Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

सर्वोच्च गएर उज्जनको पोस्टमार्टम रिपोर्ट माग्छु !

\"\"काठमाडाैं । यतिवेला माओवादी केन्द्र सरकारमा छ । पछिल्ला केही महिनायता माओवादी नेताहरू प्रदेश सभा, प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्य बन्ने दौडमा थिए । अझ केही दिनयता मन्त्री र अन्य सार्वजनिक लाभका पदमा पुग्न । त्यसैले १० वर्षे जनयुद्धमा भाग लिएका नाम चलेका करिब करिब सबै नेता कुनै न कुनै लाभको पदमा आसिन भइसकेका छन् । तर, तिनैमध्येक एक बालकृष्ण ढुंगेल अपराधिका रूपमा कारागारमा कैद भुक्तान गरिरहेका छन् । अाजको नयाँ पत्रिकामा खबर छ-त्यसैले यतिवेला उनलाई भेट्ने रहर मनमा जाग्यो । र, लागियो डिल्लीबजारस्थित सदरखोर कारागार । मसँग अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, उपाध्यक्ष सुरेन्द्र बस्नेत पनि थिए । गेटमा बसेका प्रहरीले सोधपुछ सुरु गरे । हामीले बालकृष्ण ढुंगेलसँग भेट गर्न चाहेको बतायौँ । त्यसपछि सोधपुछ अलि बढी नै भयो । तीनपुस्ते खुलाएपछि हामीलाई भित्र जान दिइयो । कुनामा जस्तापाताले छाएको एउटा ओडार जस्तो ठाउँमा हरियो कार्पेट ओछ्याइएको थियो । वरपर स–साना रुख र फेदमा चौतारो पनि बनाएको रहेछ । त्यहाँ कैदी भेट्नेदेखि प्रतीक्षा गर्नेको ठूलै हुल हुने रहेछ । त्यहीँ आइपुगे पूर्वसभासद् ढुंगेल । हामीलाई देख्नेबित्तिकै उनको गहभरी आँसु छचल्कियो । माओवादी जनयुद्धका थुप्रै नेता र कमान्डर स्थानीय सरकार, प्रदेश र केन्द्रीय सरकारको बागडोर सम्हालिरहेको तर, त्यही युद्धको अर्का एक कमान्डर जनयुद्धकालीन मुद्दामा सर्वस्वसहित जन्मकैदको फैसला भुक्तान गरिरहेको देख्दा हाम्रो मन पनि अमिलो भयो । कुराकानी थालनी भयो । उनले विद्यार्थी नेताद्वयबाट पछिल्लो राजनीतिक घटनाक्रमको अपडेट चाहे । उनीहरूले वाम गठबन्धनको सरकार गठनदेखि आगामी वैशाख ९ गते एमाले र माओवादी केन्द्रबीच एकताको तयारीसम्मका अपडेट सुनाए । त्यतिबेलासम्म ढुंगेलले गाँठो परेको मनलाई सम्हालिसकेका थिए । सञ्चारका माध्यमसँग सधैँ जोडिइरहन रुचाउने उनी यी विषयमा अनभिज्ञ त थिएनन् । तर, किन हो उनले विद्यार्थी नेताद्वयबाटै सुन्न चाहे । अपडेट सुनिसकेपछि ती दुवै प्रसंगमा उनले आफ्ना धारणा सुनाए । पार्टी एकताप्रति सकारात्मक रहेका उनले दुवै पार्टीका राम्रा नेता मिलेर समाजवादसँगै साम्यवादको यात्रा तय गर्ने विश्वास व्यक्त गरे । तर, सरकारमा मन्त्री चयनदेखि सरकारका प्राथमिकताबारे चित्तदुखाई सुनाए । गरिब निमुखा जनताका घरमा अझैसम्म सरकार पुग्न नसकेको भन्दै उनले भने, ‘भालेबाँसेदेखि गोधुलीसाँझ पर्दासम्म मेहनत गर्ने तै पनि चुलो/अगेनोमा आगो बाल्न नसक्ने जनताको मझेरीमा लागेको अनिकाल टार्न माओवादी मन्त्रीहरू जुट्नुपर्छ ।’ तर, सधैँ मन्त्री बन्न र लाभको पद हासिल गर्न खोज्नेहरू पार्टीमा हावी हुँदै गएको चिन्ता पनि उनले साथसाथै व्यक्त गरे । नेताले जनता बिर्सिंदा पार्टीको जनआधार कमजोर भएको, विश्वास गुमेको भन्दाभन्दै आफ्नै सहकर्मीलाई समेत अचेत माओवादी नेताले भुल्ने गरेको भन्दै उनी भक्कानिए । ‘आजसम्म पहुँचमा भएकाले भेटेनन्, नभएकाहरूले दिनहुँ भेटिरहनुभएको छ । यसरी नै दिनचर्या बितिरहेको छ । जसको नेतृत्व स्वीकारेर जनगणतन्त्रसहित समाजवाद र साम्यवादसम्म जाने सुनौलो सपना देखेर जनयुद्धमा लाग्यौँ । आज म शान्तिप्रक्रियापछि जेलमा हुँदा तिनैले खोरखबरसम्म गरेनन्,भेट्न आएनन्’ पार्टी अध्यक्ष प्रचण्डप्रति दुखेसो पोख्दै उनले भने । तर, उनले पाँच दिनअघि मात्रै प्रचण्डले फोन गरेको बताए । उनले प्रचण्डले त्यसदिन भनेका कुरा सम्झिए, ‘पाँच दिनअघि अध्यक्षले फोन गर्नुभएको थियो । कामको चापाचापले भेट्न पाइनँ नरिसाउनुहोला भन्नुभयो । तपाईं जेलबाट चाँडै बाहिरिनुहुँदैछ र द्वन्द्वकालीन घटनाका सबै मुद्दा सत्य निरुपण तथा बेपत्ता छानविन आयोगमार्फत् टुंगोमा पु¥याउने गरी काम भइरहेको छ ।’ ऊर्जामन्त्री भएपछि वर्षमान पुन अनन्तले पनि फोन गरेका रहेछन् । त्यसवेला उनले स्वास्थ्यअवस्थाबारे जानकारी लिएको र अब जनयुद्धकालीन मुद्दा किनारा लगाउने गृहकार्यमा खटिने बताएको हामीलाई जानकारी दिए । त्यसवेला आफूले देश विकासका लागि पहिलो प्राथमिकतामा ऊर्जा, कृषि, पर्यटन र सडकबाटा राख्न सुझाव दिएको सुनाए । ऊर्जामा फैलिएको जलमाफियाको जालो तोडी जनताको लगानीमा प्रत्येक प्रदेशमा ७ मेगावाटभन्दा ठूला परियोजना निर्माणमा जुट्न पनि उनले सुझाव दिएका रहेछन् । आगामी जेठ १५ गते जेलबाट बाहिरिने बताएका ढुंगेलले सर्वोच्च अदालतको फैसलामा भने हस्ताक्षर नगर्ने बरु ‘उज्जनको पोस्मार्टम रिपोर्ट’ माग्ने बताए । बेपत्ता भनिएका उज्जनको कुन पोस्टमार्टम रिपोर्टका आधारमा जन्मकैद भनेर फैसला गरियो ? यसबारे यसबारे अवश्य सोध्नेछु । एमालेले निकै सुझबुझका साथ मन्त्री छनोट गरेको तर माओवादीमा ‘कतिपटक मन्त्री बनेँ’ भनेर रेकर्ड राख्नकै लागि मात्रै मन्त्री बनेको उनले टिप्पणी गरे । प्रचण्डलाई धम्क्याउनेहरू सँधै सत्ताको वरिपरी पुग्ने गरेको अनुभव पनि सुनाउन भ्याए । ‘प्रचण्ड कहाँ पुगेर मन्त्री वा सांसद नबनाए वैद्य वा विप्लवको पार्टीमा जान्छु भनेर घुक्र्याउने, धम्क्याउने देखि त्यो पद नपाए मर्छु, झण्डिन्छु भनेर प्रचण्डलाई तनाव दिनेहरू पनि धेरै छन् । माओवादी जनयुद्धमा दुई सन्तान गुमाएकी धीरेन्द्र बस्नेतकी आमालाई मात्रै थाहा छ, उनको कलेजो चुडिँदाको पीडा,’ उनले अघि भने, ‘धीरेन्द्रकी आमालाई सांसद बनाएको भए के बिग्रिन्थ्यो, सावित्रीकुमार काफ्लेकै श्रीमतिलाई किन बनाउनुपथ्र्यो । श्रीमतीलाई नै पद दिने परिपाटी हो भने म जेलमा थिएँ, मेरी श्रीमतीलाई बनाएको भए पनि हुन्थ्यो ।’ उनले अगाडि भने, ‘मलाई निकै लोभ लाग्ने मन्त्रालय भनेको ऊर्जा र कृषि नै हो । बाँजो रहेको बारीमा दशनंग्रा नख्याएसम्म देश बन्दै भने खोलामा बगेको पैसालाई एकमुष्ठ नपारेसम्म पनि देश बन्दैन । त्यसैले बाँजा बारीमा पानी पुर्‍याउनु पर्‍यो र कानमा सुन लगाउनुभन्दा जनताले जलस्रोतमा लगानी गर्नुपर्‍यो । अनि मात्रै देश बन्छ । नत्र मन्त्री कतिपटक भएँ भनेर गणना गर्नुबाहेक केही हुँदैन ।’ करिब १५ मिनेटमा यतिधेरै बातचित हुन भ्याए । हामीलाई दिइएको समय सकिँदै थियो । त्यसैले विदा माग्यौँ । हामी तीन युवा बसेको ठाउँबाट जुरुक्क उठ्यौँ । उनले उठेर हामी तीनैजनालाई धाप मारे र भने,‘हाम्रो भौतिक शरीर त यसैयसै जाने भो । तपाईं युवाहरूबाट देशको भविष्य देखेको छु ।’ यति भनिसक्दा नसक्दै उनका गहबाट बलिद्रधारा आँशु बगिसकेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending