Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

गण्डक जलविद्युत् केन्द्रको विद्युत् उत्पादन दुई महिनादेखि बन्द, दैनिक आठ लाख घाटा

खबरडबली संवाददाता

नवलपरासी । पश्चिम नवलपरासीमा रहेको गण्डक जलविद्युत् केन्द्रको विद्युत् उत्पादन पूर्णरुपमा बन्द रहेको छ । 
   
प्रतापपुर गाउँपालिका–७ गुठी सूर्यपुरास्थित जलविद्युत् केन्द्रको उत्पदान करिब दुई महिनादेखि बन्द रहेको जलविद्युत् केन्द्रका प्रमुख पीताम्बर भुसालले बताएको छन् । जलविद्युत् केन्द्रको नहर बन्द ‘क्यानल सटडाउन’ भएपछि विद्युत् उत्पादन रोकिएको उनले बताएको छन् । गत चैत १३ गते नहरमा पानी आउन बन्द भएपछि उत्पादन बन्द गरिएको उनले बताए।

नेपाल–भारत गण्डक सम्झौताअनुसार भारतले सन् १९७९ मा निर्माण गरेको केन्द्र ३१ अगस्ट १९८१ मा नेपाललाई हस्तान्तरण गरेको थियो । करिब ४३ वर्ष पुरानो गण्डक जलविद्युत्मा नहरमा पानी छोड्ने र बन्द गर्ने भारतीय पक्षको हातमा हुन्छ । जसअनुसार भारतको उत्तर प्रदेश गोरखपुरस्थित गोरखपुर सिँचाइ विभागले उक्त विद्युत् केन्द्रको नहर मर्मत भइरहेको भन्दै नहरमा पानी बन्द गरेको हो। त्यसैले विद्युत् उत्पादन बन्द रहेको प्रमुख भुसालले बताए। यस विषयमा आधिकारिक कुनै पत्र प्राप्त नभएको र नेपालमा मर्मत पनि नभएको उनले जानकारी गराए। हरेक वर्ष भारतीय पक्षले कात्तिक–मङ्सिर र चैत–वैशाख गरी दुईपटक नहरको पानी बन्द गर्ने गर्छ ।

पन्ध्र मेगावाट विद्युत् उत्पदान क्षमता भएको उक्त जलविद्युत् केन्द्र अहिले पाँचदेखि साढे पाँच मेगावाटसम्म विद्युत् उत्पादन गरिरहेको छ । तर विद्युत् उत्पादन पूर्णरुपमा बन्द भएपछि दैनिक औसतमा सातदेखि आठ लाखसम्म घाटा रहेको जलविद्युत् केन्द्रका प्रमुख भुसालले बताए । तीन वटा टर्वाइन भएको जलविद्युत् केन्द्रमा दुई टर्वाइनले मात्र विद्युत् उत्पादन गरिरहेको छ । भने एउटा टर्वाइन बिग्रेर थन्केको छ । यसैगरी गण्डक जलविद्युत् केन्द्रमा रहेका उपकरणलाई परिर्वतन गरी सुधार गर्नुपर्ने आवश्यकता देखिएको उनले बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको केन्द्रीय समिति बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। सभापति रवि लामिछाने जेलबाट रिहा भएर फर्किएपछि आज पहिलोपटक केन्द्र...

यो बेलामा निर्वाचनमा जानुको विकल्प छैन: रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताएका छन्। आइतबार प...

मधेश प्रदेशसभाको सभामुखमा जसपाका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन्। आज बसेको प्रदेशसभा बैठकमा भएको मत विभाजनमार...

कोशी प्राइड लिग क्रिकेट फागुन ९ देखि २१ गतेसम्म हुने

काठमाडौँ । घरेलु क्रिकेटलाई थप बलियो बनाउन तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट आगामी फागुन ९ गतेदेखि २१ गतेसम्म हुने भएको छ ।  आयोजक ...

अनलाइन टिभी मिडियासँग सहकार्य गर्न सरकार तयार छ : मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टिभी मिडियासँग सरकार सहकार्य गर्न तयार रहेको बताएका छन्। आइतबार मन्त्रालयमा आयोजित छलफल...

प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा कांग्रेसका ६५ सांसदको हस्ताक्षर, शीर्ष नेताले गरेनन्

काठमाडौँ । विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने ६५ जना सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन्। त...

रास्वपा केन्द्रीय कार्यालयमा रविलाई बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ। काठमाडौंको बनस्थलीस्थित पार...

मधेश प्रदेशसभाको सभामुख पदका लागि मतदान आज, दुई प्रस्ताव पेस

जनकपुरधाम । मधेश प्रदेशसभाको रिक्त सभामुख पदका लागि आज मतदान हुने भएको छ। आइतबार बसेको प्रदेशसभा बैठकमा सभामुखका लागि दुई प्रस्ताव पेस भएका छन्। ने...

२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौँ। अधिक तरलता कायमै रहेपछि ८४ दिनका लागि राष्ट्र बैंकले आइतबार निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो। अहिले कुल निक्षेप...

रास्वपाको केन्द्रीय समिति बैठकलाई रविले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पुन: पार्टी गतिविधिमा सक्रिय भएका छन्। सभापति लामिछानेको अध्यक्षतामा आज अपराह्न ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending