Khabar Dabali ९ माघ २०८२ बिहीबार | 22nd January, 2026 Thu
Investment bank

'भ्यालेन्टाइनः' तपाइँलार्इ परिवारको डरले टाढा जाने समय छैन् ? नजिकै यी ठाउँहरूमा 'डेट' जानुस

एक सातासम्म मनाइने भ्यालेन्टाइन डे फेब्रुअरी १४ मा पर्छ । अाफ्नो प्रेमिकासँग डेटिङ रमाइलो गर्ने सबैको चाहना हुन्छ । कतपय कता गएर घुम्ने भन्ने अन्याैलमा परेका हुनसक्छन् । धेरै टाढा जान नसक्ने अबस्थामा थुप्रै जोडीहरू हुन्छन् । कतिपय नजिकैको रमाइलो वातावरणका ठाउँहरूको खोजीमा पनि हुन्छन् । कतिपयलार्इ टाढा जान परिवारको डर पनि हुन्छ । राजधानी नजिकै यस्ता थुप्रै ठाउँ छन्, जहाँ बसेर मज्जा लुट्न सकिनेछ । त्यस्तै हाम्रै वरिपरि पनि त्यस्ता रमणीय ठाउँहरु छन् जहाँ रमाइलो गर्नुको मज्जा छुट्टै छ। समय थोरै र कम बजेटले धेरै आनन्द लिने ठाउँहरु प्रशस्त पाइन्छ । \"\" भोटेचौर सिन्धुपाल्चोकको  भोटेचौरमा रहेको चियाबगानले जो कोहिलाई पनि चाडै आकर्षित गर्छ । ‘मिनी इलाम’ को रुपमा चिनिने भोटेचौर काठमाडौंबाट नजिक पनि रहेको छ । कुनै बिशेष दिनमा मात्रै होईन भोटेचौरमा जहिले पनि घुम्न र रमाईलो गर्न जानेको संख्या बढ्दो छ । काठमाण्डौंको चावहिलबाट करिब ३५ किलोमिटरको दुरीमा रहेको भोटेचौर प्राकृतिक सुन्दरताले जति भरिपूर्ण छ त्यति नै रोन्मान्टिक पनि छ । भौटेचौरबाट जुगल हिमश्रृखलाले जिस्काइरहँदा जो कोहि मन छुट्टै आनन्द आइरहेको हुन्छ । जहाँ चियाबगानको जोडि लुकामारी खेल्दा र ट्राउट माच्छाको स्वादले एक पटक गएपछि दोहो¥याएर जान कोहि पनि हिच्किच्याउँदैनन् । राजधानीबाट नजिक रहेको भोटेचौर घुम्नका लागि उपयुक्त ठाउँ हो । जहाँ सुविधायुक्त होटलहरु पनि छन् । सोहि दिन फर्कने हो भनेपनि नजिक रहेको छ । \"\" चन्द्रागिरी स्थापनाको छोटो समयमै ख्याति कमाएको ठाउँ हो चन्द्रागिरी । काठमाण्डौंबाट नजिक रहेको चन्द्रागिरी घुम्नको लागि प्रख्यात गन्तव्य हो । यहाँ गएर केबलकार चढेर छुट्टै आनन्द लिन पाइन्छ । यहाँ भालेश्वर महादेव मन्दिर पनि छ । मन्दिर गएर जोडिहरु पुजा गरेर वाचा/कसम पनि खाने गरेका छन् । प्राकृतिक सौन्दर्यता, ऐतिहासिक र त्यहाँबाट देखिने काठममाडौं उपत्यका तथा चित्लाङ गाउँको मनोरम दृश्यावलकेन गर्न सकिन्छ । रमणीय वातावरण भएकाले पछिल्लो समय थुप्रै मानिसहरु चन्द्रागिरी जाने गरेका छन् । \"\" गोदावरी सातदोबाटोबाट बस चढेको १० किलोमिटरपछि पुगिन्छ ललितपुरको गोदावरी । काठमाण्डौंबाट नजिक भएर पनि होला जहाँ भ्यालेन्टाइनको दिन जत्तिकै अरुपछि पनि भिडभाड हुन्छ । पिकनिकको लागि पनि उपयुक्त ठाउँ हो गोदावरी । घुम्नका लागि रमणीय ठाउँ छ । \"\" सुन्दरीजल कुनै नौलो ठाउँ होईन् सुन्दरीजल । शिवपुरी–नागार्जुन निकुन्ज क्षेत्रको जंगलको बिचमा छ । जहाँको खोल्साबाट बगेको पानी छ्याप्दै आफ्नो भरपुर मनोरन्जन गर्न सकिन्छ । ५० रुपैंया शुल्क तिरेर टिकट लिएपछि सुन्दरीजलमा दिनभर प्रेमिल आनन्द लिएर बस्न पाइन्छ । काठमाडौं बसपार्कबाट १६ किलोमिटर बसमा गएपछि सुन्दरीजल पुगिन्छ । \"\" ककनी काठमाडौंको माछापोखरीबाट बस चढेर २० किलोमिटर यात्रा गरेपछि नुवाकोट जिल्लाको ककनी पुगिन्छ । जहाँ पुगेपछि हरियालीको सौन्र्दयताले भरपुर मनोरन्जन लिन सकिन्छ । जहाँको प्राकृतिक सुन्दरताकै कारण रमाइलो गर्न जानेहरु छन् ककनीमा । त्यहाँ स्टेबरी र ट्राउट माछाको स्वादले खुब मनोरनजन लिन पाइन्छ । \"\" स्वप्न बगैंचा काठमाण्डौं ठमेल जति चर्चित छ, त्यहाँभित्रको स्वप्न बगैंचा पनि त्यत्तिकै चर्चित छ । उपत्यका भित्रको चर्चित ठाउँ मध्ये एक हो स्वप्न बगैंचा । जहाँ कुनै पर्वको अबसरमा जमघट हुने ठाउँ हो । नयाँ बर्ष, भ्यालेन्टाइन, क्रिसमस जस्ता दिनहरु प्रेमिल जोडिहरुको लागि सुविधासम्पन्न पार्क छ गार्डेन अफ ड्रिम अर्थात स्वप्न बगैंचा । माछा पोखरी, बगैंचा र क्याफे रहेको बगैंचा केशरमहलसँगै छ । स्वदेशीहरुको लागि मात्रै होईन् विदेशीहरुको लागि पनि रोजाईको डेटिङ स्पट हो । \"\" चिसापानी त्यस्तै घुम्नका लागि अर्को रमणीय ठाउँ हो चिसापानी । जहाँ लाङटाङ र गौरिशंकर हिमालको दृश्यावलोकन पनि गर्न सकिन्छ । सिन्धुपाल्चोक, काठमाण्डौं र नुवाकोटको संगमस्थल पनि हो चिसापानी । घना जंगलमा लुकामारी खेल्दै रमाउनुको मज्जा बेग्लै छ । शिवपुरी निकुञ्जमा टिकट काटेर जंगल र केहि बस्तीहरु नियाल्दै पुग्न पनि सकिन्छ चिसापनी । हाइकिङको लागि पनि उपयुक्त ठाउँ हो । \"\" सदर चिडियाखाना काठमाण्डौं उपत्यकाभित्र पर्ने सदर चिडियाखाना पनि घुम्नका लागि उपयुक्त गन्तव्य हो । ललितपुर जिल्लामा पर्ने उक्त चिडियाखानाभित्र जान भने विहान १० बजेदेखि साँझ ५ बजेभित्र मात्रै पाइन्छ । जहाँ जनावर तथा पंक्षीको अवलोकन मात्र होइन डेटिङका लागि सदर चिडियाखाना धेरैको रोजाईमा पर्छ । शितल र रमणीय स्थल मध्येको एक हो चिडियाखाना । \"\" ह्वाइट गुम्बा सेतो गुम्बा अर्थात ह्वाइट गुम्बा पनि अहिलेको युवापुस्ताको लागि रोजाईको गन्तव्य पर्छ । त्यहाँबाट काठमाण्डौं उपत्यकाको रमणीय ठाउँहरु हेर्न सकिन्छ । शान्त र रमणीय वातारण रहेको ह्वाइट गुम्बामा सवारी साधन मध्ये मोटरसाइकल मात्र पुग्छ । कुनै पर्वहरुमा पैदल हिडेर जोडिहरु रमाइलो गर्दै जाने गरेका छन् । सितापाइलाबाट करिब डेढ घण्टा हिडेपछि ह्वाइट गुम्बा पुगिन्छ । पछिल्लो समय जोडिहरुको लागि रोजाईको गन्तव्य हो । \"\" चोभार चोभार नाम सुन्ने वित्तिकै चलचित्र र म्युजिक भिडियोको लागि चर्चित गन्तव्य भन्ने बुझिन्छ । रमणीय र हिमालको दृश्यावलोकनको हिसाबले पनि रमाइलो भएकाले पनि सुटिङ र घुम्नका लागि उपयुक्त गन्तव्य हो । पछिल्लो समय कुनै विशेष दिन वा पर्वको बेलामा मात्रै नभई चोभारमा बाह्रै महिना घुम्न जानेहरुको जमात ठूलै छ । बल्खुबाट करिब साढे चार किलोमिटर यात्रामा चोभार पुगिन्छ । प्रेमिल जोडिहरुको लागि त्यहाँ रमाइलो थुप्रै ठाउँहरु छन् । भ्यालेन्टाइन श्रृखला-१ पनि पढ्नुहोस्
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending