Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

जसले राजा महेन्द्रलाई बम हानेका थिए

\"\"आज सहिद दिवस । प्रजातन्त्र र गणतन्त्र प्राप्तिका लागि भएका विभिन्न आन्दोलनमा मृत्युवरण गरेका सयौँ सहिदको सम्झनामा हरेक वर्ष माघ १६ गते सहिद दिवस मनाइन्छ । शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दले राणाविरोधी भएकै नाममा १९९७ मा मृत्युदण्ड पाएका थिए । यिनै चार सहिदको सम्मानमा २०१२ देखि सहिद दिवस मनाउन थालियो । त्यसपछि राजा र राजतन्त्रविरुद्ध पनि विभिन्न आन्दोलन भए । यसक्रममा पनि कैयौँको मृत्यु भयो । अाजको नयाँ पत्रिकामा खबर छ-तत्कालीन राजा महेन्द्रले प्रत्यक्ष शासन लादेपछि २०१८ मा जनकपुरमा उनलाई दुर्गानन्द झाले बम प्रहार गरे । धनुषाका झालाई २०२० मा फाँसी दिइयो । तर, गणतन्त्र प्राप्तिपछि विभिन्न आन्दोलनमा त्याग गरेका कैयौँलाई सरकारले सहिद घोषणा गर्दा झा भने ओझेलमै परे । उनको मृत्युको ५२ वर्षपछि अर्थात् दुई वर्षअघि मात्रै एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले झालाई सहिद घोषणा गर्‍यो । बिपी कोइराला नेतृत्वको जननिर्वाचित सरकारलाई तत्कालीन राजा महेन्द्रले २०१७ पुस १ मा अपदस्थ गरे र प्रत्यक्ष शासन थाले । राजाको कदमविरुद्ध कांग्रेसले सशस्त्र संघर्ष थाल्यो । बिहारको सीमावर्ती सहरमा कांग्रेसको सशस्त्र शिविर स्थापना भए । राजा महेन्द्रले २०१८ माघ ९ मा जनकपुरको जानकी मन्दिर दर्शन गर्ने कार्यक्रम थियो । सशस्त्र संघर्षरत कांग्रेसका युवाहरूले त्यसवेला राजालाई ठूलै धक्का दिने निर्णय गरे । विद्यार्थी जीवनमा रहेका दुर्गानन्द झा त्यही मौकामा महेन्द्रविरुद्ध रिस पोख्ने योजनामा थिए । झाले राजामाथि बम प्रहार गरेको ग्रिनेड बम पड्किएन र राजा जोगिए । घटनाको दुई वर्षपछि झालाई अदालती आदेशअनुसार फाँसीको सजाय भयो । राजा सिध्याएर गणतन्त्र स्थापना गर्ने सपना बोकेका झाले २२ वर्षको उमेरमै संसार छाड्नुपर्‍यो । १९९७ मा शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा र दशरथ चन्दलाई राणाले अदालतको सहारामा मारेजस्तै २०२० पुस १० मा गराइएको अदालती आदेशअनुसार २०२० माघ १५ गते झालाई फाँसीको सजाय भयो । राज्यले मुलुकी ऐन संशोधन गरेर पहिलोपटक ब्राह्मणलाई मृत्युदण्ड दिएको थियो । ब्राह्मण भएकै कारण त्यसअघि रामहरि शर्मा र टंकप्रसाद आचार्य मृत्युदण्डबाट बचेका थिए । ००० १९९७ माघ १० देखि १५ सम्ममा शुक्रराज, धर्मभक्त, गंगालाल र दशरथले मृत्युदण्डको सजाय पाउँदा झा जन्मेकै थिएनन् । उनी १९९९ वैशाख १४ मा धनुषास्थित भारतसँग जोडिएको सीमावर्ती जटही गाउँमा जन्मेका थिए । देवनारायण झा र श्रीमती सुकुमारीदेवीका उनी एक्ला सन्तान थिए । जटहीबाट करिब तीन किलोमिटर दक्षिणतर्फ भारतको उमगावँको दीनदयाल माध्यमिक विद्यालयमा पढ्दै गर्दा उनी राजनीतिमा होमिएका थिए । २०१५ को पहिलो आमनिर्वाचनका वेला पनि उनी प्रचारक भएर खटिएका थिए । झाका गाउँले धनुषा कांग्रेसका पूर्वसभापति तथा सांसद स्मृतिनारायण चौधरीको मानसपटलमा २०१८ माघ ९ को त्यो बमकाण्ड अहिले पनि ताजै छ । बम हान्ने तत्कालीन योजनाबारे उनले सुनाए, ‘बम हान्ने योजनाबारे छलफल हुँदा सुरुमा दुर्गानन्दले बम हान्न मै जान्छु भनेका थिए । पछि अरविन्द ठाकुर पनि तयार भए । त्यो वेला कांग्रेसमा विवाद थियो । दुर्गानन्द र अरविन्द बेग्लाबेग्लै बाटो प्रयोग गरेर गए । दुर्गानन्दले सुरक्षाकर्मीलाई छल्दै जानकी मन्दिर पुगेर बम प्रहार गरे ।’ राजा महेन्द्र जनकपुर विमानस्थलमा अवतरण गरेका थिए । राजा ओर्लिनुअघि नै बमसहित अरविन्दकुमार ठाकुर पक्राउ परेका थिए । कडा सुरक्षासहित महेन्द्र जानकी मन्दिर पुगे । जानकी चोकमा गाडी रोक्नेबित्तिकै दुर्गानन्दले बम प्रहार गरेका थिए । तर, बम पड्किएन । दुर्गानन्दले कमजोर बम बोकेको पूर्वसांसद चौधरी सम्झिन्छन् । त्यो ग्रिनेड भारतबाटै ल्याइएको थियो । ‘ग्रिनेड पड्किएको भए राजा बाँच्ने थिएनन्, तर बमले राजाको गाडीको पछाडिको सिसा मात्रै फुट्यो, राजालाई केही भएन,’ उनले सुनाए । त्यसवेला सशस्त्र आन्दोलनको इन्चार्ज वीरगन्जका तेजबहादुर अमात्य थिए । अमात्यसहित बसियाका महावीर शर्मा र निर्गुण यादव रक्सौलमा बस्थे । स्मृतिनारायणका अनुसार बम दुर्गानन्द झा र अरविन्द ठाकुरले भारतबाट आफैँ बोकेर ल्याएका थिए । तर, एकजना आएको बाटोमा अर्को नआउने उनीहरूको सर्त थियो । सर्त पूरा भयो । हेमचन्द्र चौधरी, उदयचन्द्र चौधरी जनकपुरस्थित मुनिबाबाको कुटीमा बस्थे । चौधरीको स्मरणअनुसार बम हानेर दुर्गानन्द त्यहीँ बसे । घटनाको भोलिपल्ट अर्थात् माघ १० गते बिहान पाइखाना (शौचालय) जाने भनेर पानी भरिएको लोटा लिएर उनी निस्किए । भागेर भारतीय बजार उमराव पुगे । प्रहरीले सुइँको पाएन । चौधरीले अगाडि बेलिविस्तार लगाए, ‘दुर्गानन्द भारत गएपछि पटना, जयनगरसहित ठाउँ–ठाउँमा सक्रिय भए । त्यसवेला उनको क्रेज थियो । राजालाई बम हान्ने मानिस भनेर सबैले उनको चर्चा गर्थे । तर, जयनगर क्याम्पमा केही कांग्रेसका नेताले दुर्गानन्दलाई हेपे । दुर्गानन्दलाई मन परेन । दुर्गानन्दले विरक्तिएर निर्णय लिए, यो अपमान सहनुभन्दा आफ्नै देश जान्छु । त्यहाँ जे–जे हुन्छ, हुन्छ ।’ कांग्रेसका पुराना नेता श्यामलाल श्रेष्ठलाई जेलमै दुर्गानन्द झाले भनेका थिए रे, राजालाई बम हानेर भारत पुगेका उनलाई साथीभाइले नै अपमानित गर्न खोजे । श्यामलालले कांग्रेसनिकट तरुण पत्रिकामा दुर्गानन्दलाई उद्धृत गर्दै भनेका छन्, ‘नेताहरूबाट मैले फरक व्यवहार पाएँ । मलाई लाग्यो, यसरी आत्मसम्मानमा चोट पुग्ने काम मबाट हुनुहुँदैन, म गर्दिनँ । म किन भारतमा बसिरहने ? बरु नेपालमै फर्केर फाँसीमा चढ्छु नि ! आफ्नै देशको माटोमा मर्छु, तर मेरो स्वाभिमानमा आँच आउन दिन्नँ भनेर म आफ्नै धर्तीमा फर्केर आएँ ।’ श्यामलालले त दुर्गानन्दलाई फर्किन बाध्य पारिएको विषयमा अनुसन्धान गर्नुपर्नेमा जोड दिँदै आएका छन् । उनलाई नेपालमा प्रहरीले खोजिरहेको थियो । जयनगरबाट रेल चढेर जनकपुर आइपुग्दा नपुग्दै झा प्रहरीको घेरामा परे । पक्राउ परे । एसपी मानबहादुर राईको टोलीले त्यहाँबाट उनलाई सेनाको परकौली ब्यारेक (सर्लाही) लग्यो । श्यामलालले झा पक्राउ घटनाबारे थप भने, ‘परकौलीमा हाम्रै गाउँका दुईजना व्यक्ति कमलाकान्त चौधरी र शशिधर चौधरी पनि थिए । दुर्गानन्दलाई देखेर उनीहरूले भने, तपाईं कहाँ ? उहाँले भन्नुभयो, तपाईंहरू जहाँ हुनुहुन्छ, म पनि त्यहीँ । भोलिपल्ट उहाँलाई हेलिकोप्टरमा हालेर काठमाडौं लगियो र केन्द्रीय कारागार चलान गरियो ।’ ००० फाँसी दिइनुभन्दा दुई–चार दिनअघि जटही गाउँमा प्रहरीको एउटा टोली पुग्यो । आमा र श्रीमतीलाई भेटेर प्रहरीले भने, एकपटक दुर्गानन्दजीलाई भेट्न जानुस् । पञ्चायत थियो । मानिसहरू द्विविधामा थिए । कसैले जानू भन्थे, कोही नजानू भन्थे । तर, आमा र श्रीमती जाने नै निष्कर्षमा पुगे । जटही, भिट्टामोड हुँदै उनीहरू काठमाडौं पुगे । स्थानीय महिकान्त चौधरीले झाकी आमा र श्रीमतीलाई लिएर काठमाडौं गए । झा परिवार त्रिपुरेश्वरमा बस्यो । २०२० माघ १४ गते राति चार–पाँचजना महिला प्रहरी आएर घेराबन्दी गरे । एउटा कागजमा बलजफ्ती औँठाछाप लगाइदिए । कुरा के हो उनीहरूलाई थाहा थिएन । अन्जानमै छाप लगाए । प्रहरीले त्यसपछि भने, दुर्गानन्दलाई भेट्छौ ? परिवार त भेट्नै गएका थिए । जेलमा दुर्गानन्दलाई भेट्नासाथ आमा र श्रीमती रुन थाले । दुर्गानन्दले भने, ‘नरोऊ, गणतन्त्र अब आउँछ–आउँछ । तिमीहरू गाउँ जाऊ ।’ एक÷दुई दिन बसेर आमा र श्रीमती फर्किए । २०२० साल माघ १५ गते दुर्गानन्दलाई फाँसी दिइयो । ००० दुर्गानन्द झाबारे जानकार पत्रकार राजेश्वर नेपालीका अनुसार बमकाण्डको अध्ययन गर्न विशेष अदालतका न्यायाधीश पशुपतिप्रसाद उपाध्यायको अध्यक्षतामा झपटसिंह रावल र गुणनाथ उपाध्याय सदस्य रहेको आयोग गठन भयो । आयोगले २०१९ भदौ १९ मा बुझाएको प्रतिवेदनमा दुर्गानन्द, अरविन्द ठाकुर, दलसिंह थापालाई मृत्युदण्ड दिनुपर्ने सुझाब थियो । तर, त्यो वेलाको कानुनमा ब्राह्मणलाई मृत्युदण्ड दिन पाइँदैनथ्यो । आयोगविरुद्ध उनीहरूले सर्वोच्च अदालतमा पुनरावेदन दिए । सर्वोच्चका न्यायाधीश रत्नबहादुर विष्ट र मीनबहादुर थापाले २०१९ पुस ५ मा अपिलकर्तालाई झिकाउने आदेश गरे । फागुन २० मा न्यायाधीशहरू दुर्गादत्त उपाध्याय र भैरवप्रसाद उपाध्यायले विशेष अदालतकै निर्णय सदर गरे । राजा महेन्द्रले २०२० भदौ १ मा मुलुकी ऐन संशोधन गरी सबैलाई समान सजाय दिने व्यवस्था गरे । यसको अर्थ थियो, अब ब्राह्मणलाई पनि फाँसीको सजाय हुनेछ । अन्ततः झामाथि फाँसीको सजाय भयो । त्यतिवेला उनकी श्रीमती काशीनाथ झाको गर्भबाट मृत बच्चा जन्मियो । दुर्गानन्द झालाई फाँसीको सजाय हुँदा विवाह भएको १० महिना कटेको थिएन । काशीनाथ झा हाल राष्ट्रिय जनता पार्टी (राजपा)मा आबद्ध छिन् । दुर्गानन्दकी आमाको २०६० मा मृत्यु भइसक्यो । छोरोको मृत्युमा वर्षौंसम्म विक्षिप्त उनले छोरालाई सहिद घोषणा गरेकोे देख्न पाइनन् । ००० दुर्गानन्दको स्मृतिमा धनुषा कांग्रेसका तत्कालीन सभापति स्मृतिनारायण चौधरीले जटही गाउँमा उनको सालिकसहितको प्रवेशद्वार निर्माण गराए । ३ असार २०५५ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले द्वारको उद्घाटन गरेका थिए । सरकारले पाँच वर्षअघि दुर्गानन्द झाको पैतृक गाउँ धनुषाको जटहीमा प्रसूतिगृह निर्माणको घोषणा पनि गरेको थियो । तर, यो कार्य सम्पन्न हुन बाँकी छ । एमाले नेता केपी ओली नेतृत्वको सरकारले झापा आन्दोलनमा मारिएका नेतासँगै दुर्गानन्दलाई पनि सहिद घोषणा ग¥यो । त्यसअघि कांग्रेस नेतृत्वको सरकारले उनलाई सम्झेको थिएन । ००० कांग्रेसले हरेक वर्ष धनुषामा दुर्गानन्द स्मृति कार्यक्रम गर्दै आएको छ । यस वर्ष पनि जटहीमा श्रद्धाञ्जली कार्यक्रम भयो । दुर्गानन्द स्मृति प्रवेशद्वारमा दीप बालेर कांग्रेसजनले दुर्गानन्दको सम्झना गरे । त्यहाँ सहभागी कांग्रेसका जनकपुर नगर सभापति मनोजकुमार साहका अनुसार दुर्गानन्दकी श्रीमती काशीनाथ झालाई कांग्रेसले समानुपातिक सूचीमा राखेर सांसद बनाउन खोजेको थियो । तर, कांग्रेस छाडेर मधेसी दलमा सक्रिय वृशेषचन्द्र लालको जोडबलमा उनी तमलोपा प्रवेश गरेकी थिइन् । मनोज भन्छन्, ‘देशको प्रथम राष्ट्रपति यहाँकै हुनुभयो, कारण यहीँका दुर्गानन्द झाको योगदान हो । दुर्गानन्दजीकै समयमा गणतन्त्रका लागि खटिएका डा. लक्ष्मीनारायण झालाई ५० वर्षदेखि सरकारले अझै बेपत्ता बनाएको छ । उहाँको पनि खोजी हुनु जरुरी छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies