Khabar Dabali २ बैशाख २०८३ बुधबार | 15th April, 2026 Wed

सम्बन्ध विच्छेद गरेका श्रीमान्, छोरीको शव दाबी गर्न आएपछि...

[caption id=\"attachment_179351\" align=\"alignleft\" width=\"750\"]\"\" मृतक श्वेताकी आमा उर्मिला प्रधान[/caption] काठमाडाैं । मैले निकै दुःखले हुर्काएको छोरीको शव आफ्नै हातले दागबत्ती दिएर जलाउन पाउनुपर्छ। नत्र मलाई पनि प्यारी छोरीको शवसँगै जलाइदिए हुन्छ,’ बुधबार महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भेटिएकी उर्मिला प्रधानले भनिन्। सम्बन्ध विच्छेद गरेर छुट्टै बसेका श्रीमान् छोरी श्वेताको मृत्युपछि शव दाबी गर्न आएपछि उर्मिला निकै भाव विह्वल भइन् । आजको राजधानीमा खबर छ-गत सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको यूएस बंगला एयरलायन्सको विमान दुर्घटनामा परी आफ्नो २४ वर्षीया डाक्टर छोरी गुमाएकी उर्मिला प्रधान पोस्ट्रमार्टममा राखिएको छोरीको शवको सम्पूर्ण पहिचानसहित हुलिया विवरण दिएर शव बुझ्न अस्पताल पुगेकी थिइन्। ५८ वर्षीया उर्मिला निकै विक्षिप्त अवस्थामा थिइन्। उनी बुधबार दिनभर अस्पताल परिसरमा छिनमै रुने, कराउने र छोरी सम्झिएर बरबराउने  गरिरहेकी थिइन्। उर्मिला विगत दुई दिनदेखि मृतक छोरी श्वेता थापाको शव बुझ्न त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक ल्याब परिसरमा धर्ना दिएर बसेकी छन्। तर, बुधबार एकाएक सम्बन्ध विच्छेद गरेर बसेका (पूर्वश्रीमान्) गजेन्द्र थापा छोरीको शव दाबी गर्न आएपछि उर्मिला आश्चर्यचकित भइन्। नुवाकोटको विदुर नगरपालिकास्थित थुम्काका गजेन्द्र थापासँग उर्मिलाको दशकअघि सम्बन्ध विच्छेद भएको थियो। सम्बन्धविच्छेद भएदेखि नै गजेन्द्र थापा छोरी श्वेतालाई उर्मिलासँगै छाडेर अर्की श्रीमती लिएर छुट्टै बस्दै आएका थिए। श्वेतालाई हुर्काउने र पढाउने सबै काम आमा उर्मिलाले नै गरेकी थिइन्। उनले आप्mनी छोरीलाई डाक्टर बनाउन नेपाल राष्ट्रिय वाणिज्य बैंकको ललितपुर शाखाबाट २० लाख रुपैयाँको शैक्षिक कर्जासमेत लिएको बताइन्। सम्बन्ध विच्छेद भइसकेका श्रीमान्ले गरेको दाबीमाथि प्रश्न गर्दै राजधानीसँग शर्मिलाले भनिन्, ‘मैले छोरी श्वेतालाई हुर्काएर ठूलो बनाएँ। दुःख गरेर पढाएँ। तर, अहिले आएर छोरीको शवमा दाबी गर्दै छ।’ कानुनी रूपमै सम्बन्ध विच्छेद गरेर अहिले ललितपुरको गोदावरी टौखेलमा माइतीहरूसँगै छुट्टै घर बनाएर बस्दै आएकी उर्मिलाले छोरीलाई डाक्टर बनाउन बंगलादेशको सिलेटस्थित जलालाबादको रागिव रवैया मेडिकल कलेजलाई ३८ हजार डलर बुझाएकी थिइन्। त्यहाँ होस्टेलमा बसेबापत थप ५ सय डलर तिर्नुपर्ने थियो। गत सोमबारको दुर्घटनामा ज्यान गुमाएकी श्वेता एमबीबीएस अध्ययन पूरा गरेर घर फर्किंदै थिइन्। उनले काठमाडौं आएपछि आमालाई चन्द्रागिरि र पोखरा जाने योजना बनाउन भनेकी थिइन्। छोरी फर्किने दिन श्वेतालाई लिन आफू विमानस्थलमा पुगेको बताउँदै उर्मिलाले भनिन्, ‘बंगलादेशको विमान ल्यान्ड हुँदै छ भन्ने सूचना आयो।  अब ४० मिनेटपछि बाहिर आउँछे भनेर खुसी भएको थिएँ। तर, त्यसको केही मिनेटमै विमान दुर्घटनाग्रस्त भएको र आफ्नो आँखै अघि छोरी दन्किएको आगोमा पोलिइन्। छोरीले भनेका सबै खत्तम भयो। अब मैले छोरीको शव आफ्नै हातले दागबत्ती दिएर जलाउन पाउनुपर्छ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending