Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

सांसदको मोबाइल मोहः संसद् बैठकमै अलमलिन्छन्

\"\"काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा यूएस बंगला विमान दुर्घटनाका दिवंगतप्रति शोक व्यक्त गर्न मौनधारण चलिरहेको थियो । त्यति नै बेला कांग्रेस सांसद मोहम्मद अफ्ताब आलमको मोबाइलको घन्टी बज्न थाल्यो । उनले फोन काटे तर पनि बज्न छाडेन  ।प्रधानमन्त्री केपी ओलीले संसद्लाई सरकारले दुर्घटनाका घाइतेको उद्धार र उपचारमा गरेको प्रगति सुनाइरहँदा पनि सत्तापक्ष र विपक्षी सांसदको मोबाइल बजिरहेकै थियो । अाजको कान्तिपुरमा खबर छ-कतिपय सांसद मोबाइलमै फेसबुक र अन्य अनलाइन साइट चलाइरहेका थिए । एमाले सांसद मुकुन्द न्यौपाने संसद् प्रवेश गरेदेखि अन्तिमसम्मै मोबाइलमै घोत्लिरहेका देखिन्थे । सभामुखको ठीक अघिल्लो भागमा रहेको सत्तापक्षको दोस्रो पंक्तिमा सुरेन्द्र पाण्डेसँगै बसेका थिए उनी । सँगै बसेका अरू सांसदको ध्यान पनि मोबाइलमै थियो । बैठक चलिरहँदा पाल्पाका सांसद सोमप्रसाद पाण्डेले मोबाइलमा के देखे भनी हेर्न सँगै बसेका रवीन्द्र अधिकारी र पार्वत गुरुङबीच हानथाप नै चल्यो । \"\" शुक्रबारको बैठकका कार्यसूची प्रधानमन्त्रीबाट सार्वजनिक महत्त्वको वक्तव्य र उपसभामुख निर्वाचन थिए । तर, उपस्थित २ सय ६१ सांसदमध्ये सत्तापक्षकाको ध्यान को–को मन्त्री बन्दै छ भन्नेमा केन्द्रित थियो । उनीहरू मोबाइलमा यिनै विषयका समाचार हेर्न व्यस्त थिए । उपसभामुख निर्वाचनको नतिजा आउन बाँकी थियो । सत्तापक्षको पछिल्लो पंक्तिबाट सांसद रामकुमारी चौधरी माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालनजिक पुगिन् र उनलाई मोबाइलमा केही देखाइन् । दाहालले मोबाइल हेरेर टाउको हल्लाए । त्यसपछि उनी आफ्नै कुर्सीमा फर्कंदा सबैले हात मिलाएर बधाई दिए । शुक्रबारै साँझ भएको मन्त्रिपरिषद् विस्तारमा चौधरीले कृषि राज्यमन्त्रीका रूपमा शपथ लिइन् । सत्तापक्षको अघिल्लो पंक्तिमा रहेका भीम रावल ट्याब्लेट चलाउन व्यस्त थिए भने प्रदीप ज्ञवाली मोबाइलमा । परराष्ट्रमन्त्री बन्ने पक्का भएपछि दौरा–सुरुवाल लगाएर उपसभामुख निर्वाचनमा पुगेका ज्ञवाली घरी मोबाइलमा केही नियाल्थे त घरी कसैलाई ‘कल’ गर्थे । \"\" बैठक चलिरहँदा प्रधानमन्त्री ओली र महिला, बालबालिका तथा समाजकल्याणमन्त्री थममाया थापा पनि मोबाइल प्रयोग गरिरहेका थिए । यस्ता क्रियाकलापले संसद् बैठक नभएर कुनै अनौपचारिक जमघटको झल्को दिइरहेको थियो । सांसदहरू बाध्यताले उपसभामुख निर्वाचनमा बस्नुपरेझैं देखिन्थे । उनीहरूको ध्यान बैठकभन्दा मोबाइलमै केन्द्रित थियो । संसद्मा मोबाइल चलाउनु प्रतिनिधिसभाको अन्तरिम सभा कार्यविधिविपरीत हो । कार्यविधिको नियम १४ अन्तर्गत सांसदले पालना गर्नुपर्ने नियमको (ञ) मा बैठक कक्षमा मोबाइल फोन तथा अन्य कुनै विद्युतीय उपकरण प्रयोग गर्न नहुने उल्लेख छ । सत्तापक्ष र विपक्षी दलका शीर्ष नेता, मन्त्रीहरूले नै मोबाइल चलाएपछि अन्य सांसदले समेत नियम मान्न छाडेका छन् । पहिलो र दोस्रो बैठकमा अनुशासित देखिएका सांसद पछिल्लो बैठकमा भने सभातर्फ पीठ फर्काएर कुराकानी गरिरहेका समेत भेटिए । संसद्मा उनीहरू मोबाइल स्विचअफ त गर्दैनन् नै, साइलेन्स मोडमा समेत राख्दैनन् । बरु बैठक चलिरहेकै बेला हाकाहाकी कल ‘रिसिभ’ गर्छन् । \"\" संसद् बैठक बस्नुअघि माओवादी केन्द्र र एमाले सांसदलाई प्रशिक्षण दिँदै पूर्वसभामुख सुवास नेम्वाङले बैठकमा मोबाइल नचलाउन आग्रह गरेका थिए । तर, संसद्मा मोबाइल चलाउनेमा यिनै दुई पार्टीका सांसद अगाडि छन् । संसद् सचिवालयको कार्य व्यवस्थाका एक कर्मचारीले सांसदले आफैंले पारित गरेको नियम मिचेर बैठकमा ‘आफ्नो हैसियत बैठकमा प्रस्तुत गरेको’ टिप्पणी गरे । ‘के गर्ने, के नगर्ने भन्ने नियम उहाँहरूले नै पारित गर्नुभएको हो,’ ती कर्मचारीले भने, ‘बैठक चलिरहँदा निदाउने, अमर्यादित व्यवहार गर्ने, मोबाइल चलाएका दृश्य टीभीमा जनताले पनि हेरिरहेका हुन्छन् ।’ सचिवालयका अर्का कर्मचारीले भने, ‘बैठकमा नियमविपरीत काम नगर्न हामीले भन्नुभन्दा जनताले नै उहाँहरूको मूल्यांकन गर्छन् ।’ \"\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending