Khabar Dabali २ बैशाख २०८३ बुधबार | 15th April, 2026 Wed

अनिदो बसेर विमान दुर्घटनाका मृतकको पोस्टमार्टम गर्दै डाक्टर

\"\"काठमाडाैं । विमान दुर्घटनामा दिवंगतहरूको शव पोस्टमार्टम गर्ने डा.हरिहर वस्तीले मध्यरातिदेखि मंगलबार बिहान दुई बजेसम्म शववरिपरि बिताए। सोमबार राति १० बजे शव अस्पताल पुर्‍याएपछि त्यसको पोस्टमार्टम मध्यरातबाट सुरु भएको थियो। विमान दुर्घटनापछि झन्डै दर्जन चिकित्सकले घटनाको प्रकृति र परिस्थितिबारे जानकारी लिएका थिए । आजको अन्नपूर्णमा खबर छ-शिक्षण अस्पताल पुर्‍याइएका शवको बाह्य अवलोकन गरे। सनाखत गर्न मिल्ने खालका लक्षण केलाए। शोकाकुल परिवारझैं विमान दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको पहिचानको प्रयास गर्दै पोस्टमार्टममा संलग्न चिकित्सक पनि अनिदो बसे। डा. वस्तीले भने, ‘पाँच घण्टा पनि सुतिएको छैन। बिहान साढे आठ बजे आइहालियो।’ सबैेको शवको पोस्टमार्टम सक्न झन्डै एक साता लाग्न सक्ने उनले अनुमान गरेका छन्। पोस्टमार्टमलगायत अन्य कार्य गर्न शिक्षण अस्पतालका रेसिडेन्टसमेत गरी १२ जना चिकित्सक खटिएका छन्। त्रिवि, शिक्षण अस्पतालको फरेन्सिक विभागका विभागीय प्रमुख डा. प्रमोद श्रेष्ठको नेतृत्वमा चारवटा समूहमा विभाजन भएर चिकित्सकले विभिन्न पक्षको सूक्ष्म विश्लेषण गरेका छन्। तीनवटा शवको पोस्टमार्टम भइसकेको छ। त्रिवि शिक्षण अस्पताल फरेन्सिक विभाग परिसरमा उभिएका आफन्तलाई सम्झाउन व्यस्त देखिन्थे चिकित्सक। उनीहरू शोकाकुल आफन्तलाई धैर्य गर्न आग्रह गर्दै थिए। ‘शव पहिचानका लागि नागरिकता चाहिन सक्छ,’ डा.वस्ती सुझाव दिँदै थिए, ‘अरूबाट केही पार लागेन भने औंठा छापबाट पनि पत्ता लाग्न सक्छ। त्यही भएर नागरिकता पनि समावेश गरिदिनुहोला।’ ५१ जना मृतकको हुलियासहित सबै जानकारी संकलन भएपछि विश्लेषण गर्दै क्रमशः पोस्टमार्टम गरिनेछ। डा. वस्तीसामु मंगलबार बिहान अर्का एक पीडित अघि सर्दै मृतकको हुलिया लेख्ने फारम नभएको गुनासो पोखे। ‘मसँग त फारम नै छैन,’ डा. वस्तीले जवाफ फर्काए। विशेष परिस्थिति भएकाले विशेष किसिमले पोस्टमार्टम हुने हो ? अर्का पीडितले प्रश्न गरे। धेरै व्यक्तिको निधन भएका कारण पोस्टमार्टम गरी शव बुझाउन गल्ती हुन सक्ने हुँदा धैर्य गर्न डा. वस्तीले पुनः आग्रह गरे। उनले भने, ‘गल्ती नहोस् भनेर तपाईं–हामी सबै सजग हुनुपर्छ। त्यही भएर सुरुदेखि नै व्यवस्थित तरिकाले पोस्टमार्टम गर्न खोजेका हौं।’ एक पीडितले हुलियासहितको फर्म भरेको देखाएपछि डा. वस्तीले फेरि सम्झाए। उनले थपे, ‘कुन कपडा लगाएर हिँडेको हो ? भन्ने कुरा त फोन गरेर पनि बुझ्न सकिन्छ। त्यो हुलिया छ भने भर्नुस्।’ उनी कानुनी प्रमाणका रूपमा लिइने उल्लेख गर्दै गलत सनाखत भएको अवस्थामा डकुमेन्ट पेस गरी हस्ताक्षर गर्ने व्यक्ति नै जवाफदेही हुने बताउँदै थिए। पोस्टमार्टम गर्न र आफन्तले दिएको विवरणको तुलना गरी विश्लेषण गर्न आफूहरूलाई समय दिन पटक–पटक आग्रह गरिरहेका थिए। उनले भने, ‘हाँसेको फोटो भयो भने सजिलो हुन्छ। दाँतले डीएनएजत्तिकै काम गर्छ। दाँत जलेर पनि नासिएको हुँदैन। छिट्टै जलिहाल्दैन।’ सामान्यतयाः दाँतको नम्बर, युनिकनेस अलग-अलग हुने भएकाले एक अर्काबीच मेल खाँदैन। फरेन्सिक विभागका विभागीय प्रमुख एवं शव पहिचान टिमका संयोजक डा. श्रेष्ठले दाँतको पहिले गरेको उपचार गरेको त्यो कार्ड भए ल्याउन आग्रह गरे। उनले भने, ‘अन्तिम उपाय भनेको डीएनए परीक्षण हो।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending