Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

किम-ट्रम्प प्रस्तावित भेटबारे चीनले दियो यस्तो प्रतिक्रिया

\"\"संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जङ-अनसँग आगामी मे महिनाको अन्त्यमा हुने भनिएको भेटलाई चीन र दक्षिण कोरियाले स्वागत गरेका छन् ।

जापानले भने उत्साहहीन प्रतिक्रिया दिंदै प्योङयाङमाथि अधिकतम दबाबका साथ प्रस्तुत हुन ट्रम्पलाई आह्वान गरेको छ । यसअघि राष्ट्रपति ट्रम्प र नेता किम जङ-अनबीच आगामी मे महिनाको अन्त्यमा प्रत्यक्ष भेट हुने घोषणा गरिएको थियो। एकअर्काविरुद्ध महिनौँसम्म चलेको वाकयुद्धपछि अप्रत्याशित रुपमा यी दुई नेताबीच हुन लागेको भेट लाई निकै चाखपूर्वक हेरिएको छ। दक्षिण कोरियाका राष्ट्रपति मून जे-इनले भेट बारेको खबर, उनकै शब्दमा, एउटा चमत्कार जसरी आएको बताएका छन्। राष्ट्रपति ट्रम्पसँग भएको भेटवार्ताका क्रममा दक्षिण कोरियाली अधिकारीहरुले नेता किमको मौखिक सन्देश सुनाउँदै उनी परमाणु निरस्त्रीकरणका लागि प्रतिबद्ध भएको जनाएका थिए। राष्ट्रपति ट्रम्पले ठूलो प्रगति हासिल भएको भन्दै स्वागत गरेका छन् तर उत्तर कोरियामाथि लागेका प्रतिबन्धहरु कायमै रहने उनको भनाइ छ। दुई कोरियाबीच हुने भनिएको अन्तर कोरियाली शिखरबैठकपछि ट्रम्प र किमबीच भेट भएमा कोरियाली प्रायद्वीपको पूर्ण निरस्त्रीकरणलाई सही मार्गमा ल्याउन सकिने विश्वास दक्षिण कोरियाली राष्ट्रपति मूनको छ। वासिंग्टन पोस्ट समाचारपत्रलाई उपलब्ध गराइएको विज्ञप्तिमा संयुक्त राष्ट्रसंघका लागि उत्तर कोरियाका दूतले, उनकै शब्दमा, नेता किमको साहसिक निर्णय कोरियाली प्रायद्वीप तथा पूर्वी एसिया क्षेत्रमा शान्ति र स्थायीत्व हासिल गर्नका लागि सहयोगी हुने उल्लेख गरेका छन्। तर संवाददाताहरु भन्छन् विगतमा भएका वार्ताका क्रममा पनि उत्तर कोरियाले उसका परमाणु तथा क्षेप्यास्त्र परीक्षणहरु स्थगन गर्ने गरेको थियो तर चित्त नबुझेपछि वा धैर्यता गुमाएपछि उसले पुनः परीक्षणहरू जारी राखेको थियो। गत वर्ष आफ्नो आकाश हुँदै दुई पटकसम्म उत्तर कोरियाले क्षेप्यास्त्र उडाएको देखेको जापानले भने भेटका सम्बन्धमा आशंकाहरु व्यक्त गरेको छ। उत्तर कोरियाले निरस्त्रीकरणका लागि ठोस कदमहरु नचालेसम्म जापानले अधिकतम दबाब दिइरहने जापानी प्रधानमन्त्री शिन्जो आबेले बताएका छन्। ट्रम्प र किमबीच कहाँ भेट हुने भनेर अहिलेसम्म केही तय भएको छैन तर दुई कोरियाबीचको सैन्यमुक्त क्षेत्र वा बेइजिङ सम्भावित विकल्पका रुपमा हेरिएका छन्। अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले वार्ता गर्नका लागि प्रबन्ध मिलाउन केही हप्ता लाग्न सक्ने जनाएका छन्।बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending