Khabar Dabali ६ माघ २०८२ सोमबार | 19th January, 2026 Mon
Investment bank

नौ सामुदायिक विद्यालय खारेज

 

\"\"रुकुम । रुकुम (पश्चिम भाग)को आठबीसकोट नगरपालिकाले नौ विद्यालय खारेज गर्ने निर्णय गरेको छ ।

नगरपालिकाभित्र रहेका ६१ सामुदायिक विद्यालयमध्ये नौ विद्यालयलाई पूर्णरुपमा खारेज गर्ने निर्णय नगर शिक्षा समितिले गरेको हो । भौतिक पूर्वाधार, विद्यार्थी संख्या र शैक्षिक गुणस्तर मापनका आधारमा ती विद्यालयलाई नजिकको अर्काे विद्यालयमा पूर्णरुपमा गाभ्ने निर्णय भएको समितिले जनाएको छ । एक महिनाको समय लगाएर गरिएको विद्यालय अनुगमनबाट प्राप्त प्रतिवेदनको आधारमा नौ विद्यालयलाई पूर्ण गाभिने र १६ विद्यालयको कक्षा घटाउने निर्णय भएको नगर प्रमुख गोर्खबहादुर केसीले जानकारी दिए । पढाइको गुणस्तर सुधार्न विद्यालय खारेज तथा तह घटाउने निर्णय भएको बताइएको छ । “न्यूनतम पूर्वाधार पूरा नभएका, विद्यार्थी संख्या न्यून रहेका, विद्यालयको दूरी ३० मिनेटभन्दा कम भएका र शैक्षिक गुणस्तर न्यून भएका विद्यालय खारेजीमा परेको उनको भनाइ छ । विद्यालय गाभिएपछि शैक्षिक सुधार हुनाका साथै भौतिक पूर्वाधार अभाव नहुने गरेर सबै व्यवस्था मिलाउने तयारी गरिएको छ । नगरपालिकाभित्र रहेका चित्रिपाटन आधारभूत विद्यालय वडा नं ४, मस्टकैलाश तथा जलदेवी आधारभूत विद्यालय वडा नं ५, जोलीपीपल तथा जनचेतना र दीपज्योति आधारभूत विद्यालय वडा नं ९ लाई खारेज गरिएको छ । यसका साथै साइराम आधारभूत विद्यालय वडा नं १०, जनभावना आधारभूत विद्यालय वडा नं ११ र जनविकास आधारभूत विद्यालय वडा नं १२ पनि खारेजीमा परेका छन् । ती विद्यालयका शिक्षक तथा विद्यार्थी र अन्य भौतिक सम्पत्ति नजिकको विद्यालयमा गाभिएको नगर प्रमुख केसीले बताए । भौतिक पूर्वाधारको अभाव भएका र विद्यार्थी संख्या कम भएका अन्य १६ विद्यालयको तह घटाउने निर्णयसमेत भएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending