Khabar Dabali २ बैशाख २०८३ बुधबार | 15th April, 2026 Wed

जनप्रतिनिधिलाई विप्लवको उर्दी: राजीनामा देऊ, जनसरकार बनाउँछौँ

\"\"काठमाडाैं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्नियुष्ट पार्टीले जाजरकोटका जनप्रतिनिधिलाई राजीनामा गर्न उर्दी जारी गरेको छ । भेरी–कर्णाली स्वायत्त प्रदेश जिल्ला जनपरिष्दको लेटर प्याडमा पत्र काट्दै राजीनामाको माग गरिएको हो । जिल्ला जनपरिषदका अध्यक्ष हरिचन्द्र जैसी अनुकूलद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘सिंहदरबारदेखि स्थानीय गाउँ टोलसम्म भष्टाचारी, कालोबजारी तथा सामाजिक दलाली, गुण्डागर्दी, लुटपाट, आतङ्क तपार्इँ र तपाईँको सरकारको प्राथमिकतामा रहेको स्पष्ट छ । आफैँ सरकार प्रमुख, आफैँ ठेकेदार र आफै व्यवसायी तपाईँहरूको चरित्र हो । यस्तो अवस्थामा जनताले राज्यबाट सेवा सुविधा पाउने भन्दा झन् प्रताडित बनाउने काम भएको छ ।’ अाजको अन्नपूर्णमा खबर छ-‘मुलुकभर जनताको सरकार स्थापित गरेर जनताको सेवा, राष्ट्रिय स्वाधीनता, सामाजिक सुरक्षासहितको विकास र समृद्धिको आधार तय गर्नका लागि तपाईँले आफ्नो पदबाट राजीनामा दिई जनताको सरकारलाई सहयोग गर्न विनम्र आग्रह गर्दछौँ । अन्याथा उत्पन्न हुने परिस्थितिको जिम्मेवार तपाईँ आफै हुनु पर्नेछ’, पत्रमा अगाडि भनिएको छ । नेकपाले गठन गरेको जिल्ला जनपरिषद्ले जाजरकोटका सात ओटै तहका प्रमुखहरूलाई पत्र लेखेर राजीनामा गर्न आग्रह गरेको नेकपाका जिल्ला इन्चार्ज प्रेम बलि धमिलाले बताए । उनले वडास्तरका सबै जनप्रतिनिधिलाई राजीनामा गर्न लगाएर जनसरकार चलाउने गरी देशैभर अभियान थाल्ने योजना रहेको बताए । नेकपाले अहिले जनसरकार र जनअदालत स्थापना गरेर काम थालिसकेका छन् । उनीहरूले भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्ती, नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावल, छेडागाड नगरपालिकाका प्रमुख लालबहादुर महतारा, बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्र शाह, कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेत, जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसी र शिवालय गाउँपालिकाका अध्यक्ष नरेन्द्र शाहीलाई राजीनामा गर्न लिखित पत्र बुझाएका हुन् । राजीनामाको पत्र आएसँगै स्थानीय तहका जनप्रतिनिधि असुरक्षित महसुस गर्न थालेका छन् । उनीहरूले सरकारसँग सुरक्षाको माग गरेका छन् । तत्कालीन विद्रोही माओवादीले सञ्चालन गरेको जनयुद्धको झल्को दिने गरी काटिएको पत्रले जनप्रतिनिधि त्रसित बनेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending