Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

‘अक्टोबर क्रान्ति’ नयाँ युगको शुरूवात : श्रेष्ठ

\"\"बर्दिबास । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले अक्टोबर क्रान्तिले नयाँ युगको शुरूवात गरेको बताएका छन् । महोत्तरीको बर्दीबासमा सामाजिक रुपान्तरणका लागि स्थापित आधारशिलाको १५ औ बार्षिकोत्सवको अवसरमा आयोजित अक्टोबर क्रान्तिको शतवार्षिकी र नेपाली सन्दर्भ बिषयक प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले क्रान्ति कहिल्यैं पनि शुद्व रुपमा सम्पन्न नहुने बताए । श्रेष्ठले लेनिनको भनाई सम्झदैं भने, ‘जस्ले शुद्व क्रान्तिको कल्पना गर्छ त्यस्ले कहिल्यैं क्रान्ती देख्न पाउँदैन । ठोस परिस्थितिमा ठोस निर्णय गरेर सिर्जनात्मक कार्यान्वयन गर्नु नै मार्क्सवादी हुनुको परिचय हो ।’ दक्षिण एसियामा नै सबैभन्दा बलियो कम्युनिष्ट आन्दोलन नेपालमा भएको बताउँदै श्रेष्ठले नेपालमा नयाँ ढंगको समाजवादको आवश्यक रहेको बताए । अक्टोबर क्रान्तिको महत्व बुझेर एउटा बैचारिक बहस चलाउनुपर्ने आवश्यकता रहेको श्रेष्ठले बताए । कम्युनिष्ट पार्टीको नेतृत्वमा फरक ढंगले समाजवाद निर्माण गर्ने पहिलो काम अक्टोबर क्रान्तिबाट भएको बताउँदै श्रेष्ठले अक्टोबर क्रान्तिले विश्वमा सर्वहारा र श्रमजिवी जनताले समाजवादी क्रान्ति गर्न सम्भव छ भन्ने कुरा व्यवहारबाट पुष्टी गरेको प्रष्ट पारे । अक्टोबर क्रान्तिले क्रान्ती सम्भव छ र समाजवाद निर्माण सम्भव छ भन्ने कुरा मात्रै पुष्टी गरेन, श्रेष्ठले भने , ‘ पूजीँवाद भन्दा कैयौं गुणा समाजवाद उन्नत छ भन्ने कुरा पनि व्यवहारमा पुष्टी ग¥यो । यो कुरा विश्वभरका कम्युनिष्ट÷क्रान्तिकारीहरुका लागि आज पनि प्रेरणाको स्रोत बनिरहेको छ ।’
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: