Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

वीरगन्जमा हुन्डी कारोवारी पक्राउ

\"\"पर्सा । सवारी साधनको पार्टपुर्जा बिक्रीको आडमा मुद्राको अवैध ओसारपसार (हुन्डी)को कारोबार गर्दै आएका चारजनालाई प्रहरीले आज पक्राउ गरेको छ । वीरगन्जको लिंकरोड स्थित न्यू दक्षिणकाली अटो मोबाइल्समा छापामारी प्रहरीले रु ५५ लाख ६४ हजारसहित चारजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मुख्य कारोबारी भारत बिहार रक्सौल निवासी रितेशकुमार गुप्ता भनिने अग्रवाल, लिंकरोड निवासी राजेश रौनियार, ठेगाना खुल्न नसकेका विमित अग्रवाल र मनोज पटेललाई पक्राउ गरिएको प्रहरी उपरीक्षक डा गणेश रेग्मीले जानकारी दिए । न्यू दक्षिणकाली अटोमोबाइल्सबाट अवैध रकम ओसारपसार हुने गरेको पूर्वसूचनाको आधारमा छापामारी गर्दा कारोबारमा संलग्न दुई दर्जन बैंकका चेकबुक, दुई बोरा खाता, छ थान मोबाइल र नगद बरामद भएपछि आवश्यक अनुसन्धानका लागि चारैजनालाई नियन्त्रणमा लिइएको उपरीक्षक रेग्मीले जानकारी दिए । प्रहरी नियन्त्रणमा रहेका मध्ये भारतीय नागरिक रितेश मुख्य कारोवारी र अन्य सहयोगी रहेकोे अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक रेग्मीले बताए । रितेशले वीरगन्जमा बुझेको रकम अवैधरुपमा अमेरिका, युएई, हङकङ, सिंगापुर, भारतलगायतको देशमा उपलब्ध गराउँदै आएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । अटोमोबाइल्सबाट बरामद भएको सामान र पक्राउ परेका व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय, पर्सामा राखी अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । पक्राउ परेकामाथि संगठित अपराधमा मुद्दा चलाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending