Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

गोपाल पराजुलीको चारित्रिक प्रमाणपत्र फेरि गायब !

\"\"काठमाडाैं । प्रधानन्यायाधीश गोपाल पराजुलीको प्रवेशिका पास गरेको चारित्रिक प्रमाणपत्र न्यायपरिषद् अभिलेखबाट फेरि गायब भएको छ । डा. गोविन्द केसीले पराजुलीको प्रमाणपत्रबारे मंगलबार न्यायपरिषद्सँग सूचना माग्दै निवेदन दर्ता गर्ने क्रममा उक्त प्रमाणपत्र अभिलेखमा नरहेको खुलेको हो । सरकारी अभिलेखमा यो प्रमाणपत्र भेटिनासाथ २०११ वैशाख १३ गते उनको जन्ममिति उल्लेख भई कानुनी रूपमा उनको पदावधि गत साउन २१ गते नै सकिएको देखिन्छ । न्यायपरिषद् ऐनअनुसार उनको नागरिकता प्रमाणपत्र लिँदाको मितिअनुसार कायम जन्ममिति २००९ साउन २१ गते र प्रमाणपत्रको पछिल्लो जन्ममिति २०११ वैशाख १३ को अन्तर एक वर्षभन्दा बढी हुन्छ । एक वर्षभन्दा बढी अन्तर भएमा ऐनअनुसार उमेर मात्रै उल्लेख भएको जन्ममिति आधिकारिक हुन्छ । अाजको कान्तिपुरमा खबर छ-पराजुलीले नेपाल राष्ट्रिय विद्यापीठबाट लिएको प्रवेशिका प्रमाणपत्रलाई शिक्षा मन्त्रालयले ‘जो जससँग सम्बन्धित छ’ भनी प्रमाणित गरिदिएको थियो । २०११ वैशाख १३ गते जन्ममिति भनी उल्लिखित उक्त प्रमाणपत्रको प्रतिलिपि न्यायपरिषद सचिवालय, सर्वोच्च अदालत तथा नेपाल ल क्याम्पसमा समेत नरहेको खुलेको हो । उक्त प्रमाणपत्र पराजुली स्वयं र शिक्षा मन्त्रालयको परीक्षा नियन्त्रण कार्यालयसँग मात्रै छ । आइतबार यही प्रमाणपत्रको जन्ममितिमा प्रश्न उठाई न्यायाधीश चोलेन्द्रशमशेर राणाले आफ्नो फरक आदेश जारी गरेका थिए । २०७४ वैशाख ११ गते कान्तिपुर दैनिकले ‘पराजुलीको एसएलसी प्रमाणपत्रै गायब’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । समाचार प्रकाशित भएलगत्तै न्यायपरिषद् सचिव नहकुल सुवेदीले सबै अभिलेख परिषदको सचिवालयमा सुरक्षित रहेको अवस्थामा गलत सन्देश जाने गरी समाचार प्रकाशित गरेको भन्दै आपत्ति जनाएका थिए । त्यतिबेला उनले आवश्यक सबै कागजात अभिलेखमा रहेको दाबी गरेका थिए । त्यही दिन सचिव सुवेदीले प्रवक्ता निर्मला पौडेललाई समाचारको खण्डनका रूपमा विज्ञप्ति प्रकाशित गर्न लगाएका थिए । उक्त विज्ञप्तिमा तत्कालीन न्यायाधीश पराजुलीको एसएलसीलगायतका शैक्षिक प्रमाणपत्रका प्रतिलिपिहरू व्यक्तिगत विवरणसाथ सुरक्षित रहेको’ भनी उल्लेख थियो । डा. केसीले मंगलबार न्यायपरिषद्मा उजुरी दिने क्रममा समेत अरू शैक्षिक प्रमाणपत्रहरू अभिलेखमा भेटिए पनि चारित्रिक प्रमाणपत्र नरहेको खुलेको हो । ‘मैले सुनेअनुसार अभिलेखमा चारित्रिक प्रमाणपत्र भेटिएन,’ एक अधिकृतले भने । अधिवक्ताको प्रमाणपत्र लिने क्रममा सर्वोच्च अदालतमा पेस भएको अभिलेखमा समेत पराजुलीको प्रवेशिकाको चारित्रिक प्रमाणपत्र भेटिएको थिएन । यही विषयलाई लिएर न्यायपरिषद्की तत्कालीन अध्यक्ष सुशीला कार्कीले २०७३ पुस १ गते सबै कागजात मगाई अभिलेखमा राख्न सचिवलाई आदेश दिएकी थिइन् । न्यायपरिषद्की प्रवक्ता पौडेलले कुराकानीका क्रममा गत वैशाख ११ गते आफैंले जारी गरेको प्रेस विज्ञप्तिको खण्डन गरिन् । उनका अनुसार डा. केसीले निवेदन दर्ता गरेपछि खोजबिनका क्रममा पराजुलीका अन्य प्रमाणपत्र भेटिए पनि २०११ वैशाख १३ गते जन्ममिति उल्लेख भएको चारित्रिक प्रमाणपत्र अभिलेखमा रहेनछ । ‘अघि डा. गोविन्द सरहरू आएर हेर्न माग्दा सचिवज्यूले सबै फाइल पल्टाएर देखाइदिनुभयो,’ उनले कान्तिपुरसित भनिन्, ‘त्यसमा चारित्रिक प्रमाणपत्र भने रहेनछ ।×’ गत वर्ष उनी आफैंले निकालेको विज्ञप्तिमा भने सबै प्रमाणपत्र अभिलेखमा रहेको भनी उल्लेख थियो । त्यतिबेला आफूले सबै कागजात हेर्न नपाएको भन्दै पौडेलले सबै कागजात हेर्दा भने चारित्रिक प्रमाणपत्र नभेटिएको बताइन् । ‘मैले त्यतिबेला पनि चारित्रिक प्रमाणपत्र छ भनेको थिइनँ, अरू सबै रेकर्ड पो छ भनेकी थिएँ,’ उनले भनिन् । प्रमाणपत्रहरूको अभिलेखबारे जिज्ञासा राख्दा न्यायपरिषद् सचिव नृपध्वज निरौलाले भने न्यायाधीशहरूको व्यक्तिगत विवरण गोप्य राखिने भन्दै थप कुराकानी गर्न चाहेनन् । न्यायपरिषद्ले सर्वोच्च अदालतमा पठाएको अभिलेखमा समेत यो प्रमाणपत्र छैन भने गत वर्ष नै अधिवक्ता विकास गिरीले दायर गरेको मुद्दाका क्रममा पेस भएको कागजातमा समेत चारित्रिक प्रमाणपत्र थिएन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending