Khabar Dabali २ बैशाख २०८३ बुधबार | 15th April, 2026 Wed

डेढ अर्बको बैंक घोटाला १३ पक्राउ, ४० भन्दा धेरै फरार

\"\"काठमाडाैं । बैंकिङ क्षेत्रमा मर्जर लहर चलेपछि नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंक लिमिटेड र एपेक्स डेभलपमेन्ट बैंक मर्जरमा जान सहमत भएका हुन् । एनसिसी बैंकको नेतृत्वमा जाने भएपछि एपेक्सका सञ्चालक, व्यवस्थापक र कर्मचारीले कर्जाको खोलो बगाउन थाले ।यसबीचमा उनीहरूले नक्कली ऋणी खडा गर्ने, कमसल धितोमा अत्यधिक लगानी गर्ने, साक्षी पनि नराखी ऋण प्रवाह गर्ने, एकै दिन सम्पूर्ण प्रक्रिया पूरा गर्नेलगायतका अनियमितता गरे । ११ मंसिर ०७२ मा एनसिसी र एपेक्स मर्जरमा जाने सम्झौता भएको थियो । अाजको नयाँ पत्रिकामा खबर छ-१७ पुस ०७३ मा एकीकृत कारोबार सुरु गर्नुअघिसम्म एपेक्सले २ अर्ब ३ करोड ७४ लाख २२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको तथ्यांक छ । तर, यसमध्ये अनियमित रूपमा जारी गरिएको १ अर्ब ५० करोड ९६ लाख लाख ३३ हजार ९ सय ८४ रुपैयाँ बैंकलाई नोक्सानी भएको छ । मर्जर सम्झौतापछि कुनै पनि बैंकले ५० लाखभन्दा बढीको कर्जा प्रवाह गर्दा मर्जर समितिलाई जानकारी दिनुपर्ने हुन्छ । तर, एपेक्सले करिब १ सय ५० वटा फाइलमार्फत प्रतिकारोबार ५० लाख नकटाई कर्जा प्रवाह ग¥यो र त्यसको कुनै पनि जानकारी मर्जर समितिलाई दिएन । १७ पुस ०७३ मा एपेक्ससँगै इन्टरनेसनल डेभलपमेन्ट बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक पनि एनसिसीमा मर्ज भएका थिए । मर्जरअघि एपेक्समा भएको खराब कर्जाबारे जानकारी नभएको एनसिसी बैंकको भनाइ छ । एकीकृत कारोबार सुरु भएपछि एनसिसी बैंकले माघमा दोस्रो त्रैमासिकको वित्तीय विवरण बनाउन सुरु गर्दा एपेक्सको ‘फर्जरी’ खुल्न थाल्यो । एनसिसीले गुहारेपछि राष्ट्र बैंकले टोली पठाएर १ सय ७० फाइलको अनुसन्धान ग-यो । त्यसमध्ये करिब १ सय ३० फाइलबाट ठगी गरिएको थियो । ठगीमा एपेक्सका सञ्चालकदेखि व्यवस्थापन र तल्लो तहका कर्मचारीसम्मको संलग्नता रहेको पाइएको छ । ठगी आरोपमा प्रहरीले तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकका सञ्चालक तथा कर्मचारीसहित १३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तत्कालीन एपेक्स बैंकका अध्यक्ष विष्णुप्रसाद गुरुङ, सञ्चालकहरू इच्छाबहादुर गुरुङ, सुवर्णंराज भण्डारी र मधुवनलाल श्रेष्ठ छन् । त्यस्तै, एपेक्सका निमित्त कार्यकारी अधिकृत ऋषिराज भट्ट, वरिष्ठ प्रबन्धक दुर्गादत्त जोशी, सहायक प्रबन्धक रामचन्द्र बसौला, शाखा प्रबन्धक विकास श्रेष्ठ, सुदीप थापा र मानबहादुर राउत, सहायक महाप्रबन्धक विनीतमणि उपाध्याय, लोकन्थली बैंकका शाखा प्रमुख सागर न्यौपाने र कर्जा अधिकृत मोहन खरेल छन् । प्रहरीले उनीहरूलाई सानेपा, जोरपाटी, कपन, कमलादी र बागबजारबाट पक्राउ गरेको हो । बैंक घोटालाको अनुसन्धान सुरु भएको करिब एक वर्षपछि नेपाल राष्ट्र बैंकले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा १० दिनअघि जाहेरी दिएको थियो । डिएसपी श्याम ओलियाले भने, ‘यसबीचमा हामीले गम्भीर अनुसन्धान ग-यौँ । दोषी देखिएकाको वर्गीकरण ग-यौँ । त्यसपछि पक्राउ गर्न अघि बढ्यौँ । अहिले पक्राउ परेका सबै प्रथम प्राथमिकतामा परेका हुन् ।’ प्रहरीका अनुसार बैंक घोटालामा संलग्न ४० भन्दा धेरै अभियुक्त खोजीमा रहेका छन् । खोजीमा रहनेमा अधिकांश बैंकमा कर्मचारी रहेका छन् । त्यसबाहेक नक्कली ऋणी बन्ने र ऋण प्रवाहमा एजेन्टको भूमिका निर्वाह गर्ने पनि प्रहरीको खोजीमा रहेका सिआइबीले जानकारी दिएको छ । निक्षेपकर्तालाई कुनै असर पर्दैन : महेश्वरलाल श्रेष्ठ, कार्यकारी निर्देशक, नेपाल राष्ट्र बैंक तत्कालीन एपेक्स बैंकका सञ्चालक तथा कर्मचारीले गरेको कर्जाको दुरुपयोगबाट एनसिसी बैंकका निक्षेपकर्तालाई असर पर्दैन । दुरुपयोग भएको सबै ऋणको नोक्सानी व्यवस्थापन भइसकेको छ । राष्ट्र बैंकको अनुसन्धानबाट करिब २ अर्ब रुपैयाँबराबरको ऋणमा कैफियत भेटिएको थियो । राष्ट्र बैंकले एनसिसीलाई त्यसको नोक्सानी व्यवस्थापन गर्न लगाएका हौँ । सबै नोक्सानी व्यवस्थापन भइसकेकाले एनसिसी बैंकका निक्षेपलाई कुनै असर पर्ने छैन । एनसिसीलाई असर पर्दैन : वन्दना पाठक नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रवक्ता प्रहरीले एनसिसी बैंकसँग मर्ज भएको तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकका सञ्चालक, व्यवस्थापक तथा कर्मचारीलाई पक्राउ गरेको छ । यस विषयमा हामी जानकार छौँ । एपेक्सले एनसिसीसँग मर्जरमा जानुअघि प्रवाह गरेको कर्जामा हामीले कैफियत भेट्यौँ । त्यसपछि हाम्रो आग्रहपछि नै राष्ट्र बैंकले अध्ययन सुरु ग-यो र त्यसमा कैफियत भेटाएर प्रहरीमा जाहेरी दिएको हो । यसबाट एनसिसीलाई कुनै नोक्सानी हुँदैन । हामीले राष्ट्र बैंकले तोकेका सबै मापदण्ड पूरा गरिसकेका छौँ । वित्तीय विवरण सबै ठीक अवस्थामा छन् । अब कैफियत भेटिएको खराब कर्जा असुलउपर हुने सम्भावना बढेको छ । वित्तीय संस्थामा अहिलेसम्मकै सबैभन्दा ठूलो अपचलन प्रहरीले डेढ अर्ब रुपैयाँ घोटाला गरेको अभियोगमा तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकका सञ्चालक तथा कर्मचारीसहित १३ अभियुक्त पक्राउ गरेको छ । बैकिङ कसुरअन्तर्गत भएको यो अहिलेसम्मकै ठूलो घोटाला हो । उनीहरूलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले शुक्रबार पक्राउ गरेको हो । पक्राउ पर्ने तत्कालीन एपेक्स बैंकका अध्यक्ष विष्णुप्रसाद गुरुङ, सञ्चालकहरू इच्छाबहादुर गुरुङ, सुवर्णंराज भण्डारी र मधुवनलाल श्रेष्ठ हुन् । त्यस्तै पक्राउ पर्नेमा बैंक कर्मचारी पनि छन् । प्रहरीका अनुसार बैंकका निमित्त कार्यकारी अधिकृत ऋषिराज भट्ट, वरिष्ठ प्रबन्धक दुर्गादत्त जोशी, सहायक प्रबन्धक रामचन्द्र बसौला, शाखा प्रबन्धकहरू विकास श्रेष्ठ, सुदीप थापा र मानबहादुर राउत, सहायक महाप्रबन्धक विनीतमणि उपाध्याय, लोकन्थली बैंकका शाखा प्रमुख सागर नेउपाने र कर्जा अधिकृत मोहन खरेल रहेका छन् । प्रहरीले उनीहरूलाई सानेपा, जोरपाटी, कपन, कमलादी र बागबजारबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरूले बैंकको केन्द्रीय कार्यालयसहित शाखा कार्यालयबाट गरी कुल १ अर्ब ५० करोड ९६ लाख ३३ हजार ९ सय ४६ रुपैयाँ घोटाला गरेका छन् । उनीहरूले बैंकबाट अनियमित तवरले कर्जा प्रवाह गरी बैंक घोटाला गरेका हुन् । सिआइबी प्रमुख डिआइजी पुष्कर कार्कीले यो अहिलेसम्मकै ठूलो बैंक घोटाला रहेको बताए । उनले भने, ‘एपेक्स बैंकले विभिन्न ठाउँमा शाखा कार्यालय पनि खोलेको देखियो । ती शाखा कार्यालयबाट पनि घोटाला भएको पाइएको छ । सबै गरी डेढ अर्ब रुपैयाँभन्दा धेरै रकम घोटाला भएको देखिन्छ । यो बैकमार्फत गरिएको यो अहिलेसम्मकै ठुलो घोटला हो ।’ एपेक्स डेभलपमेन्ट बैंक अहिले अस्तित्वमा छैन । नेपाल क्रेडिट एण्ड कर्मश बैंक(एनसीसी)सँग मर्जर भएपछि यो बैंक अस्तित्वमा नरहेको हो । प्रहरीका अनुसार मर्जरको फाइदा उठाउँदैै सञ्चालक, कर्मचारी र एजेन्टको मिलेमतो बैंकको रकम घोटला गरिएको हो । एनसीसी र एपेक्सबीच ११ मंसिर ०७२ मा मर्जरमा जाने सहमति भएको थियो । तर, मर्जर भने त्यसको वर्षदिन पछि मात्रै हुन सक्यो । बीचमा रहेको यही बर्षदिनलाई उपयोग गरि सञ्चालक र कर्मचारीले बैकको रकम घोटला गरेका हुन् । सिआाईबीका डिएसपी श्याम ओलियाले मर्जरको फाइदा उठाउँदै एपेक्सका सञ्चालक तथा कर्मचारीले बैंक घोटला गरेको बताए । उनले भने,‘यीनीहरुबीच ११ मंसिर ०७२ मा बैंक मर्जर गर्ने सहमति भयो । तर, बर्ष दिनसम्म बैंक मर्जर गरिएन । यहीबीच कर्मचारी र सञ्चालक मिले । त्यसपछि अनियमित रुपमा ऋण प्रवाह गरे ।’ प्रहरीका अनुसार उनीहरुले कृतिम ऋणी खडा गरि ऋण प्रवाह गरेको खुलेको छ । भिरालो पाखोबारी र कमशल जमिन धितो राखेर पनि ऋण प्रवाह गरेको खुलेको छ । त्यस्तै ऋणीको नक्कली आयस्रोत बनाएर पनि ऋण प्रवाह गरेको अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार उनीहरुले ऋण प्रवाह गर्दा साँक्षी समेत नराखेको खुलेको छ । उनीहरुले धितो निरीक्षण कर्जा निर्णय गर्दा जग्गा किनबेच, रोक्का, कर्जा तमसुक र कर्जा प्रवाह एकै दिन गरेको खुलेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending