Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

गोली चलेपछि गुन्डा नाइके गणेश लामा पेस्तोलसहित पक्राउ

\"\"काठमाडाैं । गुन्डानाइके गणेश लामा हतियारसहित पक्राउ परेका छन् । प्रहरीले उनीसँग टाइप ५४ लेखिएको चाइनिज पेस्तोल र ६ राउन्ड गोली बरामद गरेको छ । लामाको बा.३च १७२ नम्बरको प्राडो गाडी पनि नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार गौशालाको पिंगलास्थानमा बुधबार राति करिब साढे ९ बजे अज्ञात समूहले आफूलाई लक्षित गरेर गोली प्रहार गरेपछि प्रतिकारमा लामाले पनि गोली चलाउने तयारी गर्दै थिए । त्यहीवेला उनी पक्राउ परे । लामालाई गोली प्रहार गर्ने समूहलाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन । अाजको नयाँ पत्रिकामा खबर छ-महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले लामालाई गोली प्रहार गर्ने तयारीमा रहेको अवस्थामा पक्राउ गरिएको बताए । ‘लामा पेस्तोल र गोलीसहित पक्राउ परेका छन् । उनले कसैलाई गोली प्रहार गर्न खोज्दै थिए । सोही क्रममा उनी पक्राउ परेका छन् । घटना सम्बन्धमा अनुसन्धान भइरहेको छ । थप जानकारी भोलि मात्रै आउनेछ,’ उनले भने । लामालाई महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएका प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार पिंगलास्थानमा बुधबार स्थानीय जात्रा लाग्दै थियो । सर्वसाधारणको भिड बाक्लै थियो । एक्कासि गोली चलेको आवाज आएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । त्यहाँ लामाले कसैलाई लखेटिरहेका थिए । त्यही क्रममा उनी पक्राउ परेका हुन् । शरीर खानतलासी गर्ने क्रममा उनको साथबाट पेस्तोल बरामद भयो । प्रहरीका अनुसार बरामद पेस्तोलमा एक थान गोली चेम्बरमा लोड गरिएको छ भने बाँकी म्यागजिनभित्रै भेटिएका छन् । बयानका क्रममा लामाले आफूलाई अज्ञात समूहले गोली हानेको बताएका छन् । ‘लामा गाडीभित्रै थिए । एक्कासि गोली प्रहार भयो । लामा गाडीबाट उत्रिए । आफूसँग रहेको पेस्तोल झिक्दै गोली प्रहार गर्ने व्यक्तिलाई लखेट्न उत्रिए । तर, गोली प्रहार भने गर्न भने भ्याएनन् । यही क्रममा हाम्रो टोली पुग्यो । उनी पक्राउ परे,’ लामाको बयानमा संलग्न एक प्रहरी अधिकारीले भने । लामा कांग्रेसको तर्फबाट काभ्रेबाट प्रदेश सभाको उम्मेदवार थिए । तर, पराजित भएका थिए । पहिले सक्रिय, अहिले सुस्त लामामाथि गुन्डागर्दी, चन्दा असुली, ज्यान मार्ने उद्योगदेखि अकुत सम्पत्ति संकलनलगायतका आरोप छन् । ६० को दशकमा काभ्रेबाट काठमाडौं छिरेका उनको अपराध कर्म ठमेलबाट सुरु भएको हो । दीपक मनाङेको छत्रछायामा अपराध कर्ममा लागेका उनले पछि आफ्नै समूह बनाए । ४१ भन्दा धेरै सदस्य रहेको उनको समूहमा अधिकांश काभ्रेका युवा थिए । लामा ०६५ देखि विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकमा आबद्ध भएर राजनीतिमा उत्रिए । फोरम र कांग्रेसबीच एकीकरण भएपछि गत निर्वाचनमा उनी काभ्रेबाट प्रदेश सभामा उम्मेदवार बनेर पराजित भए । पछिल्लो समय अपराधकर्ममा उनी सुस्त देखिएका थिए । यद्यपि, ठमेलको क्लब र विभिन्न क्रसर उद्योगमा उनको लगानी यथावत् छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending