Khabar Dabali २ बैशाख २०८३ बुधबार | 15th April, 2026 Wed

प्रतिपक्षको रणनीतिः माओवादी फकाउने, एमाले एक्ल्याउने

\"\"काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्तारूढ दल नेकपा एमालेलाई एक्ल्याएर नेकपा माओवादी केन्द्रलाई भने फकाउने रणनीति अवलम्बन गरेको छ । विभिन्न संवैधानिक पदमा एमालेका तर्फबाट बनेका उम्मेदवारलाई निर्विरोध बन्न रोक्दै आएको कांग्रेसले माओवादीका उम्मेदवारलाई भने समर्थन गर्दै आएको छ । आजको राजधानीमा खबर छ-गत मंसिरमा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन तथा राष्ट्रिय सभाको निर्वाचनमा संयुक्त उम्मेदवार दिएर पार्टी एकता प्रक्रिया अघि बढाएका एमाले र माओवादी केन्द्रलाई कांग्रेसले फरक दृष्टि र व्यवहार गरेको छ । दुई दलबीच पार्टी एकता असफल भएको अवस्थामा माओवादीलाई साथ लिएर एमालेलाई एक्ल्याउने रणनीतिका साथ कांग्रेसले माओवादीसँगको सम्बन्धलाई बिगार्न नचाहेको कांग्रेसकै नेताहरू स्वीकार गर्छन् । विभिन्न संवैधानिक पदमा एमालेतर्फका उम्मेदवारलाई कांग्रेसले निर्विरोध हुन दिएको छैन । तर, गठबन्धनकै माओवादीतर्फका उम्मेदवारलाई भने कांग्रेसले निर्विरोध बन्ने अवसर साथै समर्थनसमेत गर्दै आएको छ । गत २६ फागुनमा सम्पन्न सभामुखको निर्वाचनमा माओवादीका तर्फबाट उम्मेदवार बनेका कृष्णबहादुर महरालाई कांग्रेसले समर्थन गरेको थियो । तर, एमालेको भागमा परेको उपसभामुखको निर्वाचनमा कांग्रेसले शिवमाया तुम्बाहाङ्फेलाई उम्मेदवार बनाएकोमा कांग्रेसले पार्टीका तर्फबाट पुष्पा भुसाललाई अघि सारेर उपसभामुख निर्विरोध बन्न दिएन । महरालाई समर्थन गर्दै कांग्रेस नेता मीनेन्द्र रिजालले संसद् साझा थलो भएकाले सर्वसम्मत बनाउन समर्थन गर्ने जनाएका थिए । तर, कांग्रेसले एमालेको भागमा परेको उपसभामुखमा भने उम्मेदवारी दिएर निर्वाचन गर्न बाध्य बनायो । वाम गठबन्धनका कारण उपसभामुखमा पनि तुम्बाहाङ्फे विजयी बनिन् । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा पनि कांग्रेसले एमालेको भागमा परेको उम्मेदवारमा उम्मेदवार उठायो भने माओवादीको भागमा परेको उम्मेदवारीमा निर्विरोध बनाइदिएको छ । एमाले र माओवादी केन्द्रबीच शक्ति बाँडफाँटमा राष्ट्रपति पद आफ्नो भागमा परेपछि एमालेले विद्यादेवीभण्डारीलाई नै राष्ट्रपतिमा दोहो¥याउने निर्णय ग¥यो । कांग्रेसले भने राष्ट्रपतिमा कुमारीलक्ष्मी राईलाई उम्मेदवार बनायो । एमालेको भागमा परेको राष्ट्रपतिका विरुद्ध उम्मेदवारी दिएको कांग्रेसले माओवादी केन्द्रको भागमा परेको उपराष्ट्रपति पदमा भने उम्मेदवारी नै दिएन । शनिबार उपराष्ट्रपति पदका लागि मनोनयनको कार्यतालिका रहेकोमा कांग्रेसले उम्मेदवारी नदिएर निर्विरोध बनाइदिएको छ । माओवादी केन्द्रका तर्फबाट नन्दकिशोर पुन आज (आइतबार) निर्विरोध पुनः उपराष्ट्रपति चुनिँदै छन् । वाम गठबन्धनसँग स्पष्ट बहुमत रहेका कारण कांग्रेस उम्मेदवार पराजित हुने निश्चित हुँदाहुँदै पनि एमाले माओवादी केन्द्र गठबन्धन असफल बनाउन निर्वाचनमा रणनीतिक भूमिका खेलेको वाम गठबन्धनका नेताहरूको दाबी छ । कांग्रेस केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा भने एमाले र माओवादी केन्द्रलाई हेर्ने दृष्टिकोण फरकफरक भए पनि उम्मेदवारीकै हकमा भने त्यो लागू नहुने बताउँछन् । राष्ट्रपति दलीय स्वार्थभन्दा माथि उठ्न नसकेको तथा दुई दल एउटै हुने प्रक्रियामा रहेकाले उपसभामुख एउटै दलको नहोस् भनेर उम्मेदवारी दिएको उनको भनाइ छ । ‘नरम भएर हामीले माओवादीका उम्मेदवारविरुद्धमा उम्मेदवारी नदिएको त भन्न मिल्दैन,’ उनले भने, ‘तर एमाले हाम्रो मुख्य प्रतिस्पर्धी दल हो भने ठूलो पार्टी भएर उसले जे भूमिका निभाउनुपर्ने हो, त्यो उल्लंघन गरेको छ ।’ उनले फकाउने र एक्ल्याउने खेलमा लागेको भए माओवादी केन्द्रका तर्फबाट उम्मेदवारी परेको राष्ट्रिय सभा उपाध्यक्षमा पनि पार्टीको उम्मेदवारी नपर्ने बताउँछन् । कांग्रेसले एमालेले उम्मेदवारी दिएको राष्ट्रिय सभा अध्यक्षमा भने उम्मेदवारी दिएको थिएन । प्रदेश सरकार र केन्द्रीय सरकारसमेत संयुक्त रूपमा बनाएका वाम दुई दलले चैतभित्रै पार्टी एकता घोषणा गर्ने तयारी गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending