Ntc summer Offer
Khabar Dabali २५ बैशाख २०८१ मंगलवार | 7th May, 2024 Tue
NIMB

प्रदेश नं १ मा सभामुख र उपसभामुखको निर्वाचन तोकियो

\"\"विराटनगर । प्रदेश नं १को प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको आज बसेको बैठकले प्रदेशको सभामुख, उपसभामुखको निर्वाचनको मिति निर्धारण गर्नाका साथै माघ २२ गते हुन गइरहेको प्रदेशसभा सञ्चालनसम्बन्धी विभिन्न निर्णय गरेका छन् । प्रदेश नं १ का ज्येष्ठ सदस्य ओमप्रकाश सरावगीको अध्यक्षतामा विराटनगरस्थित जिल्ला समन्वय समितिमा बसेको बैठकले माघ २९ गते सभामुख र फागुन ३ गते उपसभामुखको निर्वाचनको मिति निर्धारण गरेको छ । दुवै निर्वाचनको मिति दिउँसो १ बजेदेखि हुने संघीय सचिवालयका उपसचिव सहजित राईले जानकारी गराए । सभामुख र उपसभामुखको निर्वाचनको एक दिन पहिले प्रदेशको सचिवालयमा उम्मेदवारी दर्ता गरिने उनले जानकारी गराए । सो बैठकले प्रदेशसभा सञ्चालनका लागि अन्तरिम कार्यविधि पास गरेको छ र सभामुखलाई सहयोग गर्नका लागि अध्यक्षता मण्डलको आवश्यकता रहेकाले पाँच सदस्यीय एउटा समिति पनि गठन गरेको छ । सो समितिमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) संघीय समाजवादी फोरम र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक÷एकजना प्रदेशसभा सदस्य रहने निर्णय गरिएको हो । त्यस्तै, माघ २२ गते प्रदेशसभा सञ्चालन हुनका लागि प्रदेश प्रमुखको पत्र पढिनेछ र त्यसपछि, प्रदेशसभामा छ दलका एक÷एकजना प्रदेश सदस्य र एक स्वतन्त्र सदस्यले शुभकामना मन्तव्य दिनेछन् । शुभकामना मन्तव्य दिनु हुनेमा नेकपा (एमाले)का भीम आचार्य, नेपाली कांग्रेसका केदार कार्की, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका विष्णुबहादुर तुम्बाहाम्फे, संघीय समाजवादी फोरम नेपालका जयराम यादव, नेकपा (माओवादी केन्द्र)का इन्द्रबहादुर आङ्बो र स्वतन्त्र नारायणबहादुर मगर छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies