Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

महिनावारी के कारणले सुक्छ ? के-के असर गर्छ ?

\"\"उमेरअनुसार शरीरका विभिन्न अंगले विशेष काम गरिरहेका हुन्छन् । उमेर बढेसँगै विभिन्न अंगको पनि विकास हुँदै जान्छ र सोहीअनुसार काम गर्न थाल्छ । महिलामा हुने महिनावारीको हकमा पनि यो लागू हुन्छ । खासगरी किशोर अवस्थामा महिलामा महिनावारी सुरु हुन्छ । जुन एक–एक महिनाको अवधिमा हुने गर्छ । नियमित महिनावारी स्वस्थ शरीरको सूचकांक पनि हो । तर, प्रौढ अवस्थामा महिनावारी बन्द हुन्छ । जसका कारण महिलाले बच्चा जन्माउन पनि अक्षम हुन्छन् । महिनावारी सुक्ने कारण र त्यसले निम्त्याउने परिणामबारे नयाँ पत्रिकामा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. भोला रिजालले यस्तो लेखेका छन् । यसरी सुक्छ महिनावारी सुक्नु महिलामा आउने सामान्य परिवर्तन हो । सामान्यतया ४०–४५ वर्षको उमेर पार गरिसकेपछि महिनावारी सुक्ने हुन्छ । उमेर बढ्दै जाँदा अण्डाशयमा डिम्बको संख्या घट्दै जान्छ र रित्तिन्छ । डिम्ब रित्तिएपछि अण्डाशयबाट अण्ड निस्कन बन्द हुन्छ । फलस्वरूप रजोनिवृत्ति हुन्छ । ४० वर्षको उमेर पार गरिसकेका महिलामा यस्ता डिम्बको संख्या न्यून हुन्छ । अण्डाशयबाट डिम्ब रित्तिने क्रममा महिनावारी अनियमित हुन थाल्छ र बिस्तारै सुकेर जान्छ । सुक्ने समय समस्या महिनावारी सुक्ने समय महिनावारी गडबड हुन्छ । यस्तो गडबडी महिनावारी सुक्नुभन्दा तीनदेखि पाँच वर्षपहिलेबाट नै सुरु हुन्छ । यस्तो वेला महिलामा कमजोर भएको अनुभूति हुनुका साथै अन्य समस्या पनि देखिन्छन्, जस्तै : थकाइ लाग्ने, शरीर तात्ने, पोल्ने, औडाहा हुने, पसिना आउने, रातमा निद्रा नपर्ने, कोही मानिस बोल्दा झन्झट लाग्ने, चिडचिडापन हुने आदि । कतिपयलाई त डिप्रेसनको समस्यासमेत देखिन सक्छ । [caption id=\"attachment_178454\" align=\"alignleft\" width=\"509\"]\"\" डा. भोला रिजाल[/caption] यति मात्र नभएर महिनावारी सुकेका महिलामा हाडजोर्नी खिइने समस्या बढी हुन्छ । त्यस्तै ढाड, जोर्नी दुख्ने, मेरुदण्डको हाड खिइएर नसा च्यापिनेजस्ता समस्या पनि निम्तिन्छ । जसका कारण हातगोडा झमझमाउनेलगायतका समस्या देखिन थाल्छन् । महिनावारी सुक्ने समय योनि सुक्खा हुने, योनिको बाहिरी भाग चिलाउने र पोल्ने हुन सक्छ । महिनावारी सुकेपछि यौनेच्छा पनि कम भएर जान्छ । सुक्खा हुने कारण महिनावारीपछि शारीरिक सम्पर्क गर्दा योनिमा दुखाइ हुन्छ । महिनावारी सुकेपछि पिसाब तथा हाडजोर्नीसम्बन्धी समस्या बढेर जान्छ । हाडजोर्नी खिइएमा नियमित योग, व्यायाम तथा फिजियोथेरापी गरेर यसको समाधान गर्न सकिन्छ । हाडजोर्नी र पिसाबसम्बन्धी समस्या बढेर जाने भए तापनि अन्य समस्यामा भने बिस्तारै सुधार हुँदै जान्छ । व्यवस्थित जीवनशैली अपनाएर कतिपय समस्याको समाधान गर्न सकिन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies