Khabar Dabali ९ माघ २०८२ बिहीबार | 22nd January, 2026 Thu
Investment bank

प्रधानन्यायाधीश पक्राउ, सर्वोच्च अदालत प्रहरी घेरामा

\"\"माले । केही दिन यतादेखि व्यापक राजनीतिक विवाद सुरु भएको मालदिभ्स्मा मङ्गलबार यहाँका प्रधानन्यायाधीशलाई नै पक्राउ गरिएको समाचार छ । सर्वोच्च अदालतलाई मङ्गलबार बिहानैदेखि प्रहरीले घेरा हालेको छ भने प्रधानन्यायाधीश र सर्वोच्च अदालतका अर्का एकजना न्यायाधीशलाई पनि पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् । मङ्गलबार बिहानको यो नाटकीय परिवर्तनसँगै यहाँको राजनीतिक संकट झनै गहिरिएको समाचारमा जनाइएको छ । गएको बिहीबारदेखि सुरु भएको राजनीतिक संकटका कारण यहाँ थप तनाव भएको बताइएको छ । मङ्गलबार बिहान प्राप्त समाचारअनुसार मालदिभ्स्का प्रधानन्यायाधीश अब्दुल्लाह सइदलाई उहाँको निवासबाटै पक्राउ गरी प्रहरी हिरासतमा राखिएको समाचारमा जनाइएको छ । आइतबार मालदिभ्स्को सरकारले यहाँको सेना र प्रहरीलाई सर्वोच्च अदालतको आदेशको पालना नगर्न निर्देशन जारी गरेको थियो । सो निर्देशनबमोजिम सोमबार दिउँसैदेखि यहाँको प्रहरी सक्रिय भएको थियो । मालदिभ्सको सर्वोच्च अदालतले गएको बिहीबारको फैसलामा यहाँको जेलमा रहेका सबै राजनीतिक बन्दीहरुलाई रिहागर्न आदेश दिएको थियो । उक्त फैसलाको कार्यान्वयन गर्दा मालदिभ्स्का पूर्व राष्ट्रपति मोहम्मद नसिद र पूर्व उपराष्ट्रपति अहमद अदिबलाई रिहा गर्नुपर्ने हुन्छ । तर यहाँको सरकार उनीहरुलाई रिहागर्ने पक्षमा नरहेकोले यहाँ सरकार र अदालतबीच विवाद उत्पन्न भएको हो । सोमबारै मध्यराति राष्ट्रपति अब्दुल्लाह यामिनले यहाँका पूर्व राष्ट्रपति मौमुन अब्दुल गैयुमलाई पनि पक्राउ गर्न आदेश दिए । सोही आदेशबमोजिम नै पूर्व राष्ट्रपति गैयुमलाई मध्यरातमा उनको निवासबाट पक्राउ गरेर राजधानी माले पु¥याएको समाचारमा जनाइएको छ । उनी हाल प्रहरी हिरासतमा छन्। उनीले मालदिभ्स्मा ३० वर्षसम्म राष्ट्रपतिको रुपमा शासन गर्नुभएको थियो । सन् २००८ मा भएको पहिलो राष्ट्रपतीय प्रजातान्त्रिक निर्वाचनमा उनी पराजित भएका छन् । ‘मैले पक्राउ गर्नुपर्ने त्यस्तो कुनै काम गरेको छैन, तर सरकारले पक्राउ गरेर थुनामा राखेको देख्दा मलाई अचम्म लागेको छ’, उनले आफ्ना समर्थकहरुलाई दिनुभएको भिडियो सन्देशमा भनेका छन् । पक्राउ पर्नुभएका पूर्व राष्ट्रपति गैयुम वर्तमान राष्ट्रपति यामिनका सौतेला दाजु हुनुहुन्छ । उनी मालदिभ्स्मा सबैभन्दा बढी शासन गर्ने राष्ट्रपति हुन । अदालतको आदेश नमानेको भनेर यहाँको सर्वोच्च अदालतले सरकारको कदमको आलोचना गर्दै आएको थियो । उसले राष्ट्रपति अब्दुल्लाह यामिनलाई महाअभियोग लगाउन वा उनलाई पक्राउ गर्नुपर्ने आदेश दिनसक्ने अनुमान पनि सोमबार गरिएको थियो । त्यसैले त्यस अगावै सरकारले सोमबारै अपरान्हतिर संकटकालको घोषणा गरेको थियो । संकटकाल लगाएपछि सरकारले सेना र प्रहरीलाई अदालतको कुनै आदेश नसुन्न र आफ्नो निर्देशनमा कामगर्न सबै सुरक्षा अंगलाई आदेश दिएको छ । उता पूर्व राष्ट्रपति मोहम्मद नसिदका कार्यकर्ताहरुले उनलाई रिहा गर्नुपर्ने मागगर्दै मालदिभ्स्को राजधानी मालेमा बिहीबारदेखि नै व्यापक मात्रामा प्रदर्शन गर्र्दै आएका छन् । कैयौँ स्थानमा प्रहरीसँगको भिडन्तका कारण राजधानी मालेको अवस्था तनावपूर्ण बन्दै गएको बताइएको छ । दर्जनौँ व्यक्ति घाइते पनि भएका छन् । यहाँ बिहानैदेखि प्रदर्शनहरु हुने गरेका छन् । नसिद सन् २००८ मा भएकोे निर्वाचनमा मालदिभ्स्को राष्ट्रपतिमा निर्वाचित भएका हुन् । तर उहाँलाई सन् २०१२ को फेब्रुअरी महिनामा प्रहरी ‘कू’ मार्फत हटाइएको थियो । मङ्गलबार बिहान प्रधानन्यायाधीशलाई पक्राउ गर्नु अगावै सर्वोच्च अदातलमा प्रहरीले घेरा हालेको थियो । अहिले पनि अदालत बाहिर प्रहरीको निकै बाक्लो उपस्थिति रहेको बताइएको छ । संसदमा अझै पनि राष्ट्रपति यामिनलाई महाभियोग लगाउन मिल्नेगरी दुई तिहाई बहुमत विपक्षी दलहरुको रहेको छ । त्यसैले पनि राष्ट्रपतिले विपक्षी नेताहरुलाई पक्राउ गर्ने आदेश दिएको हुनसक्ने अनुमान सर्वत्र गरिएको छ । तर पनि यहाँका सुरक्षा अंगहरुलाई राष्ट्रपति यामिनलाई पक्राउ गर्ने या महाभियोग लगाउने कुनै प्रयासहरु भएमा त्यसमा संलग्नहरुलाई पक्राउ गर्न नै सरकारले आदेश दिएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending