Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

सिंहदरबार पुगे नयाँ मन्त्री: ओली सरकार २२ सदस्यीय, अझै तीन मन्त्री थप्न बाँकी

\"\"काठमाडाैं । प्रधानमन्त्री केपी ओलीले तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । मौजुदा मन्त्रिपरिषद्मा एमालेबाट ९ र माओवादी केन्द्रबाट ६ सहित १५ जना सहभागी गराउँदै प्रधानमन्त्री ओलीले शुक्रबार तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् । अाजको नयाँ पत्रिकामा खबर छ-एमालेबाट ६ मन्त्री र ३ राज्यमन्त्री तथा माओवादीबाट ५ मन्त्री र १ राज्यमन्त्री बनेका छन् । तेस्रो विस्तारसँगै मन्त्रिपरिषद् २२ सदस्यीय पुगेको छ । नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमसँग परामर्श गरेर प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्मा पार्टीभित्रको आन्तरिक समीकरणलाई पनि सम्बोधन गर्ने प्रयास गरेका छन् । एमालेबाट ३ दोहोरिए, ६ मन्त्री नयाँ अनुहार एमालेबाट सचिवद्वय प्रदीप ज्ञवाली परराष्ट्र, गोकर्ण विष्ट श्रम तथा रोजगार, केन्द्रीय सदस्य रघुवीर महासेठ भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेका छन् । तीनै नेता दोस्रोपटक मन्त्री बनेका हुन् । गुल्मीबाट निर्वाचित ज्ञवाली यसअघि पर्यटन र विष्ट ऊर्जा तथा धनुषाबाट निर्वाचित महासेठ सिँचाइमन्त्री बनेका थिए । ओली नेतृत्वको मन्त्रिपरिषद्मा एमालेबाट ३ मन्त्रीले पहिलोपटक अवसर पाएका छन् । पोलिटब्युरो सदस्य जगत विश्वकर्मा युवा तथा खेलकुद, केन्द्रीय सदस्य शेरबहादुर तामाङ कानुन तथा न्याय र अर्का केन्द्रीय सदस्य रवीन्द्र अधिकारी पर्यटनमन्त्री बनेका हुन् । तामाङ सिन्धुपाल्चोक, अधिकारी र विश्वकर्मा कास्कीबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । त्यस्तै, राज्यमन्त्रीहरूमा काभ्रेबाट निर्वाचित गोकुल बाँस्कोटाले सञ्चार, स्याङ्जाबाट निर्वाचित पद्मा अर्यालले स्वास्थ्य र डोल्पाबाट निर्वाचित धनबहादुर बुढाले पर्यटन मन्त्रालयको जिम्मा पाएका हुन् । सञ्चारमन्त्री नियुक्त नभएकाले बाँस्कोटाले नै मन्त्रालयको कार्यभार सम्हाल्दै क्याबिनेट सदस्यकै हैसियतमा प्रतिनिधित्व गर्नेछन् । दुई जिल्लाबाट चार मन्त्री, प्रदेश ७ शून्य एमालेले समावेशिता सुनिश्चित हुने गरी मन्त्रीहरूको चयन गर्न खोजे पनि प्रदेश ७ बाट भने एकजना पनि परेनन् । जब कि यो प्रदेशबाट प्रेम आलेमगर, गणेशसिंह ठगुन्ना र नारदमुनी राना थारू मन्त्रीको दौडमा थिए । एमालेले दुई जिल्लाबाट दुई–दुईजनालाई मन्त्री बनाएको छ । गुल्मीबाट ज्ञवाली र विष्ट तथा कास्कीबाट अधिकारी र विश्वकर्मा मन्त्री बनेका छन् । भट्टराई मन्त्री बन्न नपाएका एक्ला पदाधिकारी, ढकाल पनि अटाएनन् मन्त्री बन्ने चर्चामा रहेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराई र पोलिटब्युरो सदस्य भानुभक्त ढकाल विस्तारित मन्त्रिपरिषद्मा अटाएनन् । भट्टराई र ढकाल कुनै वेला अनेरास्ववियुमा एउटै कार्यकालमा अध्यक्ष र महासचिव थिए । पार्टीमा प्रभावशाली संगठक र कुशल वक्ताको व्यक्तित्व बनाएका सचिव भट्टराईलाई गत मंसिरमा चुनावी प्रचारका क्रममा प्रधानमन्त्री ओली चुनाव जिते मन्त्री बनाउने वचन दिएका थिए । ताप्लेजुङको चुनावी अभियानमै उनले जनताले जिताएर पठाए, आफूले योगेशलाई मन्त्री बनाउने बताएका थिए । प्रधानमन्त्री ओलीनिकट ढकाल पनि प्रभावशाली नेता मानिन्छन् । नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, सुवास नेम्वाङलगायतले यी दुईलाई मन्त्री बनाउन प्रधानमन्त्री ओलीलाई सुझाब दिएका थिए । त्यस्तै, मन्त्रीको प्रतिस्पर्धामा रहेका केन्द्रीय सदस्यहरू पार्वत गुरुङ, कृष्णगोपाल श्रेष्ठ, यज्ञराज सुनुवारले पनि अवसर पाएनन् । नेम्वाङको प्रस्ताव प्रधानमन्त्रीद्वारा अस्वीकार प्रधानमन्त्री केपी ओलीले नेता सुवास नेम्वाङको प्रस्ताव अस्वीकार गरेका छन् । पाँचथरबाट प्रत्यक्षमा निर्वाचित वसन्त नेम्वाङलाई कानुनमन्त्री बनाउन प्रस्ताव लिएर शुक्रबार बालुवाटार पुगेका नेता नेम्वाङको प्रस्ताव प्रधानमन्त्री ओलीले अस्वीकार गरेका हुन् । ‘बरु तपाईं नै कानुनमन्त्री बन्नुस्, पोर्टफोलियो मिलाउँला,’ प्रधानमन्त्री–नेम्वाङ संवाद उद्धृत गर्दै निकट स्रोतले भन्यो, ‘त्यसपछि उहाँ बालुवाटारबाट बाहिरिनुभयो ।’ भेटमा नेम्वाङले ‘मेरो एकजनालाई मन्त्री बनाउनुप¥यो’ भनेर आग्रह गरेलगत्तै प्रधानमन्त्रीले नाम बताउन भनेका थिए । तर, नेम्वाङको प्रस्ताव सुन्नेबित्तिकै अस्वीकार गरेका प्रधानमन्त्रीले उनैलाई मन्त्री बन्न प्रस्ताव गरेका थिए । बालुवाटारबाट फर्किएलगत्तै नेम्वाङले निकटस्थहरूसँग आफू कानुनमन्त्री बन्न लागेको प्रचार शतप्रतिशत झुटो भएको दाबी गरेका थिए । खनाल भन्छन्– मन्त्रिपरिषद् सन्तुलित एमाले वरिष्ठ नेता झलनाथ खनालले पार्टीबाट सरकारमा राम्रै व्यक्ति छनोट भएको भन्दै मन्त्रिपरिषद् सन्तुलित रहेको बताए । उनले स्थायी कमिटीको निर्णयअनुसार आफूसँगको परामर्शमै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तार गरेको पनि स्पष्ट पारे । ‘मोटामोटी रूपम राम्रै साथीहरूको छनोट भएको छ, त्यसैले मन्त्रिपरिषद् ठीकै मात्र होइन, सन्तुलित पनि छ,’ खनालले भने, ‘तर, मसहितका केहीले योगेश भट्टराई कमरेडलाई समेट्नुपर्छ भनेका थियौँ, उहाँ पर्दा अझ राम्रो हुन्छ भन्ने लागेको पनि थियो, तर पर्न सक्नुभएन, तैपनि मन्त्रिपरिषद् राम्रो छ ।’ पण्डितलाई पुरानै मन्त्रालय जनसंख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारीमा रहेका लालबाबु पण्डितको जिम्मेवारी हेरफेर भएको छ । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको सरकारमा सामान्य प्रशासनमन्त्री बनेका पण्डितलाई अहिले पनि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीकै जिम्मेवारी दिइएको छ । एमालेबाट थपिएका मन्त्री तथा राज्यमन्त्री प्रदीप ज्ञवाली – परराष्ट्र गोकर्ण विष्ट – श्रम तथा रोजगार शेरबहादुर तामाङ – कानुन तथा न्याय रघुवीर महासेठ – भौतिक पूर्वाधार तथा यातायात रवीन्द्र अधिकारी – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन जगतबहादुर विश्वकर्मा – युवा तथा खेलकुद लालबाबु पण्डित – संघीय मामिला तथा सामान्य प्रशासन (जिम्मेवारी हेरफेर) राज्यमन्त्री गोकुल बाँस्कोटा – सञ्चार तथा सूचना प्रविधि पद्मा अर्याल – स्वास्थ तथा जनसंख्या धनबहादुर बुढा – पयर्टन माओवादीबाट थपिएका मन्त्री गिरिराजमणि पोखरेल – शिक्षा वर्षमान पुन – ऊर्जा, जलस्रोत तथा सिँचाइ चक्रपाणि खनाल बलदेव – कृषि, भूमि व्यवस्था तथा सहकारी शक्ति बस्नेत – वन तथा वातावरण विना मगर – खानेपानी राज्यमन्त्री रामकुमारी चौधरी – कृषि, भूमि व्यवस्था तथा सहकारी माओवादीबाट राज्यमन्त्रीसहित ६ गए, २ नयाँ अनुहार ओली सरकारमा माओवादीबाट राज्यमन्त्रीसहित ६ मन्त्रीले शपथ लिएका छन् । शक्तिबहादुर बस्नेत वन तथा वातावरण, वर्षमान पुन जलस्रोत तथा ऊर्जा, गिरिराजमणि पोखरेल शिक्षा, विज्ञान प्रविधि, चक्रपाणि खनाल कृषि, भूमि व्यवस्थापन तथा सहकारी र विना मगर खानेपानीमन्त्री बनेका छन् । रामकुमारी चौधरी कृषि राज्यमन्त्री बनेकी छिन् । खनाल र मगरलाई पहिलो अवसर मन्त्री चक्रपाणि खनाल र विना मगर पहिलोपटक मन्त्री बनेका हुन् । उनीहरूको संसद्मा पनि पहिलो उपस्थिति हो । दोस्रो संविधानसभामा दुवैजना पराजित भएका थिए । खनाल माओवादी युद्धमा सैन्य क्षेत्रमा लामो समय काम गरेका, तर शान्तिप्रक्रियामा आएपछि अवसर नपाउने नेतामा पर्छन् । मगर अध्यक्ष प्रचण्डकी बुहारी हुन् । पाचौँपटक मन्त्री बने पोखरेल शिक्षा, युवा तथा खेलकुदमन्त्री गिरिराजमणि पोखरेललाई पाँचौँ अवसर मिलेको छ । पोखरेल यसअघि चारपटक मन्त्री बनिसकेका नेता हुन् । माओवादीबाट सत्तामा धेरै अवसर पाउने निकै कम नेतामा उनी पर्छन् । उनी ०६३ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकार, ०६५ मा प्रचण्ड नेतृत्वको सरकार, ०७२ केपी ओली नेतृत्वको सरकार र ०७४ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री बनेका थिए । पुन र बस्नेत तेस्रोपटक मन्त्री ऊर्जामन्त्री वर्षमान पुन र वनमन्त्री शक्तिबहादुर बस्नेत तेस्रोपटक सत्तामा उक्लिएका हुन् । ०६७ मा झलनाथ खनाल नेतृत्वको सरकारमा शान्ति तथा पुनर्निर्माण मन्त्रालय सम्हालेका उनी ०६८ मा डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा अर्थमन्त्री बनेका थिए । बस्नेत भने ०६७ मा झलनाथ खनाल नेतृत्वको सरकारमा स्वास्थ्यमन्त्री र ०७२ मा केपी ओली नेतृत्वको सरकारमा गृहमन्त्री थिए ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending