Khabar Dabali २ बैशाख २०८३ बुधबार | 15th April, 2026 Wed

गोली चलेपछि गुन्डा नाइके गणेश लामा पेस्तोलसहित पक्राउ

\"\"काठमाडाैं । गुन्डानाइके गणेश लामा हतियारसहित पक्राउ परेका छन् । प्रहरीले उनीसँग टाइप ५४ लेखिएको चाइनिज पेस्तोल र ६ राउन्ड गोली बरामद गरेको छ । लामाको बा.३च १७२ नम्बरको प्राडो गाडी पनि नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार गौशालाको पिंगलास्थानमा बुधबार राति करिब साढे ९ बजे अज्ञात समूहले आफूलाई लक्षित गरेर गोली प्रहार गरेपछि प्रतिकारमा लामाले पनि गोली चलाउने तयारी गर्दै थिए । त्यहीवेला उनी पक्राउ परे । लामालाई गोली प्रहार गर्ने समूहलाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन । अाजको नयाँ पत्रिकामा खबर छ-महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले लामालाई गोली प्रहार गर्ने तयारीमा रहेको अवस्थामा पक्राउ गरिएको बताए । ‘लामा पेस्तोल र गोलीसहित पक्राउ परेका छन् । उनले कसैलाई गोली प्रहार गर्न खोज्दै थिए । सोही क्रममा उनी पक्राउ परेका छन् । घटना सम्बन्धमा अनुसन्धान भइरहेको छ । थप जानकारी भोलि मात्रै आउनेछ,’ उनले भने । लामालाई महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएका प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार पिंगलास्थानमा बुधबार स्थानीय जात्रा लाग्दै थियो । सर्वसाधारणको भिड बाक्लै थियो । एक्कासि गोली चलेको आवाज आएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । त्यहाँ लामाले कसैलाई लखेटिरहेका थिए । त्यही क्रममा उनी पक्राउ परेका हुन् । शरीर खानतलासी गर्ने क्रममा उनको साथबाट पेस्तोल बरामद भयो । प्रहरीका अनुसार बरामद पेस्तोलमा एक थान गोली चेम्बरमा लोड गरिएको छ भने बाँकी म्यागजिनभित्रै भेटिएका छन् । बयानका क्रममा लामाले आफूलाई अज्ञात समूहले गोली हानेको बताएका छन् । ‘लामा गाडीभित्रै थिए । एक्कासि गोली प्रहार भयो । लामा गाडीबाट उत्रिए । आफूसँग रहेको पेस्तोल झिक्दै गोली प्रहार गर्ने व्यक्तिलाई लखेट्न उत्रिए । तर, गोली प्रहार भने गर्न भने भ्याएनन् । यही क्रममा हाम्रो टोली पुग्यो । उनी पक्राउ परे,’ लामाको बयानमा संलग्न एक प्रहरी अधिकारीले भने । लामा कांग्रेसको तर्फबाट काभ्रेबाट प्रदेश सभाको उम्मेदवार थिए । तर, पराजित भएका थिए । पहिले सक्रिय, अहिले सुस्त लामामाथि गुन्डागर्दी, चन्दा असुली, ज्यान मार्ने उद्योगदेखि अकुत सम्पत्ति संकलनलगायतका आरोप छन् । ६० को दशकमा काभ्रेबाट काठमाडौं छिरेका उनको अपराध कर्म ठमेलबाट सुरु भएको हो । दीपक मनाङेको छत्रछायामा अपराध कर्ममा लागेका उनले पछि आफ्नै समूह बनाए । ४१ भन्दा धेरै सदस्य रहेको उनको समूहमा अधिकांश काभ्रेका युवा थिए । लामा ०६५ देखि विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकमा आबद्ध भएर राजनीतिमा उत्रिए । फोरम र कांग्रेसबीच एकीकरण भएपछि गत निर्वाचनमा उनी काभ्रेबाट प्रदेश सभामा उम्मेदवार बनेर पराजित भए । पछिल्लो समय अपराधकर्ममा उनी सुस्त देखिएका थिए । यद्यपि, ठमेलको क्लब र विभिन्न क्रसर उद्योगमा उनको लगानी यथावत् छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending