Khabar Dabali २ बैशाख २०८३ बुधबार | 15th April, 2026 Wed

किन दिल्ली अाउँदैछन् अर्थमन्त्री खतिवडा ?

\"\"नयाँ दिल्ली । अर्थमन्त्री डा. युवराज खतिवडा बुधबार दिल्ली आउँदै छन् । बुधबारदेखि हरियाणा राज्यको गुरुग्राममा सुरु हुने ‘प्रतिआतंकवाद सम्मेलन २०१८’ मा भाग लिन उनी दिल्ली आउन लागेका हुन् । तीनदिने सम्मेलनको उद्घाटनसत्रमा की नोट स्पिकरका रूपमा अर्थमन्त्री खतिवडा सहभागी हुँदै छन्। उद्घाटनसत्रमा गृहमन्त्री राजनाथ सिंहका साथ अर्थमन्त्री खतिवडाले मञ्च सेयर गर्नेछन् । अाजको अन्नपूर्णमा खबर छ-वाम गठबन्धनको नेतृत्वमा बनेको नयाँ सरकारका तर्फबाट भारत आउन लागेका उनी पहिलो मन्त्री हुन्। ‘अर्थमन्त्री खतिवडा बुधबार अपराह्न दिल्ली आएर उद्घाटनसत्रमा सहभागी हुने कार्यक्रम रहेको नयाँ दिल्लीस्थित नेपाली दूतावासका प्रवक्ता हरि ओडारीले  जानकारी दिए। बिहीबार नै फर्किने गरी आउन लागेका अर्थमन्त्रीको द्विपक्षीय राजनीतिक भेटघाटको कार्यक्रम नरहेको उनले बताए। अर्थमन्त्री खतिवडा बुधबार अपराह्न दिल्ली आउने र बिहीबार विहान फर्किने कार्यक्रम रहेको प्रवक्ता ओडारीले जानकारी दिए। सम्मेलनमा खतिवडाले प्रतिआतकंवादबारे नेपालको धारणा राख्नेछन्। सत्तारुढ भारतीय जनता पार्टी निकट थिंक ट्यांकको संस्था इन्डिया फाउन्डेसनको आयोजनामा हुन लागेको सम्मेलनको चौथो संस्करणको विषय वैश्विक आतंकवादको परिवर्तित स्वरूप रहेको छ। नेपाल सरकारले अन्तिम समयमा गरेको निर्णय अनुरूप सम्मेलनमा सहभागी हुन अर्थमन्त्री खतिवडा आउन लागेका हुन्। सामान्तया सुरक्षा चासोका यस किसिमका कार्यक्रममा गृहमन्त्री सहभागी हुने प्रचलन छ। गत वर्ष यही कार्यक्रममा तत्कालीन गृहमन्त्री विमलेन्द्र निधी सहभागी भएका थिए। विशेष वक्ताको रूपमा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले कार्यपत्र प्रस्तुत गरेका थिए। त्यसैगरी बुलेट एन्ड द ब्यालेट बक्स पुस्तकका लेखक आदित्य अधिकारीसमेत सो सम्मेलनमा सहभागी थिए। सम्मेलनमा यस पटक नेपालका तर्फबाट वरिष्ठ पत्रकार युवराज घिमिरे पनि सहभागी हुने कार्यक्रम छ। सूचना प्रविधिको तीव्र विकासले परिवर्तित आतंकवादको स्वरूप अनि विश्वका लागि बढ्दै गएको चुनौतीबारे सम्मेलनमा बृहत् छलफल हुनेछ। शुक्रबारसम्म चल्ने सम्मेलनमा नयाँ युगमा आतंकवादको प्रवृति, विश्व आतंकवादका बौद्धिक चुनौती, वैश्विक आतंकवादको केन्द्र अफगानिस्तान, पाकिस्तान, आतंकवादको राजनीति तथा आतंकवादको भविष्य विषयमा छलफल हुने कार्यक्रम छ। कार्यक्रममा आतंकवादसँग जुधिरहेको विश्वका विभिन्न मुलुकबाट राजनीतिज्ञ, बौद्धिक क्षेत्रका विज्ञ, सैन्य अधिकारी, आईटी, इन्टिलिजेन्स एक्सपर्टलगायत सञ्चार क्षेत्रका विज्ञको सहभागिता हुँदैछ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending