Khabar Dabali ६ माघ २०८२ सोमबार | 19th January, 2026 Mon
Investment bank

सुरक्षा माग गर्दै प्रमुखविरूद्ध उपप्रमुखको उजुरी

काठमाडाैं । धनुषाको हंसपुर नगरपालिकाकी उपप्रमुख रेणु झाले प्रमुख रामज्ञान मण्डलविरुद्ध शान्ति सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएकी छन् । प्रमुख मण्डलले फागुन २८ गते नगरपालिकाको विशेष साधारणसभा बोलाउने निर्णय गरे पनि आफूलाई जानकारी नदिएपछि जानकारी लिन उपप्रमुख झा बघचौडामा रहेको नपाको कार्यालय पुगेकी थिइन् । आजको अन्नपूर्ण पोष्टमा खबर छ-झाने भनिन्, विशेष साधारणसभा बोलाउने विषयमा निर्णय गर्दा पनि आफूलाई किन सोधिएन भनेर प्रमुखज्यूलाई प्रश्न गर्दा उनले बडो असभ्य भाषामा जवाफ फर्काए। उनको भनाइअनुसार प्रमुखले आफूसँग दुईतिहाइ बहुमत भएको दम्भ देखाउँदै उपप्रमुखलाई सोधिराख्नु पर्ने वा जानकारी गराउनुपर्ने कुनै आवश्यकता नठानेको जवाफ दिएका थिए। त्यसपछि कार्यालयमा विवाद भएको थियो। प्रमुख मण्डलको गैरजिम्मेवारी जवाफ आएको भन्दै उपप्रमुखसँगै गएका केही वडाध्यक्ष तथा सर्वसाधारणले मनमौजी रुपमा नगरपालिका चलाउन नपाइने भन्दै होहल्ला गरेका थिए। एकलौटी रुपमा निर्णय गरेको भनदै उपप्रमुख पक्षमा रहेका सर्वसाधारणले कार्यालयको कार्यकक्षमा ताल्चा लगाएपछि विवाद झनै उग्र बनेको थियो। स्थानीयहरुसँग कुरा गरी विवादलाई केही साम्य पारेर उपप्रमुखले प्रमुख झा विरुद्ध सोझै जिल्ला प्रशासन कार्यालय धनुषा पुगी शान्ति सुरक्षार्थ निवेदन दर्ता गराएकी हुन्।  ‘महिला भएकै कारण उप्रमुखलाई निर्णय प्रक्रियामा सहभागी नगराउने, दुई तिहाइको दम्भ देखाउँदै मनमौजी निर्णय गर्नेजस्ता क्रियाकलाप पहिले देखि हुँदै आए पनि हालसम्म चुपलागेर बेसकी थिए’, उपप्रमुख झाले भनिन्, ‘तर आफ्नो अधिकार नै खोसिन थालेपछि आवाज उठाउन बाध्य भएकी हूँ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending