Khabar Dabali २ बैशाख २०८३ बुधबार | 15th April, 2026 Wed

पराजुली इजलासमा, चोलेन्द्र बाहिर, आठ न्यायाधीश अनुपस्थित

\"\"काठमाडाैं । प्रधानन्यायाधीश गोपाल पराजुलीकोे अवकाश भइसकेको तर्क गर्दै सोमबार बृहत् पूर्ण इजलास बहिष्कार गरेका सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर जबरा मंगलबार सर्वोच्चमै उपस्थित थिए । तर, उनको इजलास तोकिएको थिएन । इजलास तोकिएका सातसहित जम्मा आठ न्यायाधीशले मंगलबार आफ्नो अनुपस्थिति जनाए । अाजको नयाँ पत्रिकामा खबर छ-वरिष्ठतममध्येका न्यायाधीश दीपकराज जोशी बिदामा भएपछि मंगलबार संयुक्त इजलास पनि प्रभावित भयो भने न्यायाधीश चोलेन्द्र दिनभर सर्वोच्चको कार्यकक्षमा बसेर अपराह्न बाहिरिए । उनले प्रधानन्यायाधीश पराजुलीलाई भेटेनन् । प्रधानन्यायाधीश पराजुलीको बृहत् पूर्ण इजलासमा सोमबार कान्तिपुर दैनिक र डा. गोविन्द केसीविरुद्ध परेको अवहेलना मुद्दाको सुनुवाइ हुँदै थियो । तर, न्यायाधीश राणाले २१ साउनमै प्रधानन्यायाधीश पराजुलीको अवकाश भएको भन्दै प्रधानन्यायाधीशको इजलासमा बस्न अस्वीकार गरे । त्यसपछि मुद्दा स्थगित भएको छ ।
मंगलबार सर्वोच्चका ११० मुद्दा प्रभावित
प्रधानन्यायाधीश गोपाल पराजुलीले आफूसहित १० वटा इजलास तोके, तर आठजना न्यायाधीशको इजलास बस्न सकेन । जसका कारण चारवटा इजलास प्रभावित बन्यो । न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, प्रकाशमानसिंह राउत, सपना मल्ल प्रधान, आनन्दमोहन भट्टराई, ईश्वरप्रसाद खतिवडा, अनिलकुमार सिन्हा इजलासमा अनुपस्थित भए । वरिष्ठतम न्यायाधीश दीपकराज जोशी बिदामा बसेका कारण प्रकाशमानसिंह राउतको बेन्च बस्न सकेन । प्रधानन्यायाधीश गोपाल पराजुली र तेजबहादुर केसीको संयुक्त इजलासले भने जग्गा विवाद र नागरिकतासम्बन्धी पेसीमा फैसला गरेको थियो । उनीहरूको इजलासले ३७ वटा मुद्दाको आदेश र एउटा मुद्दाको फैसला गरेको छ । मंगलबारको इजलासमा २ सय ७७ मुद्दाको पेसी तोकिएकोमा ५३ वटा फैसला, २० वटा मुद्दामा आदेश, ३५ वटा मुद्दामा स्थगित, सातवटा हेर्न नमिल्ने, ४७ वटा मुद्दा हेर्न नभ्याउने सूचीमा रहेको सर्वोच्च अदालतले जनाएको छ । इजलास नम्बर १ मा वरिष्ठतम न्यायाधीश दीपकराज जोशी र प्रकाशमानसिंह राउतको इजलास तोकिएको थियो । न्यायाधीश जोशी बिदामा भएका कारण प्रकाशमानसिंह राउत इजलास बसेनन् । चारवटा बेन्च नबस्दा ११० वटा पेसी प्रभावित बन्यो । इजलास नं. ८ मा न्यायाधीश हरिकृष्ण कार्की र सपना मल्ल प्रधानको संयुक्त इजलास तोकिएको थियो । इजलास नं. ९ मा विश्वम्भरप्रसाद श्रेष्ठ र अनिलकुमार सिन्हाको संयुक्त इजलासमा ३८ वटा मुद्दाको पेसी तोकिएको थियो । इजलास नं. १० मा ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासमा ३१ वटा मुद्दाको पेसी तोकिएको थियो । बेन्च नबस्दा १ सय १० वटा मुद्दाको पेसी प्रभावित हुन पुगेको छ । न्यायाधीशहरू ओमप्रकाश मिश्र, डम्बरबहादुर शाही, दीपककुमार कार्की, टंक मोक्तान, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, बमकुमार श्रेष्ठ इजलासमा उपस्थित भए । इजलास बहिष्कार गर्नु आचारसंहिताविपरीत : सर्वोच्च बार सर्वोच्च बार एसोसिएसनले प्रेस विज्ञप्ति जारी गर्दै न्यायाधीश चोलेन्द्रशमशेर जबराबाट न्यायालयको आचारसंहिताविपरीत अदालतमाथि प्रहार भएको ठहर गरेको छ । प्रधानन्यायाधीश पराजुली न्यायपरिषद्बाट सिफारिस भई संसदीय सुनुवाइको चरण पूरा गरी संवैधानिक परिषद्बाट नियुक्त भएकाले उमेरसम्बन्धी विवादले कानुनी प्रश्नको अन्त गरे पनि नैतिक प्रश्न उपस्थित गरेको बारको विज्ञप्तिमा उल्लेख छ । कुनै अमुक गुटबाट प्रेरित भई सुनियोजित तवरमा न्यायपालिकाको स्वतन्त्रता र गरिमामाथि आँच पु¥याउने उद्देश्यले कुनै व्यक्ति, संस्था उत्प्रेरित हुन नहुने भन्दै सर्वोच्च बारले न्यायपालिकाको स्वतन्त्रता र गरिमा अक्षुण्ण राख्ने कार्यमा सहयोग गर्न आह्वानसमेत गरेको छ । न्यायाधीश जबराले देखाएको इजलास बहिष्कारजस्तो कार्यबाट गलत प्रक्रिया र पद्धतिको सुरुवात भएको भन्दै बारले भत्र्सना गरेको छ । ‘न्यायाधीशजस्तो पदमा असीन व्यक्तिले पेसी सूचीमा चढेको मुद्दाको तथ्यभन्दा बाहिर इजलासको मर्यादाविपरीत काम गरेको, न्याय सम्पादनमा संलग्न प्रधानन्यायाधीशप्रति गलत लाञ्छना लगाएको, न्यूनतम मर्यादा तथा आचरणलाई ख्याल नगरेको प्रति ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ । न्यायालयको शिर निहुरियो : कर्मचारी युनियन इजलास बहिष्कार प्रकरणले अदालतको शिर निहुरिएको भन्दै अदालतमा रहेका कर्मचारी युनियनहरूले तत्काल फुलकोर्टको बैठक बोलाउन माग गरेका छन् । मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल निजामती युनियन र नेपाल निजामती कर्मचारी संगठनले फुलकोर्ट बोलाउन माग गरेका हुन् । उनीहरूले विज्ञप्ति निकालेर भनेका छन्, ‘जनताको अन्तिम आस्थाको केन्द्र स्वतन्त्र एवं निष्पक्ष न्यायपालिकामाथि जनआस्था खस्किने गरी न्यायालयभित्र र बाहिरबाट भइरहेका कार्यले समयमा न्याय पाउने नागरिकको अधिकार कुण्ठित भएको छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending