Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

जब बेहुला रित्तै घर फर्केपछि……

[caption id=\"attachment_48629\" align=\"alignleft\" width=\"750\"]\"\" सांकेतिक फोटो[/caption] काठमाडाैं । मिथिलामा समान्यतया विवाहपछि बेहुली बेहुलाको घरमा जाने चलन छ । तर महोत्तरीको जलेश्वर नगरपलिका –१२ नैन्हीमा बिहे गर्न गएका बेहुला बेहुली नलिर्इ घर फर्कनुपरेपछि यतिवेला यो घटना जिल्लामा चर्चाको विषय बनेको छ । अाजको नयाँ पत्रिकामा खबर छ-महोत्तरीको लोहरपट्टी नगरपालिका –८ भ्रमरपुरा बस्ने किशोरी यादवका छोरा दिपेशकुमार यादवको महोत्तरीकै नैन्ही बस्ने कमलेशकुमार यादवको छोरी बबिता यादवसँग दुई महिनाअघि नै विवाहको छिनोफानो भयो । बबिताका बुबाको निधन भइसकेकाले आमा र उनका दाई मिन्टु यादवले दुई महिनाअगाडि नै बेहुलाका घरमै गएर विवाहको छिनोफानो गरेका थिए । विवाहका लागि बेहुला पक्षले केही प्रस्ताव गरेनन् । आफूखुसी सरसमान दिन दुवै पक्ष सहमत भयो र ११ फागनुमा लगन हेरियाे । ११ फागुनकाे राति ९ बजे बेहुला पक्ष जन्तिसहित बेहुलीको घरमा पुग्याे । बेहुली पक्षले आफ्नो हैसियत अनुसार जन्तिलाई स्वागत सत्कारमा कमी गरेन । सार्वजनिक रुपमै बेहुला बेहुलीको स्वयम्वर भयो । सोही राति हिन्दूसंस्कारअनुसार विवाह सम्पन्न भयो । मिथिलामा विवाह सम्पन्न भएकै राति केटीपक्षका महिलाले बेहुलालाई विभिन्न प्रश्न साेधेर हाँस–परिहाँस गर्दै रमाइलो गर्ने चलन छ । त्यही रमाइलो गर्ने क्रममा स्थानीय महिलारूले बेहुलासँग दुई वटा प्रश्न गरे । तर बेहुलाले उनीहरुको प्रश्नको जवाफ दिन सकेनन् वा जवाफ दिन उचित ठानेनन् । त्यही विषयलाई लिएर बेहुली पक्षले बेहुला मानसिक रूपमा ठीक नरहेको भन्दै बेहुली लैजान नदिने बताएपछि अाराेप–प्रत्याराेप सुरू भयाे । सोही क्रममा स्थानीयले जन्तिहरूलाई कुटपिटसमेत गरेको लोहरपट्टी नगरपालिका बगरा गाउँका जयशंकर यादवले बताए । यता, बेहुला पक्षले आज बेहुली पक्षविरुद्ध जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषामा निवेदन दर्ता गराएकाे छ । बहुली पक्षले आफ्नो सामाजिक प्रतिस्ठामा अाँच पुर्याएकाे तथा ठगी गरेको निवेदनमा उल्लेख गरेकाे छ । नयाँ पत्रिकासँग कुरा गर्दै बेहुला दिपेश यादवले भने, ‘लाखौँ खर्च भयो, केही पैसा साहुमहाजनसँग ऋण पनि लिएको छु । तर, बेहुली पक्षबाट गलत आरोप लगाएर हाम्रो सामाजिक प्रतिष्ठा हनन गर्ने काम भयाे ।’ उनले आफू शारीरिक तथा मानसिक रूमा पूर्णस्वस्थ रहेकाे भन्दै अनाहकमा आरोप लगाएर अपमान गरेको बताए । विवाह हुनुभन्दा अघि नै बेहुलीकी आमा, नातेदारलगायतले आफूसँग पटक–पटक कुराकानी गरेको भन्दै उनले भने, ‘यस्तो घटनामा केटीपक्ष पीडित भएकाे भए आज विभिन्न अधिकारवादी संघसंस्थाले अावाज उठाउँथे । तर मेरो सन्दर्भमा सबै किन चुप छन् ?’ यसैबीच जिल्ला प्रहरी कार्यालय महोत्तरीले छलफलका लागि दुवैपक्षलाई २० गते बोलाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending