कसरी अघि बढ्लान् देउवा :राजीनामा कि सत्ता हस्तान्तरण?
माघ २५ गते, २०७४ बिहिवार 8th February, 2018 Thu०६:२७:१५ मा प्रकाशित
काठमाडाैं ।प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभा निर्वाचन भइसकेको अवस्थामा राजीनामा दिने वा नयाँ प्रधानमन्त्रीलाई सिधै सत्ता हस्तान्तरण गर्ने विषयमा निकटस्थहरूसँग राय लिन थालेका छन् । निर्वाचन सम्पन्न भएपछि मात्रै सरकारको कार्यभार पूरा हुने बताउँदै आएका देउवाले नयाँ सरकार गठनको बाटो खोल्ने विषयमा छलफल सुरु गरेका हुन्। सत्ता हस्तान्तरण वा राजीनामाको विषयमा प्रधानमन्त्री चाँडै टुंगोमा पुग्ने उद्योगमन्त्रीसमेत रहेका कांग्रेस नेता मानबहादुर विश्वकर्मा बताउँछन्। केही दिनअगाडि मात्रै देउवाले राष्ट्रियसभा निर्वाचनलगत्तै राजीनामा दिने मनस्थितिमा रहेको बताएका थिए।
आजको अन्नपूर्ण पोष्टमा खबर छ-पछिल्लो समय उनी आफूनिकट नेता तथा कानुनविद्सँग निरन्तर छलफलमा रहेको कांग्रेस नेता बालकृष्ण खाँणले जानकारी दिए। खाँणले भने, ‘उहाँ राजीनामाकै मुडमा हुनुहुन्छ तर अर्को विकल्प पनि उहाँसमक्ष पुगेको छ। त्यो भनेको निर्वाचन आयोगले प्रतिनिधिसभाको सम्पूर्ण नतिजा राष्ट्रपतिकहाँ पु¥याएपश्चात आफैंले प्रधानमन्त्री चयनको प्रक्रिया अगाडि बढाउने र नवनिर्वाचित प्रधानमन्त्रीलाई कुर्सी हस्तान्तर गरेर बिदा लिने’, उनले भने।
बिहीबार दिउँसोसम्ममा राष्ट्रियसभाको नतिजा आइसक्ने र साँझ नै निर्वाचन आयोगले दलहरूलाई प्रतिनिधिसभाको समानुपातिक विजयी उम्मेदवारको सूची पठाउन पत्राचार गर्ने तयारी गरेको छ। आयोगको तयारीअनुसार फागुन १ सम्ममा समानुपातिकतर्फका विजयी उम्मेदवारको अन्तिम काम सकिइसक्छ। त्यसपछि आयोग फागुन ३ मा प्रतिनिधिसभाको मतपरिणाम राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी गरेको छ।
राष्ट्रपतिले आयोगबाट प्रतनिधिसभाको सम्पूर्ण नतिजा पाएसँगै नयाँ प्रधानमन्त्री चयनप्रक्रिया अगाडि बढाउने छिन्। प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले कानुनबमोजिम जे ठिक हुन्छ, त्यसैअनुसार अघि बढ्ने मनस्थितिमा प्रधानमन्त्री रहेको बताए।
प्रदेश र प्रतिनिधिसभाको निर्वाचन नतिजा आएसँगै वाम गठबन्धनका नेताहरूले प्रधानमन्त्रीको राजीनामा माग्दै आएका छन्। तर देउवाहित कांग्रेस नेताहरूले राष्ट्रियसभाको अड्को थापेपछि विवाद देखिएको थियो।
नेता खाँणले राष्ट्रियसभा निर्वाचन र प्रदेशसभा बैठकका कारण केन्द्रीय शीर्ष नेता उपत्यकाबाहिर रहेकाले सबै फर्किएपछि निष्कर्षमा पुग्ने गरी छलफल हुने बताए। ‘प्रधानमन्त्रीले यस सन्दर्भमा केही दिनअघि पार्टी बैठकमै कुरा राख्नुभएको थियो तर सार्थीहरूले राष्ट्रियसभा निर्वाचनसम्म पर्खन आग्रह गर्नुभएको हो’, उनले भने।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: