Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

११ वर्षमा माओवादीकै ९५ मन्त्रीः रोल्पा-रुकुमका मात्रै ४३ जना, कुन सरकारमा कति मन्त्री ?

[caption id=\"attachment_167774\" align=\"alignleft\" width=\"720\"]\"\" फाइल फोटो[/caption] काठमाडौं । ०६२/६३ को जनआन्दोलनयता माओवादी केन्द्रका मात्रै ९५ जनाले मन्त्री बन्ने अवसर पाएका छन् । ०४६ सालयता सरकारमा ‘हालिमुहाली’ गरेका कांग्रेस-एमालेभन्दा ११ वर्षको अवधिमा बढी मन्त्री उत्पादन गर्ने पार्टी माओवादी बनेको छ । दोस्रो जनआन्दोलनपछि कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा माओवादी पहिलोपटक सरकारमा सहभागी भएको हो । त्यसयताको ११ वर्षमा ११ वटै सरकार बनेको छ भने ८ वटामा माओवादी सहभागी छ । अाजको अन्नपूर्णमा खबर छ-०६६ मा बनेको माधवकुमार नेपालको सरकार, ०६९ मा बनेको खिलराज रेग्मीको चुनावी सरकार र ०७० मा दोस्रो संविधानसभापछि बनेको सुशील कोइराला नेतृत्वको सरकारबाहेक सबैमा माओवादी सहभागी छ । यसबीचमा तीनपटक माओवादी आफँैले सरकारको नेतृत्वसमेत गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालले दुईपटक र डा. बाबुराम भट्टराईले एकपटक सरकारको नेतृत्व नै गरेका थिए । \"\" यो अवधिमा कुनै नेता यस्ता भाग्यमानी पनि बनेका छन् कि एकै जनाले ५-५ पटकसम्म मन्त्री बन्ने अवसर पाएका छन् । कृष्णबहादुर महरा र गिरिराजमणि पोखरेल सबैभन्दा बढी मन्त्री बन्ने माओवादी नेता हुन् । अन्य धेरैजसो नेताले पनि सरकारमा दोहोरिने, तेहोरिने अवसर पाएका छन् । रोल्पा-रुकुमका मात्रै ४३ जना ! राज्यसत्तामा उत्पीडित वर्ग, क्षेत्र र लिंगको पहुँच नभएको जिकिर गर्दै १० वर्षसम्म हिंसात्मक विद्रोहमा सामेल भएको माओवादीले ११ वर्षको बीचमा रोल्पा-रुकुम दुई जिल्लाका मात्रै ४३ जनालाई ‘मन्त्री’ बनाएको छ । त्यसो त राज्यको महत्वपूर्ण पद उपराष्ट्रपति, प्रतिनिधिसभा सभामुखलगायतमा पनि ०७२ यता रोल्पाली माओवादी नेताले नै जिम्मेवारी सम्हाल्न पाएका छन् । अबको पाँच वर्ष उनीहरूले नै त्यो अवसर पाउँदै छन् ।
०६३ यता माओवादीबाट ९५ जना मन्त्री बनेका छन् भने रोल्पा-रुकुम दुई जिल्लाका मात्रै ४३ जनाले अवसर पाएका छन् ।
अहिले एमाले-माओवादी वाम गठबन्धन सरकारमा समेत रोल्पाका तीन नेताले मन्त्री, सभामुखदेखि उपराष्ट्रपतिसम्मको अवसर पाएका छन् । शनिबार मात्रै उपराष्ट्रपतिमा रोल्पाकै नन्दबहादुर पुनले दोहोरिने अवसर पाएका छन् । उनी उपराष्ट्रपतिमा निर्विरोध भएका छन् । यद्यपि, उनको विजयलाई निर्वाचन आयोगले घोषणा मात्र गर्न बाँकी छ । सभामुखमा पनि रोल्पाकै कृष्णबहादुर महरा गत साता निर्विरोध निर्वाचित भएका छन् भने शुक्रबार मात्रै ऊर्जा तथा जलस्रोत र सिँचाइमन्त्रीका रूपमा वर्षमान पुनले जिम्मेवारी सम्हालेका छन् । माओवादीको हिंसात्मक विद्रोहकै अवधिदेखि रोल्पाले कुनै स्थानमा अवसर पाउँदा रुकुमले किन नपाउने भन्ने बहस माओवादीमा हुने गथ्र्यो, त्यो अहिले पनि चलिरहेकै छ । दुई जिल्लाको आन्तरिक प्रतिस्पर्धा चल्दा माओवादीले रोल्पा-रुकुम दुवै जिल्लालाई उत्तिकै प्राथमिकताका आधारमा सरकारदेखि पार्टी सत्तामै पनि स्थान दिँदै आएको थियो । यो ११ वर्षको अवधिमा रोल्पाले २५ र रुकुमले १८ पटक गरी दुई जिल्लाले मात्रै कुल ४३ पटक मन्त्री सम्हाल्ने अवसर पाएका छन् । रोल्पाबाट कृष्णबहादुर महरा, वर्षमान पुन, ओनसरी घर्ती, जयपुरी घर्तीलगायतले मन्त्रीको अवसर पाएका छन् । त्यस्तै, रुकुमबाट जनार्दन शर्मा, लोकेन्द्र विष्ट मगर, गणेशमान पुन, कमला रोकालगायतले अवसर पाएका थिए । पछिल्लो मन्त्रिमण्डलमा पनि रोल्पाले अवसर पाइरहँदा रुकुमले पनि अवसर पाउनुपर्ने आवाज चर्काे रुपमै उठेको थियो । ऊर्जा मन्त्रालयमा रोल्पा-रुकुमकै नेताहरू (पुन र शर्मा) ले दाबी गरेपछि अध्यक्ष दाहालले पुनलाई छानेका थिए । त्यसपछि भने शर्माले आफू परिणाममुखी काम गर्न सरकारमा जान खोजेको भन्दै सरकारमै सहभागी भएनन् । माओवादीमा रोल्पा-रुकुमको द्वन्द्व नयाँ भने होइन, यस्तो द्वन्द्व ‘जनयुद्धकाल’ देखि नै देखिँदै आएको थियो । अहिले रोल्पाका नेतालाई मात्र अवसर दिइएको भन्दै रुकुमका नेताले असन्तुष्टि देखाइरहेका छन् । आठमा तीन मात्रै नयाँ ओली नेतृत्वको अहिलेको सरकारमा माओवादीका सात मन्त्री र एक राज्यमन्त्रीसहित आठ जनाले सहभागिता जनाएका छन् । त्यसमध्ये दुई मन्त्री र एक राज्यमन्त्रीले मात्र पहिलोपटक सरकारमा सहभागिता जनाएका हुन् । अन्य पाँच जना कोही दोहोरिने र कोहीले पटक-पटक मन्त्रीको जिम्मेवारी सम्हालिसकेकाले नै अवसर पाएका छन् । शिक्षामन्त्री गिरिराजमणि पोखरेल पाँचौंपटक अहिले मन्त्रीका रूपमा सरकारमा पुगेका छन् । ऊर्जामन्त्री वर्षमान पुन र वनमन्त्री शक्ति बस्नेत तेस्रोपटक र गृहमन्त्री रामबहादुर थापा र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादव दोहोर्‍याएर सरकारमा पुगेका छन् । कृषिमन्त्री चक्रपाणि खनाल, खानेपानीमन्त्री बीना मगर र कृषि राज्यमन्त्री रामकुमारी चौधरी पहिलो पटक सरकारमा सहभागी भएका हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending