Khabar Dabali १५ बैशाख २०८३ मंगलवार | 28th April, 2026 Tue

दानवीरको नाममा आँखा उपचार केन्द्र स्थापना

\"\"नेपालगञ्ज ।  नेपालगञ्जस्थित फत्तेवाल आँखा अस्पताललाई काठमाडौँको आफ्नो करिब रु एक अर्बको घरजग्गा दान गर्ने दानवीर श्रीजङ शाह र उनकी धर्मपत्नी रुद्रकुमारी शाहको नाममा बर्दियामा आँखा उपचार केन्द्र स्थापना गरिएको छ । फत्तेवाल आँखा अस्पतालका वरिष्ठ प्रबन्धक कौशलकुमार वर्माका अनुसार बर्दियाको भुरीगाउँ र मगरागढीमा ‘श्रीजङ÷रुद्रकुमारी आँखा उपचार केन्द्र’ स्थापना गरी सञ्चालनमा समेत ल्याइएको छ । यसैगरी, उहाँहरुको अर्धकदको शालिक फत्तेवाल आँखा अस्पतालको परिसरमा निर्माण गरिने निर्णय पनि गरिएको छ । शालिकको निर्माण सम्पन्न भएपछि दानवीरद्वय श्रीजङ शाह र रुद्रकुमारी शाहबाट अनावरण गराइने प्रबन्धक वर्माले बताए । पच्चीस वर्ष अघि दानवीर श्रीजङका पिता फत्तेजङ शाहले आफ्नी धर्मपत्नी स्व बालदिव्येश्वरी शाहको सम्झनामा नेपालगञ्जमा आँखा अस्पताल सञ्चालनका लागि करोडाँै मूल्यको घरजग्गा दान दिएपछि ‘फत्तेवाल आँखा अस्पताल’ मा सञ्चालनमा आएको थियो । सो अस्पतालमा प्रदेश ५, ७ र कर्णाली प्रदेशका विभिन्न जिल्लाका साथै सीमावर्ती भारतबाट समेत दैनिक सयौँको संख्यामा आँखाका बिरामी उपचारका लागि आउने गर्छन् । यसैगरी, फत्तेवाल आँखा अस्पतालले हाल प्रदेश नं ५ को बर्दियाको राजापुर, बाँसगढी, भुरीगाउँ, मगरागढी र सानोश्री तथा कर्णाली प्रदेशको दैलेखको दुल्लु र सुर्खेतको मेहलकुनामा पनि आँखा उपचार केन्द्र स्थापना गरी सेवा प्रवाह गरिरहेको छ । नेपाल नेत्रज्योति संघ, बाँकेका अध्यक्ष रतनकुमार टण्डनका अनुसार नेपालगञ्जस्थित फत्तेवाल आँखा अस्पतालले वार्षिक सरदर एकलाख २० हजार आँखाका बिरामीलाई बहिरंग र १२ हजारलाई शल्यक्रिया सेवा उपलब्ध गराउँदै आएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending