Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

गृहमन्त्रीको निर्देशन लगत्तै एकै दिन समातिए ५१ सरकारी गाडी

\"\"काठमाडाैं । ट्राफिक प्रहरीले शनिबार काठमाडौंका विभिन्न सडकबाट ५१ वटा सरकारी सवारीसाधन नियन्त्रणमा लिएको छ । सार्वजनिक बिदाका दिन पनि दुरुपयोग गरी चलाइएका सरकारी सवारीसाधन नियन्त्रणमा लिइएको हो । गृहमन्त्री रामबहादुर थापा बादलले सरकारी सवारीसाधन दुरुपयोग गरेको भेटिए ठाउँको ठाउँ कब्जामा लिन शुक्रबार ट्राफिक प्रहरीलाई निर्देशन दिएपछि शनिबारबाटै कारबाही अघि बढेको हो । शनिबार २० चारपांग्रे गाडी र ३१ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दियो । बिदाका दिन पनि सरकारी सवारीसाधन निजी प्रयोजनमा प्रयोग हुने गरेको सूचना प्राप्त भएपछि गृहमन्त्री थापाले शुक्रबार साँझ महाशाखाका प्रमुख डिआइजी सर्वेन्द्र खनाललाई त्यस्ता सवारीसाधन नियन्त्रणमा लिन निर्देशन दिएका थिए । शनिबार नियन्त्रणमा लिइएका सवारीसाधन स्वास्थ्य, सूचना तथा सञ्चार, कृषि विकास र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका छन् । यसबाहेक नगरपालिकाका गाडी तथा मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ । महाशाखाका सहप्रवक्ता डिएसपी मुकुन्द मरासिनीले सरकारी बिदामा दुरुपयोग गरिएका गाडी शनिबारबाट नियन्त्रणमा लिन सुरु गरिएको बताए । उनले भने, ‘सरकारी सवारीसाधन बिदाका दिन पनि चलाइएको सूचना आयो । यो अख्तियारको दुरुपयोग हो । यसलाई नियन्त्रण गरिनु आवश्यक देखियो । यस सम्बन्धमा छलफल भयो र नियन्त्रण अभियान सुरु गरियो ।’ ट्राफिक प्रहरीले पास लिएर चलाइएका सरकारी गाडी तथा मोटरसाइकललाई भने जाँचबुझपछि छाडिदिएको छ । सार्वजनिक बिदाका दिन मन्त्रालयको गाडी तथा मोटरसाइकल चलाउन सम्बन्धित मन्त्रालयका सचिवको अनुमति चाहिन्छ । सरकारमातहतका संस्था, निगम, प्राधिकरण, प्रतिष्ठान, आयोगका गाडी तथा मोटरसाइकल चलाउन सम्बन्धित संस्था प्रमुखको अनुमति आवश्यक पर्छ । त्यस्तै, सरकारका विभाग, महाशाखा, शाखा, जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समितिलगायत सरकारी कार्यालयको गाडी तथा मोटरसाइकल चलाउन पनि प्रमुख वा प्रमुखले अख्तियारी दिएको अधिकारीको अनुमति चाहिन्छ । त्यसबाहेक कसैले गाडी तथा मोटरसाइकल चलाए अख्तियारको दुरुपयोग ठहरिन्छ । महाशाखाका डिएसपी मरासिनीले भने, ‘बिदाका दिन अनुमति लिएर सवारीसाधन चलाउन पाइन्छ । अनुमति नलिई कसैले चलायो भने अख्तियारको दुरुपयोग हो । शनिबार पनि अनुमति लिएर चलाइएका सावरीसाधन छाडिएका छन् । जसले विनाअनुमति चलाएको छ । त्यसलाई समातिएको छ ।’ महाशाखाका अनुसार बिदाका दिन चलाइने सरकारी सवारीसाधनलाई नियन्त्रण गर्ने अभियान निरन्तर चल्नेछ । नियन्त्रणमा लिइएका सवारीसाधनका चालकलाई नियमअनुसार कारबाही तथा आवश्यक जरिवाना गरिनेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending