Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

किताब किन्न नहत्तारिनुस, पाठ्यक्रम परिमार्जन हुँदैछ

\"\"काठमाडौं । कक्षा १ देखि १२ सम्मको पाठ्यक्रम परिमार्जन हुने भएको छ  । शिक्षा ऐनको आठौं संशोधनसँगै उच्च माध्यमिक शिक्षा परिषद् खारेज भएपछि संघीय संरचनाअनुकूल हुने गरी विद्यालय तहको नयाँ पाठ्यक्रम बनाउन लागिएको हो ।‘संघ, प्रदेश र स्थानीय तहलाई जोड्ने गरी विद्यालय तहको नयाँ पाठ्यक्रम ल्याउन लागेका हौं,’ पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले भने । परिषद् गठन भएको १७ वर्षपछि कक्षा ११ र १२ को पुस्तक परिवर्तन हुन लागेको हो । आगामी साउनमा कक्षा ११ मा भर्ना हुने विद्यार्थीले नयाँ पाठ्यक्रमअनुसार पढ्न पाउनेछन्  । अाजको कान्तिपुरमा खबर छ-सातवटै प्रदेश र सबै स्थानीय तहमा समान गुणस्तरको शिक्षा प्रदान गर्न पाठ्यक्रम संशोधनसहित परिमार्जन गरिने काप्रीले बताए । कक्षा ११–१२ लाई पनि विद्यालय शिक्षामा समायोजन गरिएपछि केन्द्रले नै पाठ्यक्रम बनाउन लागेको हो । प्रारूप बनेपछि देशभरका सामुदायिक र निजी विद्यालयमा सोही पाठ्यक्रमका आधारमा तयार पारिएका पाठ्यपुस्तकबाट पठनपाठन हुनेछ । ‘अहिले एसईई परीक्षाको तयारी गरिरहेका विद्यार्थीले नयाँ पाठ्यक्रमअनुसार पढिरहेका छन्,’ उनले भने, ‘यिनीहरूले कक्षा ११ मा पनि नयाँ पाठ्यक्रमअनुरूपका पुस्तक पढ्न पाउनेछन् ।’ प्रारूप तयार भएलगत्तै कक्षा १ र ११ को पाठ्यपुस्तक परिवर्तन हुनेछ । अन्य कक्षाहरूको पाठ्यपुस्तक भने आगामी वर्षहरूमा क्रमश: परिवर्तन गरिनेछ । कक्षा १–३ मा एकीकृत पाठ्यक्रम प्रणाली लागू गर्ने केन्द्रको तयारी छ । ती कक्षामा अहिलेजस्तो विषय नबनाई एकीकृत ढंगले भाषा र गणित सिकाउने योजना बनाइएको हो । आधारभूत तह कक्षा १–८ र माध्यमिक तह कक्षा ९–१२ लाई आधार बनाएर पाठ्यक्रमको मूल रूपरेखा तयार पार्ने काम भइरहेको छ । केन्द्रका अनुसार विशेषज्ञ खटाई नयाँ पाठ्यक्रम बनाउने काम भइरहेको छ । स्थानीय तहले पनि पाठ्यक्रम निर्माण गर्न सक्ने हुँदा राष्ट्रिय प्रारूपमा अन्तर्राष्ट्रिय, राष्ट्रिय र स्थानीय भाषाका नीतिसमेत तय गरिनेछ । प्रविधिमैत्री शिक्षालाई पाठ्यक्रमले विशेष जोड दिने योजना छ । कक्षा ११–१२ मा पनि अहिलेको जस्तो संकाय प्रणालीमा पाठ्यक्रम हुनेछैन । ‘११ र १२ मा अनिवार्य गणित र विज्ञानको हिस्सा थपेर नेपालको परिचय/अध्ययनमा जोड दिइनेछ, विश्वविद्यालयको पाठ्यक्रमलाई समेत जोड्ने काम हुन्छ,’ काप्रीले भने । मूल्यांकन प्रणाली, सिकाइ क्षमता, पाठ्यभार र विषयहरू निक्र्याेल पाठ्यक्रमले गर्ने केन्द्रले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending