Khabar Dabali २ बैशाख २०८३ बुधबार | 15th April, 2026 Wed

आज मन्त्रिपरिषद् विस्तारः एमाले र माअोवादीबाट यी नेता बन्दैछन् मन्त्री (नामसहित)

\"\"काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सरकारको नेतृत्व सम्हालेको ३० दिनपछि शुक्रबार मन्त्रिपरिषदलाई ‘पूर्णता’ दिने तयारी गरेका छन् । आफ्नै पार्टी एमाले, माओवादी, संघीय फोरम र राजपासमेतलाई समेटेर सरकारलाई पूर्णता दिने तयारीमा प्रधानमन्त्री ओली लागेका हुन् । यसका लागि उनले बिहीबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र संघीय फोरमका अध्यक्ष उपेन्द्र यादव र राजपाका नेताहरूसँग अनौपचारिक छलफल गरेका थि ए। अाजको अन्नपूर्णमा खबर छ-प्रधानमन्त्री ओलीले आफ्नै दलका शीर्ष नेतासँग बिहीबार छलफल गरे भने बालुवाटारमै माओवादी केन्द्र र संघीय फोरमलाई आन्तरिक पार्टी छलफल र अन्तरपार्टी छलफलको वातावरणसमेत मिलाइदिए। राष्ट्रपति चुनावपछि सरकारलाई पूर्णता दिने बताउँदै आएका प्रधानमन्त्रीले त्यसयताको तीन दिन माओवादी अध्यक्ष दाहालसँग लगातार छलफल गर्दै आइरहेका थिए। मंगलबार, बुधबार मात्रै होइन, ओली–दाहालले बिहीबार पनि बालुवाटारमा छलफल गरेका थिए। यी भेटघाट हरेक दिन रुटिङ नै जस्तो एक घण्टासम्म चल्ने र उठ्ने गरेको थियो। शुक्रबारै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीसाथ बिहीबार भने ओली–दाहालबीच साँझ–बिहान दुई पटक भेटवार्ता भएको थियो। ‘प्रधानमन्त्रीज्यूले मन्त्रिपरिषद् विस्तार शुक्रबार नै गर्ने तयारी गर्नुभएको छ,’ प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले भने, ‘कुनै परिघटना भएन भने शुक्रबार अब मन्त्रिमण्डलले पूर्णता पाउँछ।’ फोरम र राजपासँग पनि प्रधानमन्त्रीले औपचारिक÷अनौपचारिक छलफल गरेका कारण सकभर दुवै पार्टीलाई सरकारमा ल्याएर मन्त्रिमण्डललाई पूर्णता दिने गरी छलफल भइरहेको रिमालले बताए। राजपाका शीर्ष नेताको छलफल पनि बिहीबार प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमै बसेको थियो। तीन वटै पार्टीले आ–आफ्ना पार्टी नेतासँग बिहीबारै आन्तरिक छलफल गरेपछि पुनः तीन शीर्ष नेताबीच मन्त्रालय भागबन्डा र संख्याका विषयमा केन्द्रित रहेर छलफल भएको थियो। ‘सरकारले पूर्णता नै पाउने विषय अन्य दलको तयारीले के हुन्छ तर शुक्रबार दुई–चार जना भए पनि मन्त्रिमण्डल बिस्तार हुन्छ,’ माओवादी नेता शक्ति बस्नेतले भने। सरकारमा संघीय फोरम पनि सहभागी हुने नै भएपछि एमाले–माओवादीले यसअगाडि भागबन्डा गरेको मन्त्रालय संख्यामा दुवैका एक–एकवटा घटाएर फोरमको व्यवस्थापन गर्ने तयारी भएको छ। त्यसो हुँदा एमालेलाई प्रधानमन्त्रीसहित १०, माओवादीलाई ६ र फोरमलाई २ मन्त्रालय भाग आउनेछ। त्यस्तै राजपा सरकारमा आए उसले पनि दुई मन्त्रालय पाउनेछ। ‘मन्त्रालयको संख्या र कुन मन्त्रालय कुन पार्टीलाई भन्ने विषयमा टुंगो भने लागिसकेको छैन,’ माओवादी प्रवक्ता पम्फा भुसालले भनिन्, ‘यी विषय छलफलकै क्रममा छन्, अझै टुंगिएका छैनन्।’ माओवादीका तर्फबाट यसअघि नै गृहमा रामबहादुर थापा र उद्योग वाणिज्य तथा आपूर्तिमा मातृका यादवले मन्त्रीको रूपमा सरकारमा काम गरिरहेका छन्। ६ मन्त्रालय पाउँदा उसले प्रदेश ७ बाट बिना मगर, प्रदेश २ बाट गिरिराजमणि पोखरेल, प्रदेश ५ बाट वर्षमान पुन र प्रदेश ६ बाट नेताद्वय जनार्दन शर्मा र शक्ति बस्नेतमध्ये एकलाई पठाउने तयारी गरेको छ। एमालेबाट भने प्रदेश १ बाट भानुभक्त ढकाल, योगेश भट्टराई, वसन्त नेम्बाङ, २ बाट रघुवीर महासेठ, ३ बाट कृष्णगोपाल श्रेष्ठ, गोकुल बास्कोटा, प्रदेश ४ बाट रवीन्द्र अधिकारी, प्रदेश ५ बाट प्रदीप ज्ञवाली र छविलाल विश्वकर्मा, ७ बाट प्रेम आले र नारदमुनि रानाको नाम चर्चामा छ। एमालेले अब पाँच वटा मन्त्रालयमा मन्त्री पठाउनुपर्नेछ। उपराष्ट्रपति दोहोरिने, राष्ट्रियसभा उपाध्यक्षमा शशिकला बालुवाटारमा बिहीबार बसेको माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठकले उपराष्ट्रपतिमा नन्दबहादुर पुनलाई नै दोहो¥याउन पार्टी बैठकमा सिफारिस गरेको छ। राष्ट्रियसभा उपाध्यक्ष भने प्रदेश २ की सांसद शशिकला दाहाललाई बनाउने विषयमा छलफल चलेको छ। ‘राष्ट्रियसभा उपाध्यक्षमा शशिकला दाहालको सम्भावना बढी हुनेगरी छलफल चलेको छ,’ नेता देवेन्द्र्र पौडेलले बताए।

क–कसको सम्भावना  ?

एमाले  प्रदेश १ भानुभक्त ढकाल, योगेश भट्टराई, वसन्त नेम्बाङ प्रदेश २ रघुवीर महासेठ प्रदेश ३ कृष्णगोपाल श्रेष्ठ, गोकुल बास्कोटा प्रदेश ४ रवीन्द्र अधिकारी प्रदेश ५ प्रदीप ज्ञवाली र छविलाल विश्वकर्मा प्रदेश ७ प्रेम आले र नारदमुनि राना माओवादी  प्रदेश ७ बिना मगर प्रदेश २ गिरिराजमणि पोखरेल प्रदेश ५ वर्षमान पुन प्रदेश ६ जर्नादन शर्मा र शक्ति बस्नेत
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending