Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

प्रतिपक्षको रणनीतिः माओवादी फकाउने, एमाले एक्ल्याउने

\"\"काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्तारूढ दल नेकपा एमालेलाई एक्ल्याएर नेकपा माओवादी केन्द्रलाई भने फकाउने रणनीति अवलम्बन गरेको छ । विभिन्न संवैधानिक पदमा एमालेका तर्फबाट बनेका उम्मेदवारलाई निर्विरोध बन्न रोक्दै आएको कांग्रेसले माओवादीका उम्मेदवारलाई भने समर्थन गर्दै आएको छ । आजको राजधानीमा खबर छ-गत मंसिरमा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन तथा राष्ट्रिय सभाको निर्वाचनमा संयुक्त उम्मेदवार दिएर पार्टी एकता प्रक्रिया अघि बढाएका एमाले र माओवादी केन्द्रलाई कांग्रेसले फरक दृष्टि र व्यवहार गरेको छ । दुई दलबीच पार्टी एकता असफल भएको अवस्थामा माओवादीलाई साथ लिएर एमालेलाई एक्ल्याउने रणनीतिका साथ कांग्रेसले माओवादीसँगको सम्बन्धलाई बिगार्न नचाहेको कांग्रेसकै नेताहरू स्वीकार गर्छन् । विभिन्न संवैधानिक पदमा एमालेतर्फका उम्मेदवारलाई कांग्रेसले निर्विरोध हुन दिएको छैन । तर, गठबन्धनकै माओवादीतर्फका उम्मेदवारलाई भने कांग्रेसले निर्विरोध बन्ने अवसर साथै समर्थनसमेत गर्दै आएको छ । गत २६ फागुनमा सम्पन्न सभामुखको निर्वाचनमा माओवादीका तर्फबाट उम्मेदवार बनेका कृष्णबहादुर महरालाई कांग्रेसले समर्थन गरेको थियो । तर, एमालेको भागमा परेको उपसभामुखको निर्वाचनमा कांग्रेसले शिवमाया तुम्बाहाङ्फेलाई उम्मेदवार बनाएकोमा कांग्रेसले पार्टीका तर्फबाट पुष्पा भुसाललाई अघि सारेर उपसभामुख निर्विरोध बन्न दिएन । महरालाई समर्थन गर्दै कांग्रेस नेता मीनेन्द्र रिजालले संसद् साझा थलो भएकाले सर्वसम्मत बनाउन समर्थन गर्ने जनाएका थिए । तर, कांग्रेसले एमालेको भागमा परेको उपसभामुखमा भने उम्मेदवारी दिएर निर्वाचन गर्न बाध्य बनायो । वाम गठबन्धनका कारण उपसभामुखमा पनि तुम्बाहाङ्फे विजयी बनिन् । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा पनि कांग्रेसले एमालेको भागमा परेको उम्मेदवारमा उम्मेदवार उठायो भने माओवादीको भागमा परेको उम्मेदवारीमा निर्विरोध बनाइदिएको छ । एमाले र माओवादी केन्द्रबीच शक्ति बाँडफाँटमा राष्ट्रपति पद आफ्नो भागमा परेपछि एमालेले विद्यादेवीभण्डारीलाई नै राष्ट्रपतिमा दोहो¥याउने निर्णय ग¥यो । कांग्रेसले भने राष्ट्रपतिमा कुमारीलक्ष्मी राईलाई उम्मेदवार बनायो । एमालेको भागमा परेको राष्ट्रपतिका विरुद्ध उम्मेदवारी दिएको कांग्रेसले माओवादी केन्द्रको भागमा परेको उपराष्ट्रपति पदमा भने उम्मेदवारी नै दिएन । शनिबार उपराष्ट्रपति पदका लागि मनोनयनको कार्यतालिका रहेकोमा कांग्रेसले उम्मेदवारी नदिएर निर्विरोध बनाइदिएको छ । माओवादी केन्द्रका तर्फबाट नन्दकिशोर पुन आज (आइतबार) निर्विरोध पुनः उपराष्ट्रपति चुनिँदै छन् । वाम गठबन्धनसँग स्पष्ट बहुमत रहेका कारण कांग्रेस उम्मेदवार पराजित हुने निश्चित हुँदाहुँदै पनि एमाले माओवादी केन्द्र गठबन्धन असफल बनाउन निर्वाचनमा रणनीतिक भूमिका खेलेको वाम गठबन्धनका नेताहरूको दाबी छ । कांग्रेस केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा भने एमाले र माओवादी केन्द्रलाई हेर्ने दृष्टिकोण फरकफरक भए पनि उम्मेदवारीकै हकमा भने त्यो लागू नहुने बताउँछन् । राष्ट्रपति दलीय स्वार्थभन्दा माथि उठ्न नसकेको तथा दुई दल एउटै हुने प्रक्रियामा रहेकाले उपसभामुख एउटै दलको नहोस् भनेर उम्मेदवारी दिएको उनको भनाइ छ । ‘नरम भएर हामीले माओवादीका उम्मेदवारविरुद्धमा उम्मेदवारी नदिएको त भन्न मिल्दैन,’ उनले भने, ‘तर एमाले हाम्रो मुख्य प्रतिस्पर्धी दल हो भने ठूलो पार्टी भएर उसले जे भूमिका निभाउनुपर्ने हो, त्यो उल्लंघन गरेको छ ।’ उनले फकाउने र एक्ल्याउने खेलमा लागेको भए माओवादी केन्द्रका तर्फबाट उम्मेदवारी परेको राष्ट्रिय सभा उपाध्यक्षमा पनि पार्टीको उम्मेदवारी नपर्ने बताउँछन् । कांग्रेसले एमालेले उम्मेदवारी दिएको राष्ट्रिय सभा अध्यक्षमा भने उम्मेदवारी दिएको थिएन । प्रदेश सरकार र केन्द्रीय सरकारसमेत संयुक्त रूपमा बनाएका वाम दुई दलले चैतभित्रै पार्टी एकता घोषणा गर्ने तयारी गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending