभए पनि सरकारको ढुकुटीमा भने अझै दुई खर्ब ७९ अर्ब रुपैयाँ छ’, उपमहालेखा नियन्त्रक भट्टराईले भने ‘यही रकमबाट सरकारले हालको गर्जो टार्नेछ। पछि रकम संकलन भएपछि ढुकुटीमा शोधभर्ना गरिनेछ। अहिलेलाई खर्च गर्ने रकम सकिए पनि ओभर ड्राफ लिनपर्ने अवस्था आएको छैन।’ सरकारी ढुकुटीमा रहेको रकममध्ये २४ अर्ब धरौटीको हो। यो शीर्षकमा ठेकेदार र विभिन्न मुद्दाको धरौटी बापतको रकम राखिन्छ। विभिन्न कोषको नौ अर्ब रकम छ। ७३ अर्ब स्थानीय निकायको रकम सरकारी खातामा छ भने पुनर्निर्माणको २८ अर्ब पनि त्यतिकै छ। खर्च सकिएर सरकारले आव २०६७÷६८ यता ओभर ड्राफ लिनुपर्ने अवस्था आएको छैन। सरकारले चालु आवमा एक खर्ब ४५ अर्ब आन्तरिक ऋणबाट बजेट स्रोत परिचालन गर्ने भएको छ। यो रकममध्ये शुक्रबारसम्म एक खर्ब १८ अर्ब ऋण लिइसकेको छ। अब आन्तरिक ऋणबाट सरकारले २७ अर्बमात्र उठाउन पाउँछ। चालु आवको बजेट मध्यावधि समीक्षासम्म विकास साझेदारबाट ६१ अर्ब १९ करोड अनुदान र ३२ अर्ब ९९ करोड रुपैयाँ वैदेशिक ऋण प्रतिबद्धता आएको छ। कार्यालयको तथ्यांकअनुसार चैत ३ गतेसम्म सरकारले चार खर्ब ३५ अर्ब राजस्व ९७ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। शनिबारसम्म सरकारले पाँच खर्ब ५३ अर्ब ५६ करोड खर्च गरेको छ। खर्च भएको रकम विनियोजित बजेटको ४२ प्रतिशत खर्च हो। सरकारले चालु आवका लागि १२ खर्ब ७८ अर्ब ९९ करोड बजेट विनियोजन गरेको थियो। यो अवधिमा २८.६१ प्रतिशत पुँजीगत र २३.८७ प्रतिशत वित्तीय व्यवस्थातर्फको खर्च भएको छ। सरकारले उक्त शीर्षकमा क्रमशः तीन खर्ब ३५ अर्ब र एक खर्ब ४० अर्ब बजेट विनियोजन गरेको छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending