Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

डेढ अर्बको बैंक घोटाला १३ पक्राउ, ४० भन्दा धेरै फरार

\"\"काठमाडाैं । बैंकिङ क्षेत्रमा मर्जर लहर चलेपछि नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंक लिमिटेड र एपेक्स डेभलपमेन्ट बैंक मर्जरमा जान सहमत भएका हुन् । एनसिसी बैंकको नेतृत्वमा जाने भएपछि एपेक्सका सञ्चालक, व्यवस्थापक र कर्मचारीले कर्जाको खोलो बगाउन थाले ।यसबीचमा उनीहरूले नक्कली ऋणी खडा गर्ने, कमसल धितोमा अत्यधिक लगानी गर्ने, साक्षी पनि नराखी ऋण प्रवाह गर्ने, एकै दिन सम्पूर्ण प्रक्रिया पूरा गर्नेलगायतका अनियमितता गरे । ११ मंसिर ०७२ मा एनसिसी र एपेक्स मर्जरमा जाने सम्झौता भएको थियो । अाजको नयाँ पत्रिकामा खबर छ-१७ पुस ०७३ मा एकीकृत कारोबार सुरु गर्नुअघिसम्म एपेक्सले २ अर्ब ३ करोड ७४ लाख २२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको तथ्यांक छ । तर, यसमध्ये अनियमित रूपमा जारी गरिएको १ अर्ब ५० करोड ९६ लाख लाख ३३ हजार ९ सय ८४ रुपैयाँ बैंकलाई नोक्सानी भएको छ । मर्जर सम्झौतापछि कुनै पनि बैंकले ५० लाखभन्दा बढीको कर्जा प्रवाह गर्दा मर्जर समितिलाई जानकारी दिनुपर्ने हुन्छ । तर, एपेक्सले करिब १ सय ५० वटा फाइलमार्फत प्रतिकारोबार ५० लाख नकटाई कर्जा प्रवाह ग¥यो र त्यसको कुनै पनि जानकारी मर्जर समितिलाई दिएन । १७ पुस ०७३ मा एपेक्ससँगै इन्टरनेसनल डेभलपमेन्ट बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक पनि एनसिसीमा मर्ज भएका थिए । मर्जरअघि एपेक्समा भएको खराब कर्जाबारे जानकारी नभएको एनसिसी बैंकको भनाइ छ । एकीकृत कारोबार सुरु भएपछि एनसिसी बैंकले माघमा दोस्रो त्रैमासिकको वित्तीय विवरण बनाउन सुरु गर्दा एपेक्सको ‘फर्जरी’ खुल्न थाल्यो । एनसिसीले गुहारेपछि राष्ट्र बैंकले टोली पठाएर १ सय ७० फाइलको अनुसन्धान ग-यो । त्यसमध्ये करिब १ सय ३० फाइलबाट ठगी गरिएको थियो । ठगीमा एपेक्सका सञ्चालकदेखि व्यवस्थापन र तल्लो तहका कर्मचारीसम्मको संलग्नता रहेको पाइएको छ । ठगी आरोपमा प्रहरीले तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकका सञ्चालक तथा कर्मचारीसहित १३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तत्कालीन एपेक्स बैंकका अध्यक्ष विष्णुप्रसाद गुरुङ, सञ्चालकहरू इच्छाबहादुर गुरुङ, सुवर्णंराज भण्डारी र मधुवनलाल श्रेष्ठ छन् । त्यस्तै, एपेक्सका निमित्त कार्यकारी अधिकृत ऋषिराज भट्ट, वरिष्ठ प्रबन्धक दुर्गादत्त जोशी, सहायक प्रबन्धक रामचन्द्र बसौला, शाखा प्रबन्धक विकास श्रेष्ठ, सुदीप थापा र मानबहादुर राउत, सहायक महाप्रबन्धक विनीतमणि उपाध्याय, लोकन्थली बैंकका शाखा प्रमुख सागर न्यौपाने र कर्जा अधिकृत मोहन खरेल छन् । प्रहरीले उनीहरूलाई सानेपा, जोरपाटी, कपन, कमलादी र बागबजारबाट पक्राउ गरेको हो । बैंक घोटालाको अनुसन्धान सुरु भएको करिब एक वर्षपछि नेपाल राष्ट्र बैंकले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा १० दिनअघि जाहेरी दिएको थियो । डिएसपी श्याम ओलियाले भने, ‘यसबीचमा हामीले गम्भीर अनुसन्धान ग-यौँ । दोषी देखिएकाको वर्गीकरण ग-यौँ । त्यसपछि पक्राउ गर्न अघि बढ्यौँ । अहिले पक्राउ परेका सबै प्रथम प्राथमिकतामा परेका हुन् ।’ प्रहरीका अनुसार बैंक घोटालामा संलग्न ४० भन्दा धेरै अभियुक्त खोजीमा रहेका छन् । खोजीमा रहनेमा अधिकांश बैंकमा कर्मचारी रहेका छन् । त्यसबाहेक नक्कली ऋणी बन्ने र ऋण प्रवाहमा एजेन्टको भूमिका निर्वाह गर्ने पनि प्रहरीको खोजीमा रहेका सिआइबीले जानकारी दिएको छ । निक्षेपकर्तालाई कुनै असर पर्दैन : महेश्वरलाल श्रेष्ठ, कार्यकारी निर्देशक, नेपाल राष्ट्र बैंक तत्कालीन एपेक्स बैंकका सञ्चालक तथा कर्मचारीले गरेको कर्जाको दुरुपयोगबाट एनसिसी बैंकका निक्षेपकर्तालाई असर पर्दैन । दुरुपयोग भएको सबै ऋणको नोक्सानी व्यवस्थापन भइसकेको छ । राष्ट्र बैंकको अनुसन्धानबाट करिब २ अर्ब रुपैयाँबराबरको ऋणमा कैफियत भेटिएको थियो । राष्ट्र बैंकले एनसिसीलाई त्यसको नोक्सानी व्यवस्थापन गर्न लगाएका हौँ । सबै नोक्सानी व्यवस्थापन भइसकेकाले एनसिसी बैंकका निक्षेपलाई कुनै असर पर्ने छैन । एनसिसीलाई असर पर्दैन : वन्दना पाठक नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रवक्ता प्रहरीले एनसिसी बैंकसँग मर्ज भएको तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकका सञ्चालक, व्यवस्थापक तथा कर्मचारीलाई पक्राउ गरेको छ । यस विषयमा हामी जानकार छौँ । एपेक्सले एनसिसीसँग मर्जरमा जानुअघि प्रवाह गरेको कर्जामा हामीले कैफियत भेट्यौँ । त्यसपछि हाम्रो आग्रहपछि नै राष्ट्र बैंकले अध्ययन सुरु ग-यो र त्यसमा कैफियत भेटाएर प्रहरीमा जाहेरी दिएको हो । यसबाट एनसिसीलाई कुनै नोक्सानी हुँदैन । हामीले राष्ट्र बैंकले तोकेका सबै मापदण्ड पूरा गरिसकेका छौँ । वित्तीय विवरण सबै ठीक अवस्थामा छन् । अब कैफियत भेटिएको खराब कर्जा असुलउपर हुने सम्भावना बढेको छ । वित्तीय संस्थामा अहिलेसम्मकै सबैभन्दा ठूलो अपचलन प्रहरीले डेढ अर्ब रुपैयाँ घोटाला गरेको अभियोगमा तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकका सञ्चालक तथा कर्मचारीसहित १३ अभियुक्त पक्राउ गरेको छ । बैकिङ कसुरअन्तर्गत भएको यो अहिलेसम्मकै ठूलो घोटाला हो । उनीहरूलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले शुक्रबार पक्राउ गरेको हो । पक्राउ पर्ने तत्कालीन एपेक्स बैंकका अध्यक्ष विष्णुप्रसाद गुरुङ, सञ्चालकहरू इच्छाबहादुर गुरुङ, सुवर्णंराज भण्डारी र मधुवनलाल श्रेष्ठ हुन् । त्यस्तै पक्राउ पर्नेमा बैंक कर्मचारी पनि छन् । प्रहरीका अनुसार बैंकका निमित्त कार्यकारी अधिकृत ऋषिराज भट्ट, वरिष्ठ प्रबन्धक दुर्गादत्त जोशी, सहायक प्रबन्धक रामचन्द्र बसौला, शाखा प्रबन्धकहरू विकास श्रेष्ठ, सुदीप थापा र मानबहादुर राउत, सहायक महाप्रबन्धक विनीतमणि उपाध्याय, लोकन्थली बैंकका शाखा प्रमुख सागर नेउपाने र कर्जा अधिकृत मोहन खरेल रहेका छन् । प्रहरीले उनीहरूलाई सानेपा, जोरपाटी, कपन, कमलादी र बागबजारबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरूले बैंकको केन्द्रीय कार्यालयसहित शाखा कार्यालयबाट गरी कुल १ अर्ब ५० करोड ९६ लाख ३३ हजार ९ सय ४६ रुपैयाँ घोटाला गरेका छन् । उनीहरूले बैंकबाट अनियमित तवरले कर्जा प्रवाह गरी बैंक घोटाला गरेका हुन् । सिआइबी प्रमुख डिआइजी पुष्कर कार्कीले यो अहिलेसम्मकै ठूलो बैंक घोटाला रहेको बताए । उनले भने, ‘एपेक्स बैंकले विभिन्न ठाउँमा शाखा कार्यालय पनि खोलेको देखियो । ती शाखा कार्यालयबाट पनि घोटाला भएको पाइएको छ । सबै गरी डेढ अर्ब रुपैयाँभन्दा धेरै रकम घोटाला भएको देखिन्छ । यो बैकमार्फत गरिएको यो अहिलेसम्मकै ठुलो घोटला हो ।’ एपेक्स डेभलपमेन्ट बैंक अहिले अस्तित्वमा छैन । नेपाल क्रेडिट एण्ड कर्मश बैंक(एनसीसी)सँग मर्जर भएपछि यो बैंक अस्तित्वमा नरहेको हो । प्रहरीका अनुसार मर्जरको फाइदा उठाउँदैै सञ्चालक, कर्मचारी र एजेन्टको मिलेमतो बैंकको रकम घोटला गरिएको हो । एनसीसी र एपेक्सबीच ११ मंसिर ०७२ मा मर्जरमा जाने सहमति भएको थियो । तर, मर्जर भने त्यसको वर्षदिन पछि मात्रै हुन सक्यो । बीचमा रहेको यही बर्षदिनलाई उपयोग गरि सञ्चालक र कर्मचारीले बैकको रकम घोटला गरेका हुन् । सिआाईबीका डिएसपी श्याम ओलियाले मर्जरको फाइदा उठाउँदै एपेक्सका सञ्चालक तथा कर्मचारीले बैंक घोटला गरेको बताए । उनले भने,‘यीनीहरुबीच ११ मंसिर ०७२ मा बैंक मर्जर गर्ने सहमति भयो । तर, बर्ष दिनसम्म बैंक मर्जर गरिएन । यहीबीच कर्मचारी र सञ्चालक मिले । त्यसपछि अनियमित रुपमा ऋण प्रवाह गरे ।’ प्रहरीका अनुसार उनीहरुले कृतिम ऋणी खडा गरि ऋण प्रवाह गरेको खुलेको छ । भिरालो पाखोबारी र कमशल जमिन धितो राखेर पनि ऋण प्रवाह गरेको खुलेको छ । त्यस्तै ऋणीको नक्कली आयस्रोत बनाएर पनि ऋण प्रवाह गरेको अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार उनीहरुले ऋण प्रवाह गर्दा साँक्षी समेत नराखेको खुलेको छ । उनीहरुले धितो निरीक्षण कर्जा निर्णय गर्दा जग्गा किनबेच, रोक्का, कर्जा तमसुक र कर्जा प्रवाह एकै दिन गरेको खुलेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending