Khabar Dabali १० माघ २०८२ शुक्रबार | 23rd January, 2026 Fri
Investment bank

अपहेलना मुद्दामा अध्यक्ष र शिक्षकलाई जरिवाना

\"\"कञ्चनपुर । उच्च अदालत, दीपायलको महेन्द्रनगर इजलासले अपहेलना मुद्दामा कञ्चनपुरको भीमदत्तनगरपालिका बाराकुण्डास्थित प्रगति युवा आधारभूत विद्यालय अध्यक्ष कटकबहादुर कुँवर र निमित्त प्रधानाध्यापक गणेशप्रसाद पाण्डेयलाई जरिवाना गरेको छ ।

महेन्द्रनगर इजलासका न्यायाधीयद्वय डिल्लीराज आचार्य र दिनेशप्रसाद यादवको संयुक्त इजलासले दुवै जनालाई जनही एक÷एक हजार रुपैयाँ जरिवनाको सजाय गरेको हो । इजलासले एक वर्षअघि शिक्षक कर्णबहादुर नेगीलाई बिदा स्वीकृति गरी तलब भत्ता दिन र हाजिरी गराउन दिएको परमादेश नमानेपछि शिक्षक नेगीले गत जेठमा अध्यक्ष र निमित्त प्रधानाध्यापकविरुद्ध अदालतको अपहेलना मुद्दा दायर गरेका थिए ।

शिक्षक नेगीको ७५ दिनको विरामी बिदा स्वीकृत गरी तलब भत्ता दिनुपर्ने अदालतको आदेश थियो । अदालतबाट जारी भएको उल्लिखित आदेशअनुसार निवेदकलाई अनावश्यक हैरानी (दुःख) दिने र साधिकार न्यायापालिकाको अन्तिम आदेश (परमादेश)को अवज्ञा गरी परोक्षरुपमा न्यायिक प्रभावकारितामा आँच पु¥याउने कार्य गरी अदालतको अवहेलना गरेको देखिन आएको फैसलामा उल्लेख गरिएको छ । अदालतले तत्कालीन जिल्ला शिक्षा अधिकारी श्याम सिँह धामीलाई नोटिसमा राख्ने सम्बन्धी जानकारी शिक्षा विभागमा पठाउनु आदेश दिएको छ । उच्च सरकारी वकिल कार्यालयले शिक्षा विभागमा जानकारी नपठाएकाले आदेश र निर्णयसहित पठाउन आदेश दिएको हो । विद्यालयका शिक्षक नेगीले अदालतले आफूलाई न्याय दिएको बताए । “बिदा बस्दा स्वीकृत नगर्ने, हाजिरी लगाउन नदिने लगायतका कार्य भएपछि अदालतको शरणमा गएको थिएँ”, उनले भने “आदेशले न्याय दिएको छ, यसले म खुशी छु ।” अदालतको आदेश कार्यान्वयन गर्न खोज्दा तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम ढोलीलाई जातीय विभेद गर्दै अध्यक्षबाट हटाइएको थियो । विसं २०७१ मंसिरमा हाजिर भएका शिक्षक नेगीले विसं २०७२ पुस २९ गतेदेखि ७५ दिनको बिरामी बिदा माग गरेका थिए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending