Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

रेशम चौधरीलाई जेलभित्रै शपथ !

\"\"काठमाडाैं । साढे दुई वर्षअगाडिको ‘टीकापुर घटना’ का मुख्य आरोपी रेशम चौधरीलाई ‘जेलभित्रै’ प्रतिनिधिसभा सांसदको शपथ गराउने तयारी भएको छ।सरकारले त्यसको वातावरण निर्माणका लागि राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका नेताहरूसँग छलफल थालेको छ। राजपाको मागका आधारमा सरकारले चौधरीलाई जेलभित्रै शपथ र निर्वाचन जितेको प्रमाणपत्र उपलब्ध गराउने तयारी गरेको गृह मन्त्रालय स्रोतले बतायो। राजपा नेताहरूले चौधरीको मुद्दा फिर्ता लिन गरेको माग अस्वीकार गर्दै अदालतले गर्ने अन्तिम निर्णय नै पर्खने गरी तत्कालका लागि भने प्रमाणपत्र र शपथको वातावरण मिलाउन तयार भएको हो । आजको अन्नपूर्ण पोष्टमा खबर छ-शपथको वातावरण मिलाउन नै चौधरीलाई कैलाली कारागारबाट काठमाडौं ल्याइएको छ। कैलाली क्षेत्र नम्बर १ बाट चौधरीले ३४ हजार ३४१ मत ल्याई प्रतिनिधिसभा सदस्यको निर्वाचन जितेका थिए। प्रतिद्वन्द्वी एमाले उम्मेदवारभन्दा २० हजार ९३५ मतान्तरमा चुनाव जितेका उनलाई निर्वाचन आयोगले निर्वाचन जितेको प्रमाणपत्र अहिलेसम्म दिएको छैन। निर्वाचनका बेला उनी ‘फरार अभियुक्त’ का रूपमा थिए। त्यसपछि चौधरीले ‘वारेस’ मार्फत प्रमाणपत्र पाउनुपर्ने माग गर्दै सर्वाेच्चमा रिट दर्ता गराउन खोजे पनि अदालतले व्यक्ति स्वयं उपस्थित भए मुद्दा हेर्न सकिने नत्र अदालतले नहेर्ने भन्दै रिट दरपिटमार्फत खारेज गरिदिएको थियो। त्यसपछि भने चौधरीले प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए। ०७२ भदौ ७ गते कैलालीको टीकापुरमा आन्दोलनरत थरुहट कार्यकर्ता र प्रहरीबीच झडपमा एसएसपीसहित सात सुरक्षाकर्मी र एक बालकको मृत्यु भएको थियो। चौधरीमाथि त्यसैको ज्यान मुद्दा लागेको छ। उनको मुद्दा अदालतमा विचाराधीन छ। जिल्ला निर्वाचन आयोगले चौधरीको प्रमाणपत्र उनलाई र उनको वारेसलाई नदिई निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा पठाएको थियो। आयोगले अहिले उनको प्रमाणपत्र संसद् सचिवालयमा सभामुखकहाँ पठाइदिएको छ। राजपाले प्रधानमन्त्री केपी ओली सरकारलाई समर्थन गर्नेदेखि सरकारमा सहभागी हुने सर्तमा चौधरीको मुद्दा फिर्तीको विषयलाई प्रमुख एजेन्डा बनाएको थियो। यो विषयमा प्रधानमन्त्री ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरबीच शपथ कसरी गराउने भन्नेमा पटक-पटक छलफल भएको राजपा नेता केशव झाले पनि पुष्टि गरे। ‘सर्वाेच्च अदालतले चौधरीको तर्फबाट प्रमाणपत्र लिन वारेसलाई दिन गरेको निवेदन खारेज गर्दा शपथ नगराउन भन्ने कुनै आदेश नदिएको, कैलाली जिल्ला अदालतको फैसलामा पनि त्यस्तो केही नभनिएको र मुद्दा पनि प्रमाणित भइनसकेको कारण साधारण तारेखमा छाडेर शपथको वातावरण बनाऊ भन्ने हाम्रो माग हो,’ राजपा नेता झाले अन्नपूर्णसँग भने, ‘तर सरकारले अदालतमा मुद्दा रहेकाले अहिलेलाई शपथको वातावरण बनाउनतिर भने सोचेको देखिन्छ।’ आफूले शपथ खान पाउनुपर्ने माग गर्दै कारागारभित्रै आमरण अनशन बसेपछि चौधरीलाई फागुन २६ मा काठमाडौं ल्याई वीर अस्पताल भर्ना गरिएको थियो। सोही दिन बिहान राजपा अध्यक्षमण्डलका नेता ठाकुर, राजेन्द्र महतो, राजकिशोर यादव, शरत्सिंह भण्डारीलगायत नेताले गृहमन्त्री रामबहादुर थापासँग रिहाइका विषयमा छलफल गरेका थिए। गृहमन्त्री थापाले अदालतमा रहेको मुद्दा फिर्ता लिन सक्ने अवस्थामा सरकार नरहेको जानकारी राजपा नेताहरूलाई गराउँदै शपथको वातावरण बनाउन र प्रमाणपत्र दिलाउन सरकार सकारात्मक रहेको जवाफ दिएका थिए। सोही छलफलपछि नै चौधरीको शपथको वातावरण कसरी मिलाउने भन्ने योजनामा चौधरीलाई काठमाडौं ल्याइएको गृह मन्त्रालय स्रोतले बतायो। चैत २ मा प्रधानमन्त्री ओली, माओवादी अध्यक्ष दाहाल र राजपा अध्यक्षमण्डलका संयोजक ठाकुरबीच छलफल भएपछि चौधरीको अनशन तोडाउने समझदारी बनेको थियो। त्यसपछि सोही दिन साँझ गृहमन्त्री थापा चौधरीको अनशन तोडाउन वीर अस्पताल पुगेका थिए। ‘अब उनको शपथको वातावरण मिलाउन सरकार लागिपरेको छ, मुद्दाको विषयमा भने अदालतले स्वविवेकी निर्णय लिन्छ,’ गृह मन्त्रालय स्रोतले भन्यो, ‘शपथ प्रक्रिया अब अगाडि बढ्छ।’ सरकारले चौधरीको शपथको वातावरण मिलाए पनि उनीमाथि अदालतमा मुद्दा रहेकाले उनी निलम्बित सांसदका रूपमा रहनेछन्।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending