Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

संसदमा विशेष प्रस्ताव पारित, विमान दुर्घटना दुःखद र गम्भीरः प्रधानमन्त्री ओली

\"\"काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुन २८ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा युएस बंगलाको विमान दुर्घटनालाई नेपाल सरकारले दुःखद र गम्भीर घटनाका रुपमा लिएको बताएका छन । प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वको वक्तव्य दिँदै प्रधानमन्त्री ओलीले उक्त अकल्पनीय र त्रासदीपूर्ण घटनामा परी मृत्युहुनेहरुमा श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरे । उक्त दुर्घटनाका कारण भएको मानवीय क्षतिबाट नेपाल, बंगलादेश र चीन शोक सन्तप्त भएको बताउँदै उनले उद्धार र उपचारमा संलग्नहरुलाई धन्यवाद व्यक्त गरे । सो दुर्घटनामा ५१ जनाको निधन र २० जना घाइते भएका थिए । प्रधानमन्त्री ओलीले घटनालगत्तै आफू स्थलगत अवलोकनमा गएको तथा बंगलादेशका प्रधानमन्त्रीसँग टेलिफोन गरी उद्धार र उपचारमा कुनै कमजोरी नहुनेमा आश्वस्त पारेको उल्लेख गर्दै घटनाबारे सत्य तथ्य छानबिन गरी प्रतिवेदन पेश गर्न मन्त्रिपरिषद्ले जाचँबुझ आयोग गठन गरेको र सो आयोगबाट प्राप्त प्रतिवेदनपछि गर्नुपर्ने आवश्यक काम गरिने बताए । प्रयोगशालाको परीक्षण छिटो गरी आफन्तलाई छिटो शव हस्तान्तरण गर्न सरकार क्रियाशील रहेको पनि उनले स्पष्ट पारे । विशेष प्रस्ताव पारित प्रधानमन्त्री ओलीको वक्तव्यपछि बैठकमा सभामुख कृष्णबहादुर महराले प्रस्तुत गर्नुभएको गत फागुन २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बंगलादेशको ढाकाबाट काठमाडौँ आएको युएस बंगला एयर अवतरणका क्रममा दुर्घटना भई आगलागी हुँदा २२ जना नेपाली, चालक दलका सदस्यसहित २८ जना बंगलादेशी र एकजना चिनियाँ नागरिकसहित ५१ जना यात्रुको निधन तथा २० जना घाइते भई उपचाररत भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्ने विशेष प्रस्ताव पारित भयो । प्रस्तावमा निधन भएकाहरुको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना तथा घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । बैठकमा दुर्घटनामा परी निधन भएकाहरुको सम्मानमा एक मिनेट मौनधारण गरिएको थियो । प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन आजै १५ मिनेटपछि बस्ने बैठकमा हुनेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending