Khabar Dabali ९ माघ २०८२ बिहीबार | 22nd January, 2026 Thu
Investment bank

एकता संयोजन बैठक आजः माअोवादी भन्छ-पहिला एकता, एमाले भन्छ-पहिला सरकार गठन

[caption id=\"attachment_172293\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption] काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता संयोजन समितिको बैठक अाज बस्ने भएको छ । माओवादीका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच हिजोको वान टु वान छलफलले नेतृत्वकाे व्यवस्थापन र सैद्धान्तिक र सांगठनिक कार्यदल बनाउने बिषयमा छलफलभएसँगै अाज एकता संयाेजन समितिकाे बैठक बाेलाएकाे हाे । बैठकमा एकतासम्बन्धी कार्यप्रगति समीक्षा गर्दै आगामी कार्यभारबारे छलफल गरिने प्रचण्डका प्रमुख स्वकीय सचिव जोगबहादुर महराले बताए । बिहीबार एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच ललितपुरको मानभवनस्थित एक निजी निवासमा एक्लाएक्लै वार्ता भएको थियो । छलफलमा दुवै अध्यक्षले संयोजन समितिको बैठक बोलाएर थप छलफल गर्ने निर्णय गरेका हुन् । एकता समितिको १८ माघको बैठकले दुई अध्यक्षबीच अझै छलफल गर्ने, समितिका नेताहरूबीच पनि अनौपचारिक छलफल गर्ने र समितिको बैठक बसेर कार्यदल गठन गरी एकता प्रक्रिया टुंग्याउने छलफल भएको थियो । बिहीबार दुई अध्यक्षबीच सैद्धान्तिक र भावनात्मक विषयमा छलफल केन्द्रित भएर संयोजन समितिको बैठक बोलाइएको महराले बताए । बिहीबारको छलफल त्यसैको निरन्तरता भएको उनले बताए । ‘पहिलेका बैठककै निरन्तरतास्वरूप छलफल भएको हो, ठ्याक्कै निष्कर्षमा आज पनि पुगिएको छैन । छलफल अझै जारी छ’, उनले भने, ‘थप छलफल गर्न एकता संयोजन समिति बैठक बोलाइने छ।’ ओलीका प्रेस संयोजक चेतन अधिकारीले छलफल सकारात्मक रहेकाले एकता समिति बैठकमा थप छलफल हुने बताए । ‘एकता संयोजन समितिको बैठक शुक्रबार बस्छ, समय तोकिएको छैन । माओवादीले सरकार गठनअघि नै एकता प्रक्रिया टुंगोमा पुर्‍याउन जोड गरिरहेको छ तर एमाले भने सरकार गठन र एकता प्रक्रिया सँगसँगै छलफलमा लगेर टुंग्याउने बताउँदै आएको  छ । र, यो पनि ओली र प्रचण्डबीच ‘वान टु वान’ वार्ता, माओवादी सरकारमा नजाने संकेत
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending