पत्रकारले आफ्नै विवाह टिभीमा लाइभ गरेपछि.. (हेर्नुहोस् भिडियो)
माघ २३ गते, २०७४ मगलवार 6th February, 2018 Tue१०:२७:३७ मा प्रकाशित
पाकिस्तान । ‘आज म यहाँ मेरो आफ्नै विवाहमा उपस्थित छु । यो एक लभ म्यारिज हो । त्यसैले मेरी श्रीमती र उनको परिवार पनि निकै खुशी देखिइरहेको छ ।’
सन् २०१० मा आमिर खानले निर्माण गरेको पिपली लाइब सम्झनुहुन्छ ?
टेलिभिजन च्यानलहरुको खबर ब्रेक गर्ने शैलीमाथि सो फिल्मले कटाक्ष गरेका थियो । पाकिस्तानमा आइतबार राति एक पत्रकारले गरेको आफ्नै विवाहको प्रत्यक्ष प्रसारणको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहँदा धेरैले त्यो फिल्मलाई सम्झिएका छन् ।
पाकिस्तानको फैसलवादको सी ४१ च्यानलका संवाददाता हनन बुखारीले आफ्नै विवाहको टेलिभिजनमा लाइभ कभरेज गरेका हुन् । यो च्यानल पहिलादेखि नै सहरमा हुने विवाहका कार्यक्रम कभर गर्छ ।
विवाहका लागि उनी स्पोर्टस कार तथा बाइकमा जन्ती लिएर बेहुलीको घर पुगेका थिए ।
विवाह मण्डपमा बुम माइक लिएर हननले कमेन्ट्री दिँदै भन्छन्, ‘आज म यहाँ मेरो आफ्नै विवाहमा उपस्थित छु। यो म र मेरो परिवारका लागि निकै खुशीको मौका हो। यो एक लभ म्यारिज हो। त्यसैले मेरी श्रीमती र उनको परिवार पनि निकै खुशी देखिइरहेको छ ।’
यसपछि क्यामेरा आफ्ना पितातर्फ देखाउँदै उनी सोध्छन्, ‘आज तपाइँका पुत्रको विवाह भइरहेको छ। तपाइँलाई कस्तो लागिरहेको छ ?’
संवाददाताले त्यसपछि क्यामेरा दर्शकतर्फ देखाउँछन्। ‘मैले यति धेरै खर्च गरेँ। स्पोर्टस कार तथा बाइक लिएर आएँ। सारा सहर मलाई हेरिरहेको छ। तर मेरी बेहुली किन मतिर हेरिरहेकी छैनन् ?’, उनी प्रश्न गर्छन् ।
‘म सधैँ केही न केही नयाँ गरौं भनेर सोचिरहन्छु। त्यही बेला मेरो आफ्नै विवाहको कभर गर्ने आइडिया फुर्याे’, प्रतिक्रिया दिँदै बुखारीले भनेका छन्।
सबैले आफ्नो शैलीलाई मन पराएको उनले बताए। ‘हामीले यो सबै रमाइलो पारामा गर्यौं। म काम गर्ने च्यानलले यसलाई लाइभ गर्यो। त्यसपछि बाँकी न्युज च्यानलले पनि यसलाई देखाए। जब हामी गम्भीर खबर बनाउँछौं कसैले त्यसलाई देखाउँदैन। तर यस्तो हाँस्यस्पद चिज तत्कालै लोकप्रिय हुन्छ’, उनले भने ।
टिभीमा प्रत्यक्ष लाइभ गर्न पहिला उनकी बेहुलीले अस्वीकार गरेको र पछि सहमत भएको उनले सुनाए ।
हनन बुखारीको विवाहको लाइभ कभरेजको यो भिडियो इन्टरनेटमा भाइरल भएको छ। लाखभन्दा बढी सेयर भइसकेको यो भिडियोमाथि विभिन्न खाले प्रतिक्रिया आएका छन् ।
कतिपयले विवाहको गरिमा खबर कभर गर्ने पत्रकारभन्दा उच्च रहेको भन्दै आफ्नै विवाहको लाइभ कभर गर्नु बेकुबी भएको बताएका छन्। कतिपयले पत्रकारिताको स्थितिलाई लिएर चिन्ता जनाएका छन्। केहीले भने स्थानीय च्यानल भएकोले विवाहको कभर गर्नु ठिकै भएको भन्दै बुखारीको समर्थन गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: