Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

भारतीय परिवारकै नेपाली नागरिकता

\"\"काठमाडाैं । एक भारतीय परिवारले झुटो विवरण पेस गरी जिल्ला प्रशासन कार्यालय मोरङबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएको छ । भारतको अररिया जोगबनी नगरपञ्चायत–१० का स्व.गजेन्द्र साहकी ६१ वर्षीया पत्नी पार्वतीदेवी साह, छोरा सन्तोषकुमार साह, नरेशकुमार साह, धीरेन्द्रकुमार साह र बुहारी (नरेशकी पत्नी) रिङ्कीदेवी साहले नेपाली नागरिकता लिएका हुन्। आजको अन्नपूर्ण पोष्टमा खबर छ-विराटनगर–१६, दरैयामा बस्दै आएका पार्वतीका छोरा सन्तोषलाई इलाका प्रहरी कार्यालय रानीले पक्राउ गरेपछि नागरिकताको रहस्य खुलेको हो। उनको साथबाट भारतीय नागरिक प्रमाणित हुने परिचयपत्र र नेपाली नागरिकता तथा मतदाता परिचयपत्र बरामद भएको इप्रका रानीका प्रहरी निरीक्षक सन्तोष निरौलाले बताए। प्रहरीले नागरिकतासम्बन्धी कसुरमा अनुसन्धान गर्न सन्तोषको म्याद थप गरेको छ। निरौलाले भने, ‘परिवारका अन्य सदस्य भने अझै पक्राउ परेका छैनन्।’ नागरिकता बनेसँगै यो परिवारका सदस्यले नेपालमै जग्गा किनेर व्यापार गरिरहेको प्रहरीले फेला पारेको छ। छोराहरूका नाममा जारी भएको नेपाली नागरिकतामा बुबा भनेर गजेन्द्रको नाम उल्लेख भएका कारण उनले पनि नेपाली नागरिकता लिएको हुन सक्ने प्रहरीको भनाइ छ। प्रहरीले गजेन्द्रको मृत्यु भइसकेका कारण थप कुरा अनुसन्धानपछि मात्रै खुल्ने बताएको छ। सन्तोषले सन् २००३ जनवरी २ तारिखमा बिहार अररिया जिल्लाको फारबिसगन्ज इन्द्रनगर– ४ बाट भारतीय नागरिक प्रमाणित हुने परिचयपत्र प्राप्त गरेका थिए। त्यसको नम्बर जीवाईक्यू ११५१९७६ हो। उनीसँग भारतीय मतदाता परिचयपत्र पनि छ। यसमा पनि बुबाको नाम स्व.गजेन्द्र साह उल्लेख छ। सन्तोषले ०६४ साल जेठ १३ गते मोरङ जिल्ला प्रशासन कार्यालयबाट जन्मको आधारमा लिएको ९१ नम्बरको नागरिकतामा जन्ममिति ०३४ चैत १५ गते उल्लेख छ। यसमा बुबाको नाम स्व. गजेन्द्र साह उल्लेख छ भने प्रशासकीय अधिकृत पर्वप्रसाद सापकोटाले हस्ताक्षर गरेका छन्। नेपाली नागरिकतामा ४० वर्ष उमेर देखिएका सन्तोषकी पत्नी पुनमदेवीको साथबाट भने नेपाली नागरिकता फेला नपरेको प्रहरीले जनाएको छ। उनी भारतीय नागरिक नै भएको देखिन आएको प्रनि निरौलाले बताए। सन्तोष जेठा, नरेश माइला र धीरेन्द्र कान्छा छोरा हुन्। तर, उनीहरूले लिएको भारतीय नागरिक भएको प्रमाणित हुने परिचयपत्रमा भने नरेशको उमेर बढी छ। सन्तोषको उमेर ३७ वर्ष र नरेशको ३८ वर्ष उल्लेख छ। परिचयपत्रअनुसार सन्तोषभन्दा नरेश एक वर्ष जेठो रहेको ठहरिन्छ। धीरेन्द्रको उमेर ३३ वर्ष छ। नरेशले सन् १९८० जनवरी १ तारिख जन्ममिति राखेर ३६३५९९१२९९५६ नम्बरको भारतीय परिचयपत्र लिएका छन्। जसमा बुबाको नाम गजेन्द्र नै उल्लेख छ। प्रनि निरौलाका अनुसार सन्तोष र नरेशले एकैदिन अर्थात् ०६४ जेठ १३ गते नेपाली नागरिकताको प्रमाणपत्र मोरङबाट लिएको प्रमाण फेला परेको छ। सन्तोषले ९१ र नरेशले ९२ नम्बरको नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका हुन्। नरेशकी पत्नी ३४ वर्षीय रिंकीदेवी साहले लिएको नेपाली नागरिकताको प्रमाणपत्र र मतदाता परिचयपत्रमा समेत पतिको नाम नरेश नै उल्लेख छ। रिंकीदेवीले भने १६६८९७७९ नम्बरको नेपाली मतदाता परिचयपत्र र १४२५४ नम्बरको नेपाली नागरिकताको प्रमाणपत्र लिएको फेला परेको जानकारी निरौलाले दिए। उनको नाममा सन् २०१० जुन १५ तारिखमा जारी भएको टीएफएस ०७७१३५२ नम्बरको भारतीय नागरिक प्रमाणित हुने परिचयपत्र फेला परेको छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending