Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

‘किमसँगको वार्ताका जोखिमबारे ट्रम्प जानकार’

\"\"अमेरिकी गुप्तचर निकाय सिआइएका निर्देशक माइक पोम्पेओले उत्तर कोरियाली नेता किम जङ अनलाई भेट्ने राष्ट्रपति डोनल्ड ट्रम्पको निर्णयको बचाउ गर्दै त्यसमा रहेका जोखिमलाई ट्रम्पले बुझेको बताएका छन्।

फक्स समाचार संस्थासँग आइतबार कुरा गर्दै \'नाटकका लागि नभई\' समस्या समाधान गर्न ट्रम्पले वार्ता गर्न लागेको उनले बताए। राष्ट्रपति ट्रम्पले शिखर बैठकले \'विश्वका लागि महान सम्झौता\' दिलाउन सक्ने बताएका छन्। तर आलोचकहरूले चाँहि वार्ता ठिक ढंगले अघि नबढे दुई देशहरू पहिले भन्दा झन खराब अवस्थामा पुग्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। अहिलेसम्म कुनै पनि बहालवाला अमेरिकी राष्ट्रपतिले उत्तर कोरियाली नेतासँग भेटवार्ता गरेका छैनन्। दक्षिण कोरियाली दूतहरुले उत्तर कोरियाली नेता वार्ताका लागि इच्छुक रहेको खबर बिहीवार ल्याएपछि आफ्नै प्रशासनका उच्च अधिकारीलाई समेत आश्चर्यमा पार्दै ट्रम्पले वार्तामा बस्न आफू तयार रहेको बताएका थिए। उत्तर कोरियालाई परमाणू अस्त्रबाट मुक्त गर्ने हिसाबमा सन् २००३ यता भएका वार्ता विफल भएका थिए। सिआइएका निर्देशक पोम्पेओले ट्रम्प प्रशासनले उत्तर कोरियासँगका वार्ताका चुनौतीबारे चनाखोपूर्वक हेरिरहेको बताए। उनले उत्तर कोरियाली अर्थतन्त्र अहिलेजति जोखिममा कहिल्यै नरहेको र उत्तर कोरियाली नेतृत्वले यसपटकको जति दबाब विगतमा नखेपेको बताएका छन्। अमेरिकी नेतृत्वमा लगाइएका प्रतिबन्धले उत्तर कोरियालाई वार्ताका टेबलमा बस्न दबाब दिएको उनको भनाई छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ अनबीच शिखर बैठक गराउने कूटनीतिक प्रयासको केन्द्रमा रहेका दक्षिण कोरियाली दूतहरु हालसम्मका प्रगतिबारे जानकारी गराउन चीन र जापानतर्फ गइरहेका छन्। सोलका दुई उच्च पदस्थ सुरक्षा अधिकारीहरूले अघिल्लो हप्ता किमको सन्देश राष्ट्रपति ट्रम्पलाई दिएका थिए। त्यसलगत्तै बैठकका लागि तयार भएको अप्रत्यासित घोषणा ट्रम्पले गरेका थिए। उक्त घोषणापछि मात्रै अमेरिकी राष्ट्रपतिले चीन अनि आफ्नो साझेदार जापानलाई त्यस विषयमा जानकारी दिएका थिए। वार्ताको समय र स्थानबारे सहमति हुन बाँकि छ। विवरणहरूका अनुसार चीन त्यस्तो शिखर बैठक आयोजना गर्नका लागि तत्पर छ। तर स्विट्जरलण्ड, स्विडेन वा दुई कोरिया छुट्याउने सैन्य बलको उपस्थित नभएको पाममुनजोम सहितका स्थानका बारेमा पनि कुराहरू भएका छन्। बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending