Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

आगामी बजेटलाई तीन खर्ब अपुग, भुकम्प पीडितले पैसा नपाउने सम्भावना

\"\"प्रारम्भिक अनुमानः आगामी वर्षको खर्च र आम्दानी आगामी आर्थिक वर्षको बजेटलाई करिब ३ खर्ब स्रोत कमी हुने अर्थ मन्त्रालयले जनाएको छ । आगामी आर्थिक वर्षमा करिब १५ खर्ब रुपैयाँको बजेट ल्याउनुपर्ने अनुमान अर्थ मन्त्रालयले गरेको छ । तर, हालै बसेको स्रोत समितिको बैठकले सवा १२ खर्बको हाराहारीमा मात्रै स्रोत संकलन गर्न सकिने अनुमान गरेको छ । अाजको नयाँ पत्रिकामा खबर छ-आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको स्रोत चालू आर्थिक वर्षको बजेटभन्दा पनि कम हो । चालू आवमा १२ खर्ब ७८ अर्ब स्रोत जुट्ने भन्दै सोही आकारको बजेट सार्वजनिक गरिएको थियो । \"\" प्रारम्भिक रूपमा स्रोतको समीक्षा गर्दा आगामी बजेटअनुरूप कम नै हुने देखिएको अर्थसचिव शंकरप्रसाद अधिकारीले बताए । प्रदेशको विभाज्य कोषमा जाने राजस्वको हिस्साबाहेक करिब सवा १२ अर्बजति स्रोत जुट्ने प्रारम्भिक अनुमान गरिएको जानकारी उनले दिए । ‘बजेटको स्रोतमा निश्चय पनि दबाब छ । यद्यपि, संघीय संरचनामा कुन–कुन निकाय रहने, कसरी रहने र कति कामहरू तल्ला तहमा जाने भन्ने कुराको यकिन भएपछि मात्रै संघीय बजेट कत्रो हुने टुंगो लाग्छ,’ उनले भने । केन्द्रमा कति निकाय रहने र कति तल जाने भन्ने विषयको टुंगो नलागेका कारण स्रोत समितिले मन्त्रालयहरूलाई बजेटको सीमासमेत दिन नसकेको उनले बताए । संघीय र तल्ला तहका कार्यालय र काममा दोहोरोपन आयो भने बजेटले धान्न नसक्ने भन्दै उनले पहिला त्यो विषय मिलाउनुपर्ने बताए । आगामी वर्ष केन्द्रीय बजेटका लागि यस वर्षभन्दा २ अर्ब रुपैयाँ मात्रै बढी अर्थात् ७ खर्ब ३२ अर्ब रुपैयाँ राजस्वबाट प्राप्त हुने अनुमान अर्थ मन्त्रालयको छ । सरकारले चालू आर्थिक वर्षमा ७ खर्ब ३० अर्ब राजस्व संकलनको लक्ष्य राखेको छ । अहिलेसम्म राजस्वको सबै हिस्सा केन्द्रले प्रयोग गर्दै आए पनि आगामी वर्षदेखि भने मूल्य अभिवृद्धि कर र आन्तरिक अन्तःशुल्कको १५ प्रतिशत प्रदेश र स्थानीय तहलाई बाँड्नुपर्नेछ । यसले केन्द्र सरकारलाई प्राप्त हुने राजस्व घट्नेछ । त्यस्तै, वैदेशिक अनुदानसमेत आगामी आर्थिक वर्ष यो वर्षको भन्दा कम हुने अनुमान अर्थ मन्त्रालयले गरेको छ । यो वर्ष ७२ अर्ब वैदेशिक अनुदान प्राप्त हुने अनुमान सरकारको छ । त्यस्तै, वैदेशिक ऋणसमेत यो वर्षको तुलनामा करिब २० अर्ब मात्रै बढाउन सकिने स्रोत समितिले ठहर गरेको छ । वैदेशिक अनुदान र ऋणमध्ये अधिकांश परियोजनासँग जोडिएर आउने गर्छ । सरकारले यो वर्ष १ खर्ब ४५ अर्ब आन्तरिक ऋण उठाउने योजना बनाएको छ । आगामी वर्ष यसमा पनि करिब २० प्रतिशत बढाउन सकिने अनुमान स्रोत समितिले गरेको छ । यही वर्ष नै सरकारलाई स्रोत जुटाउन गाह्रो परिरहेको सन्दर्भमा आगामी वर्षको बजेटलाई रकमको जोहो गर्नु चुनौतीपूर्ण हुने अर्थ मन्त्रालयका वैदेशिक सहयोग महाशाखा प्रमुख केवलप्रसाद भण्डारीले बताए । आन्तरिक ऋणलाई अलि बढी जोड दिन त सकिएला, तर त्यसले मात्रै बजेटलाई थेग्न गाह्रो छ, उनले भने । \"\" स्थानीय तहलाई ६ खर्ब ७० अर्ब बजेट आगामी आर्थिक वर्षमा प्रदेश र स्थानीय तहमा करिब ६ खर्ब ७० अर्ब बजेट जाने भएको छ । आगामी आर्थिक वर्षमा करिब १५ खर्बको बजेट निर्माण हुने र त्यसको कम्तीमा करिब ४५ प्रतिशत तल्लो तहमा जाने अर्थ मन्त्रालय स्रोतले जनाएको छ । चालू आर्थिक वर्षमा प्रदेश र स्थानीय तहलाई २ खर्ब ३२ अर्ब रुपैयाँ प्रदेश र स्थानीय तहलाई विनियोजन गरिएको थियो । यो कुल बजेटको १८ प्रतिशत हो । आगामी आर्थिक वर्षमा प्रदेश तहलाई ३ खर्ब १९ अर्ब रुपैयाँ अनुदानका रूपमा हस्तान्तरण हुने अनुमान अर्थ मन्त्रालयले गरेको छ । यस वर्षको बजेटमा प्रदेश तहका लागि ७ अर्ब १४ करोड रुपैयाँ मात्रै बजेट विनियोजन भएको छ । प्रदेश तहमा काम गर्ने कुनै पनि संरचना नभएको सन्दर्भमा प्रारम्भिक कामका लागि मात्रै सो बजेट विनियोजन भएको हो । तर, प्रदेश सरकार गठन नै नभएको र त्यहाँबाट मागसमेत नआएको सन्दर्भमा मोटामोटी मात्रै यो बजेट अनुमान गरिएको अर्थ मन्त्रालयको उच्च स्रोतले बतायो । ‘प्रदेश तहबाट आउने मागका आधारमा यो बजेट अनुमान तलमाथि हुनसक्छ,’ स्रोतको भनाइ छ । त्यस्तै, आगामी आर्थिक वर्ष स्थानीय तहमा ३ खर्ब ५० अर्ब रुपैयाँ बजेट जाने अनुमान सरकारले गरेको छ । यस आर्थिक वर्षमा स्थानीय तहमा २ खर्ब २५ अर्ब रुपैयाँ गएको थियो । अहिले गएको बजेट तथा स्थानीय तहबाट प्राप्त प्रारम्भिक मागका आधारमा यो अनुमान गरिएको हो । सरकारले तल्ला तहलाई आगामी आर्थिक वर्षबाट विशेष र समपूरक अनुदान पनि दिनेछ । यो वर्ष तल्लातहबाट माग नआएको र अनुदान वितरणको सूत्रसमेत नबनेको भन्दै ससर्त र समानीकरण अनुदान मात्रै दिइएको थियो । तर, आगामी वर्षको बजेट तर्जुमा गर्दा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग गठनसमेत भइसक्ने र तल्लातहबाट मागसमेत आउने हुँदा यी दुई अनुदानसमेत थपेर बजेट बन्नेछ । \"\" कुन कस्ता अनुदान ? वित्तीय समानीकरण अनुदान – स्थानीय र प्रदेश तहको आवश्यकता र राजस्वको सम्भाव्यताका आधारमा नेपाल सरकारले प्रदेश र स्थानीय तहलाई र स्थानीय तहको आवश्यकता र राजस्वको सम्भाव्यताका आधारमा प्रदेशले स्थानीय तहलाई उपलब्ध गराउने अनुदान । यसको सिफारिस राष्ट्रिय प्राकितिक स्रोत तथा वित्त आयोगले गर्छ । ससर्त अनुदान : विगत र वर्तमानमा नेपाल सरकारले गर्दै आएको तर स्थानीय र प्रदेश तहको कार्यक्षेत्रभित्र पर्ने कार्यहरू र नेपालको संविधानको अनसूची ६ र ८ बमोजिमका कार्यहरूका लागि इअर मार्क गरी उपलब्ध गराउने रकम । यसअनुसार कार्यक्रम र रकम दुवै हस्तान्तरण हुने । समपूरक अनुदानः स्थानीय र प्रदेश तहले आपूmले सञ्चालन गर्ने आयोजना र कार्यक्रमका लागि अपुग हुने रकम नेपाल सरकारबाट प्राप्त गर्नसक्छ, जुन समपूरक अनुदान हो । तर, यसका लागि बजेटअगावै माग पठाइसक्नुपर्छ । विशेष अनुदान : विशिष्टीकृत कार्यका लागि कुनै स्थानीय तह विशेष वा प्रदेश विशेषका लागि छुट्टै उपलब्ध गराउने । कुनै प्रदेश विशेष वा स्थानीय तहविशेष शिक्षामा कमजोर रहेछ भने शिक्षाका लागि विशेष कार्यक्रम सञ्चालन गर्न सकिन्छ । यसपालिको बजेट धान्न १ खर्ब ७३ अर्ब कमी, १ खर्ब ६ अर्बका नयाँ घोषणा सरकारले १२ खर्ब ७९ अर्बको बजेट ल्याउँदा १ खर्ब २ अर्ब अघिल्लो वर्षको बजेटबाट बचत भएर आउने अनुमान गरेको थियो । तर, त्यसो हुनु त कता हो कता गत आर्थिक वर्षका ४८ अर्ब बजेट घाटा भएको महालेखानियन्त्रक कार्यालयले दिएको छ । ‘सरकारको हालसम्मको बजेट घाटा ७१ अर्ब पुगेको छ,’ उपमहालेखानियन्त्रक यदुनाथ भट्टराईले बताए । अहिलेसम्मको बजेट घाटालाई समेत पूर्ति गर्दा चालू आर्थिक वर्षको बजेटलाई नै १ खर्ब ७३ अर्ब स्रोतको अभाव हुनेछ । यस्तो अवस्थामा सरकारले १ सय ६ अर्बको बजेटबाहिरको दायित्व सिर्जना गरेको छ । यसैगरी, सरकारले हालै निर्णय गरेबमोजिम वृद्धभत्ता, भूकम्पपीडित र बाढीपीडितले थप अनुदान पाए भने सामाजिक सुरक्षा तथा अनुदानमा करिब ४ खर्ब रुपैयाँ बजेट पुग्ने भएको छ । यो प्रदेश र स्थानीय तहलाई दिएको अनुदानबाहेकको रकम हो । प्रदेश र स्थानीय तहलाई विनियोजन गरिएको रकमसमेत जोड्ने हो भने सवा ६ खर्ब रुपैयाँ पुग्छ । यो रकम सरकारको यस वर्षको बजेटको करिब ५० प्रतिशत हो । संघीयता कार्यान्वयनलाई नै बजेटको जोहो गर्न नसकिइरहेको अवस्थामा सरकारले भूकम्पपीडित र बाढीपीडितलाई १–१ लाख अनुदान दिने तथा ६५ वर्षमाथिका लागि वृद्धभत्ता बाँड्ने निर्णयले १ खर्ब ६ अर्ब रुपैयाँ थप दायित्व सिर्जना गर्नेछ । तर, यो रकम कहाँबाट जुटाउने भन्नेमा भने सरकारले केही पनि नसोचेको अर्थ मन्त्रालयको उच्च स्रोतले बतायो । ‘एकातिर हामी चालू बजेटमै तोकिएका खर्च व्यवस्थापन गर्न नसकिने हो कि भन्ने चिन्ता छ, अर्कातिर मन्त्रिपरिषद्ले थप १ खर्बभन्दा बढी दायित्व थप्ने निर्णय गरेको छ,’ अर्थका ती उच्च अधिकारीले भने, ‘यस किसिमको आर्थिक अराजकता यसअघि कहिल्यै देखिएको थिएन ।’ भूकम्पपीडितले थप १ लाख यस वर्ष नपाउने सम्भावना बजेटमा पनि नपरेको र अर्थ मन्त्रालयको समेत स्वीकृति नभएको भूकम्पपीडितलाई अनुदान थप्ने प्रस्ताव चालू आर्थिक वर्षमै लागू हुने सम्भावना कम छ । कुनै विधेयक संसद्मा गयो र त्यो अर्थसँग सम्बन्धित रहेछ भने त्यसलाई सभामुखले अर्थ मन्त्रालयमा पठाउँछन् । अर्थ मन्त्रालयको स्वीकृतिविना संसद्ले त्यस्तो विधेयक पारित नै गर्दैन । अर्कातिर, कुनै पनि खर्च गर्ने विषय अर्थ मन्त्रालयलाई नसोधीकन मन्त्रिपरिषद्ले पारित गर्ने चलन छैन । तर, अर्थ मन्त्रालयलाई कुनै सुइँकोसमेत नदिई मन्त्रिपरिषद्ले वृद्धभत्ता तथा भूकम्पपीडितलाई अनुदानसम्बन्धी प्रस्ताव पारित गरेको अर्थ मन्त्रालयको उच्च स्रोतले जानकारी दिएको छ । ‘अर्थमन्त्रीले सामान्य ढंगले मन्त्रिपरिषद् बैठकमा असहमति जनाएको भन्ने सुनिएको छ । तर, आफैँले पनि विभिन्न किसिमका अमिल्दा प्रस्ताव लगेर पारित गराइरहेको सन्दर्भमा मन्त्रीसँग यो प्रस्तावको डटेर सामना गर्न सक्ने नैतिक साहस भएन,’ स्रोतले भन्यो । भूकम्पपीडितलाई सरकारले आफ्नै स्रोतबाट रकम दिन सक्ने स्थितिमा सरकार छैन । ‘पहिल्यै निर्णय भइसकेको र बजेटमा समेत परेको ३ लाख रुपैयाँ नै पनि दिन अप्ठ्यारो छ, स्रोतको समस्या छ,’ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले भने, ‘यो आर्थिक वर्षमा थप अनुदान दिने सम्भावना कम छ ।’ हालसम्म मन्त्रिपरिषद्ले पारित गरेको निर्णयको प्रति प्राप्त नभएकाले त्यो हेरेपछि मात्रै थप के गर्ने भन्नेबारेमा सोच्ने उनले बताए । तर, वृद्धभत्तासम्बन्धी निर्णय भने यही वर्षदेखि कार्यान्वयनमा जाने अर्थसचिव शंकरप्रसाद अधिकारीले बताए । यसअघि भूकम्पपीडितलाई आवास निर्माण अनुदानबापतको अनुदान २ लाख रुपैयाँबाट ३ लाख पु-याउँदा पनि दाताले विरोध जनाएका थिए । सरकारले बल्लबल्ल कन्भिन्स गरेको थियो । सरकारले अहिले अकस्मात् गरेको निर्णय मानेर दाताले थप रकम दिने सम्भावना कम छ । ‘भूकम्पपीडितलाई दिने पैसा नपुगेर हामीले ३३ अर्ब रुपैयाँ विश्व बैंकसँग भर्खरै ऋण लिएका छौँ । यस्तो अवस्थामा कहाँबाट थप पैसा ल्याएर दिने हो ?’ अर्थ मन्त्रालयका उच्च अधिकारीले प्रतिप्रश्न गरे । सरकारले गैरजिम्मेवार रूपमा खर्चमाथि खर्च थप्ने हो भने हाहाकार मच्चिने तर्क उनको थियो । \"\" अहिले कति दायित्व ? कति थपिन्छ ? सरकारको नयाँ निर्णयले यो आर्थिक वर्ष थप १ खर्ब ६ अर्ब रुपैयाँ आर्थिक भार थपिनेछ । त्यस्तै, वार्षिक रूपमा करिब साढे २५ अर्ब रुपैयाँको आर्थिक भारसमेत थपिनेछ । यसअघि ७० वर्षभन्दा बढी उमेर पुगेकाले वृद्धभत्ता पाउँदै आएका छन् । ती वृद्धवृद्धा र अन्य सामाजिक सुरक्षाका लागि सरकारले ३६ अर्ब विनियोजन गरेको छ । वृद्धभत्ता पाउने उमेर ६५ वर्ष ल्याउँदा ६५ देखि ६९ वर्ष उमेर समूहको जनसंख्या ६ लाख ४५ हजार ७ सय ३८ छ । उनीहरूका लागि सरकारले वर्षमा १५ अर्ब ५० करोड रुपैयाँ खर्च गर्नुपर्नेछ । कर्णालीका सबै समुदायका नागरिक, देशभरका दलित समुदायका नागरिक र एकल महिलालाई ५५ वर्षदेखि नै वृद्धभत्ता दिनुपर्ने बाध्यतामा सरकार छ । त्यस्तै केही रोगको उपचारमा समेत सरकारले अनुदान दिने घोषणा गरेको छ । यी सबैका लागि सरकारले थप वार्षिक १० अर्ब खर्च गर्नुपर्ने अर्थ मन्त्रालयका एक उच्च अधिकारीले अनुमान गरे । सरकारले वृद्धभत्ताबापत १ हजार र उपचार खर्चबापत १ हजार गरी मासिक २ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता प्रदान गर्दैै आएको छ । भूकम्प प्रभावित ७ लाख ६७ हजार ७ सय ५ जनालाई १ लाखका दरले थप अनुदान दिँदा ७६ अर्ब ७७ करोड रुपैयाँ खर्च हुनेछ । त्यस्तै, यसअघि नै सरकारले भूकम्पपीडितलाई ३ लाखका दरले अनुदान वितरण गरिरहेको छ । त्यसका लागि सरकारले २ खर्ब ३० अर्ब रुपैयाँभन्दा बढी खर्च गर्नुपर्नेछ । सरकारले यस वर्षको बाढीबाट घरबार गुमाएका ४१ हजार ६ सय २६ परिवारलाई १ लाखका दरले पुनर्निर्माण अनुदान दिने घोषणा गरेको छ । यसले सरकारलाई ४ अर्ब १६ करोड रुपैयाँ दायित्व सिर्जना गर्नेछ । यसअघि १० हजार रुपैयाँ राहत र १५ हजार रुपैयाँ आवास पुनर्निर्माण अनुदानबाट कट्टा हुने गरी दिइएको छ । त्यस्तै, बिउबिजनका लागि भनेर २ हजार रुपैयाँ दिइएको छ । बाढीपछिको पुनर्निर्माण मूल्यांकन प्रतिवेदन (पिएफआरएनए)ले बाढीको पुनर्निर्माणका लागि ३९ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ । \"\" िबजेटमा पनि नपरेको र अर्थ मन्त्रालयको समेत स्वीकृति नभएको भूकम्पपीडितलाई अनुदान थप्ने प्रस्ताव चालू आर्थिक वर्षमै लागू हुने सम्भावना कम छ । कुनै विधेयक संसद्मा गयो र त्यो अर्थसँग सम्बन्धित रहेछ भने त्यसलाई सभामुखले अर्थ मन्त्रालयमा पठाउँछन् । अर्थ मन्त्रालयको स्वीकृतिविना संसद्ले त्यस्तो विधेयक पारित नै गर्दैन । अर्कातिर, कुनै पनि खर्च गर्ने विषय अर्थ मन्त्रालयलाई नसोधीकन मन्त्रिपरिषद्ले पारित गर्ने चलन छैन । तर, अर्थ मन्त्रालयलाई कुनै सुइँकोसमेत नदिई मन्त्रिपरिषद्ले वृद्धभत्ता तथा भूकम्पपीडितलाई अनुदानसम्बन्धी प्रस्ताव पारित गरेको अर्थ मन्त्रालयको उच्च स्रोतले जानकारी दिएको छ । ‘अर्थमन्त्रीले सामान्य ढंगले मन्त्रिपरिषद् बैठकमा असहमति जनाएको भन्ने सुनिएको छ । तर, आफैँले पनि विभिन्न किसिमका अमिल्दा प्रस्ताव लगेर पारित गराइरहेको सन्दर्भमा मन्त्रीसँग यो प्रस्तावको डटेर सामना गर्न सक्ने नैतिक साहस भएन,’ स्रोतले भन्यो । भूकम्पपीडितलाई आफ्नै स्रोतबाट रकम दिन सक्ने स्थितिमा सरकार छैन । ‘पहिल्यै निर्णय भइसकेको र बजेटमा समेत परेको ३ लाख नै पनि दिन अप्ठ्यारो छ, स्रोतको समस्या छ,’ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले भने, ‘यो आर्थिक वर्षमा थप अनुदान दिने सम्भावना कम छ ।’ हालसम्म मन्त्रिपरिषद्ले पारित गरेको निर्णयको प्रति प्राप्त नभएकाले त्यो हेरेपछि मात्रै थप के गर्ने भन्नेबारेमा सोच्ने उनले बताए । तर, वृद्धभत्तासम्बन्धी निर्णय भने यही वर्षदेखि कार्यान्वयनमा जाने अर्थसचिव शंकरप्रसाद अधिकारीले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies