Khabar Dabali २ बैशाख २०८३ बुधबार | 15th April, 2026 Wed

किताब किन्न नहत्तारिनुस, पाठ्यक्रम परिमार्जन हुँदैछ

\"\"काठमाडौं । कक्षा १ देखि १२ सम्मको पाठ्यक्रम परिमार्जन हुने भएको छ  । शिक्षा ऐनको आठौं संशोधनसँगै उच्च माध्यमिक शिक्षा परिषद् खारेज भएपछि संघीय संरचनाअनुकूल हुने गरी विद्यालय तहको नयाँ पाठ्यक्रम बनाउन लागिएको हो ।‘संघ, प्रदेश र स्थानीय तहलाई जोड्ने गरी विद्यालय तहको नयाँ पाठ्यक्रम ल्याउन लागेका हौं,’ पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले भने । परिषद् गठन भएको १७ वर्षपछि कक्षा ११ र १२ को पुस्तक परिवर्तन हुन लागेको हो । आगामी साउनमा कक्षा ११ मा भर्ना हुने विद्यार्थीले नयाँ पाठ्यक्रमअनुसार पढ्न पाउनेछन्  । अाजको कान्तिपुरमा खबर छ-सातवटै प्रदेश र सबै स्थानीय तहमा समान गुणस्तरको शिक्षा प्रदान गर्न पाठ्यक्रम संशोधनसहित परिमार्जन गरिने काप्रीले बताए । कक्षा ११–१२ लाई पनि विद्यालय शिक्षामा समायोजन गरिएपछि केन्द्रले नै पाठ्यक्रम बनाउन लागेको हो । प्रारूप बनेपछि देशभरका सामुदायिक र निजी विद्यालयमा सोही पाठ्यक्रमका आधारमा तयार पारिएका पाठ्यपुस्तकबाट पठनपाठन हुनेछ । ‘अहिले एसईई परीक्षाको तयारी गरिरहेका विद्यार्थीले नयाँ पाठ्यक्रमअनुसार पढिरहेका छन्,’ उनले भने, ‘यिनीहरूले कक्षा ११ मा पनि नयाँ पाठ्यक्रमअनुरूपका पुस्तक पढ्न पाउनेछन् ।’ प्रारूप तयार भएलगत्तै कक्षा १ र ११ को पाठ्यपुस्तक परिवर्तन हुनेछ । अन्य कक्षाहरूको पाठ्यपुस्तक भने आगामी वर्षहरूमा क्रमश: परिवर्तन गरिनेछ । कक्षा १–३ मा एकीकृत पाठ्यक्रम प्रणाली लागू गर्ने केन्द्रको तयारी छ । ती कक्षामा अहिलेजस्तो विषय नबनाई एकीकृत ढंगले भाषा र गणित सिकाउने योजना बनाइएको हो । आधारभूत तह कक्षा १–८ र माध्यमिक तह कक्षा ९–१२ लाई आधार बनाएर पाठ्यक्रमको मूल रूपरेखा तयार पार्ने काम भइरहेको छ । केन्द्रका अनुसार विशेषज्ञ खटाई नयाँ पाठ्यक्रम बनाउने काम भइरहेको छ । स्थानीय तहले पनि पाठ्यक्रम निर्माण गर्न सक्ने हुँदा राष्ट्रिय प्रारूपमा अन्तर्राष्ट्रिय, राष्ट्रिय र स्थानीय भाषाका नीतिसमेत तय गरिनेछ । प्रविधिमैत्री शिक्षालाई पाठ्यक्रमले विशेष जोड दिने योजना छ । कक्षा ११–१२ मा पनि अहिलेको जस्तो संकाय प्रणालीमा पाठ्यक्रम हुनेछैन । ‘११ र १२ मा अनिवार्य गणित र विज्ञानको हिस्सा थपेर नेपालको परिचय/अध्ययनमा जोड दिइनेछ, विश्वविद्यालयको पाठ्यक्रमलाई समेत जोड्ने काम हुन्छ,’ काप्रीले भने । मूल्यांकन प्रणाली, सिकाइ क्षमता, पाठ्यभार र विषयहरू निक्र्याेल पाठ्यक्रमले गर्ने केन्द्रले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending