Khabar Dabali ६ माघ २०८२ सोमबार | 19th January, 2026 Mon
Investment bank

फेरि अर्को बोक्सी काण्डः बकाउन भन्दै आफ्नै आमाद्वारा किशोरीमाथि निर्घात कुटपिट

\"\"काठमाडाैं । ‘बोक्सी बकाउने’ भन्दै गोरखा घैरुङकी एक किशोरीमाथि निर्घात कुटपिट भएको छ । गोरखाको सहिद लखन गाउँपालिका–६, बाँसकोटकी १५ वर्षीया जानुका श्रेष्ठलाई उनकै आमा पार्वती श्रेष्ठले बोक्सी बकाउन भन्दै एक घण्टासम्म खुट्टा समातेर कपाल लुछ्दै कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन् । जनुका स्थानीय हिमालय मावि कक्षा आठकी विद्यार्थी हुन् । कक्षामा पढिरहेका बेला एक्कासी बिरामी भएको खबर पाएपछि विद्यालयमा आएकी आमा पार्वतीले जानकीमाथि निर्घात कुटपिट गरेको सोही कक्षामा पढाइरहेका शिक्षक बाबुराम श्रेष्ठले जानकारी दिए । अाजको अन्नपूर्णमा खबर छ-‘बिहान ११ बजे दोस्रो पिरियडको कक्षा चलिरहेको थियो । जानुका एक्कासी बिरामी भइन्’, घटना वर्णन गर्दै श्रेष्ठले भने, ‘हामीले उनकी आमालाई बोलायौं । आमा आउनुभयो । एक जनाले जानुकाको खुट्टा समाते । आमाले कपाल समाएर कुट्न थाल्नुभयो ।’ विद्यालयको आँगनमा १५ मिनेटजति कुटेपछि विद्यालयले उनीहरूलाई बाहिर निकालेको उनले बताए । बिरामीलाई कुट्दा बोक्सीले सजाय पाउने अन्धविश्वास गाउँमा रहेको उनको भनाइ छ । विद्यालयले कम्पाउन्डबाहिर निकालेपछि आमाले छोरीलाई गाउँपालिकाको कार्यालय परिसरमा लगेर फेरि कुटपिट गर्न थालिन् । गाउँपालिकाको स्वास्थ्यचौकी, पशु सेवा कार्यालय, कृषि सेवा कार्यालयको आँगनमा राखेर धेरैबेर लुछ्दै कुट्दै गरेको प्रत्यक्षदर्शीले बताए । ‘आमा झाँक्री, छोरी बोक्सी बनेर एक घण्टा सवालजवाफ भयो’, स्थानीय भावना श्रेष्ठले भनिन्, ‘तँ को होस् ? भनेर आमाले सोधिन् । जानुकाले मखना हुँ भनिन् । तेरो कति छोराछोरी ? भनेर आमा सोध्ने, छोरीले भन्ने । यस्तै कुट्दै सोध्दै गर्दा गाउँका ३०÷३५ जना भेला भए ।’ आमाले मात्र कुटपिट गरे पनि सघाउनेमा अरू चार÷पाँच जना रहेको बताइएको छ । तर, सहयोगीको नाम भने खुलाइएको छैन । बोक्सी बकाउने क्रममा आमा पार्वतीले ताङ्लिचोकका एक झाँक्रीसँग टेलिफोनमा प्रश्न सोध्ने गरेको पनि प्रत्यक्षदर्शीले बताए । झाँक्रीले जे जे सोध भनेको छ, जे जे गर भनेको छ, त्यही सोधेको, त्यही गरेको आमा पार्वतीले त्यहाँ उपस्थित भएकालाई सुनाएकी थिइन् । तर, झाँक्रीको नाम भने खुलाइएको छैन। ‘पार्वतीले किन मेरो छोरीलाई दुःख दिइस् ? भन्थिन्, छोरीचाहिँ सधैं मेरो आँगनको बाटो हिँड्ने तर मलाई मानसम्मान नगर्ने, तेरो परिवार देखेर मलाई डाह लाग्थ्यो, त्यही भएर दुःख दिएको भन्थिन्’ घटना सुनाउँदै नाम नखुलाइदिन अनुरोध गर्दै एक प्रत्यक्षदर्शीले भने, ‘के गर्‍यो भने छाड्छेस् त भनेर सोध्दा मलाई रातो भालेको मासु र भात दे अनि छाड्छु भन्थिन् ।’ कपाल लुछ्ने, कुट्ने, मुखमा थुक्ने गर्दा जानुकाको गाला सुन्निएको र ओठ काटेर रगत बगेको उनले बताए । पार्वतीले घटनाको फोटो र भिडियो खिच्न विद्यालयका परिचर खिलबहादुर श्रेष्ठलाई आफ्नै मोबाइल दिएकी थिइन् । तर, फोटो भने सार्वजनिक गरिएको छैन । दिनभर विद्यालयमा आफ्नो परिवारको बेइज्जत गरेको भन्दै सोही कक्षा (कक्षा आठ) मा पढ्ने मखना श्रेष्ठका नातिनीहरू वर्षा र सन्तोषी घरमा पुगेपछि भक्कानिएर रोएका थिए । घटनापछि मखनाका परिवारले गाउँमा कचहरी गरेका थिए । ‘हामीले किन बोक्सीको आरोप लगाएको भनेर कचहरीमा पनि सोध्यौं’, मखनाकी छोरी भावना श्रेष्ठले भनिन्, ‘बिरामीको मुखबाटै बोक्सीको नाम आएकाले झुटा आरोप नभई मखना साँच्चै बोक्सी भएको दाबी गरे । गल्दै गलेनन् ।’ पीडित मखना श्रेष्ठले गाउँपालिकाकी उपप्रमुख इन्दिरा तिवारीसमक्ष र ताङ्लिचोक प्रहरी चौकीमा उजुरी दिएकी छन् । ‘बोक्सीको आरोप लगाएकाले अनुसन्धान गरी कारबाही गरिपाऊँ भन्ने व्यहोराको उजुरी आएको छ’, गाउँपालिकाकी उपप्रमुख तिवारी भन्छिन्, ‘पार्वतीको अर्को छोरी मोटरसाइकल दुर्घटनामा परी अस्पतालमा बस्नुपरेकाले दोहोरो छलफल गराउन पाइएको छैन ।’ अस्पतालमा अर्को कुरुवा राखेर यथाशीघ्र उपस्थित हुन आग्रह गरेको तिवारीले बताइन् । प्रहरी चौकीका इन्चार्ज प्रहरी हवल्दार दीननाथ चौधरीले उजुरी छानबिनका लागि जिल्ला प्रहरी कार्यालयमा पठाएको बताएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending